Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

सशस्त्र प्रहरीमा चार महिनामा एक सय बर्खास्त

काठमाडौं , वैशाख २८ गते । सशस्त्र प्रहरी बलले चार महिनाको अवधिमा एक सय जनालाई बर्खास्त गरेको छ । संगठन सुधारको लागि क्रियाशील सशस्त्रले घुमुवा प्रहरी परिचालन नगर्न मातहतका सबैलाई निर्देशन पनि दिएको छ ।
सशस्त्र प्रहरी बलका प्रवक्ता एवम् डिआई शैलेन्द्र खनालले मंगलबार पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार गत पुसदेखि चैतसम्मको अवधिमा २ सय ६१ जना सशस्त्र प्रहरी बलका कर्मचारीहरु कार्वाहीमा परेका छन् । कार्वाहीमा पर्नेहरु एक जना एसपीसहित १२ जना सिनियर अधिकृतहरु छन् ।
१७ जना जुनियर अधिकृतहरु पनि कार्वाहीमा परेका खनालले जानकारी दिए । त्यस्तै २ सय ३२ जना जवानहरुलाई पनि कार्वाही गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
कारबाहीमा पर्नेहरुमा अमेरिकाको ग्रिनकार्ड लिएकादेखि समयमा कार्यालय नगएकाहरु समेत छन् । कारबाहीस्वरुप १२ जनालाई घटुवा र २७ जनाको बढुवा रोक्का गरिएको डिआइजी खनालले जानकारी दिए ।
०७२ सालमा ३५ जना सिनियर अधिकृतसहित सशस्त्र प्रहरी बलका ८ सय ३७ जनाले अवकाश पाएका छन् ।
घमुवा परिचालन नगर्न निर्देशन
सशस्त्र प्रहरीले घुमुवाहरुले संगठनको बदनाम भएको निष्कर्ष निकालेको छ । अबदेखि घुमुवा परिचालन गरे कारबाही गर्ने सशस्त्र प्रहरी बलले चेनावनी दिएको छ ।
गोप्य सूचना संकलन गर्न भन्दै सशस्त्र प्रहरी बलका युनिटहरुले सादा पोशाकमा बिभिन्न स्थानमा घुमुवा परिचालन गर्दै आएका छन् ।
घुमुवाको कारण बदनाम बढेको भन्दै डिआइजी खनालले भने, ‘संगठनले तयार पारेको इन्टेलिजेन्स बाहेक कुनै पनि गण, गुल्म लगायतले घुमुवा परिचालन गरेको थाहा पाए कार्वाही हुन्छ ।’
नेपाल प्रहरीसँग सम्बन्ध नबिग्रिएको दाबी
सशस्त्र प्रहरी बलले नेपाल प्रहरीसँग सम्बन्ध नबिग्रिएको स्पष्ट पारेको छ । सशस्त्र प्रहरीले पनि पक्राउ पूर्जी जारी गरेपछि नेपाल प्रहरीसँग सम्बन्ध बिग्रिएको चर्चा थियो ।
तर, पत्रकार सम्मेलनमा डिआइजी खनालले सशस्त्र प्रहरी बलले पनि पक्राउ पूर्जी जारी गर्न थालेपछि मानव अधिकारको संरक्षण भएको दाबी गरे ।
‘तराई तथा सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणको लागि सशस्त्र प्रहरी बल खटिएकाले आपराधिक व्यक्तिहरु पक्राउ पर्न सक्छन् । के आरोपमा पक्राउ परे भन्ने थाहा पाउनु उनीहरुकोे अधिकार भएकाले सशस्त्रले पनि पक्राउ पुर्जी दिन थालेको हो,’ डिआइजी खनालले भने ।
कुनै पनि व्यक्ति पक्राउ गर्नु अघि उसलाई पक्राउ सूचना दिने र नियन्त्रणमा लिएपछि थप अनुसन्धानको काम नेपाल प्रहरीले नै गर्ने उनले प्रष्ट पारे । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबैको काम शान्ति सुरक्षा कायम राख्ने हो भन्दै उनले त्यसमा समन्वयात्मक ढंगबाट सहकार्य भइरहेको बताए ।
कहिले प्रहरी जस्तो, कहिले सेना जस्तो बन्न खोज्ने सशस्त्रको खास काम चाहीँ के हो भन्ने पत्रकारको प्रश्नमा डिआइजी खनालले भने, ‘हामी ऐनले दिएको म्यान्डेडअनुसार चल्छौं कुनै अन्यौल भए स्पष्ट पार्दै जान्छौं ।’ - रमेश धमला , अनलाइन खबरबाट 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget