Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

फिलिपिन्सका राष्ट्रपति डुटेर्ते

 फिलिपिन्स , जेष्ठ १ गते । फिलिपिन्सको नयाँ राष्ट्रपतिमा कट्टरपन्थी एवं अपराधविरोधी भनिने उम्मेदवार रोड्रोगो डुटेर्ते विजयी भएका छन् ।

दक्षिणी सहर डाभाओका मेयर रहेका डुटेर्तेले ३९ प्रतिशत मत हासिल गरेका छन । उनले म्यानुअल रोक्सासलाई हराएका हुन् जसले २३ प्रतिशत भोट ल्याए ।
‘डगोङ’ उपनामले बोलाइने डुटेर्ते आर्थिक सुधार र अपराध नियन्त्रणका मुद्दा लिएर चुनावी मैदानमा होमिएका थिए । तिनै कडा र खस्रो मिजासका ठट्यौला उम्मेदवार अहिले डेढ करोड मत ल्याए । उनको जितले फिलिपिन्सको राजनीतिक वृत्तमा हलचल मच्चिएको छ ।
निर्वतमान राष्ट्रपति बेनिनो अक्विनोको समर्थन प्राप्त मारोहासले आफ्नो पराजय स्विकारेका छन् । ‘म नम्रतापूर्वक, विनम्रतापूर्वक जनताले दिएको जानदेशलाई स्वीकार गर्दछु,’ डुटेर्तेले भनेका छन । उनले आफ्नो शान्ति सुरक्षा तथा अमन चयन कामय गर्ने नीतिका कारण आफू सफल भएको बताए । डुटेर्तेले अश्लील र विवादास्पद अभिव्यक्ति दिँदै चुनावी अभियान थालेका थिए ।
कानुनविहीन दक्षिणी सहरका डाभाओका मेयर भएकोले मतदाताहरूलाई उनले फिलिपिन्समा व्याप्त अपराध र भ्रष्टाचारलाई नियन्त्रण गर्न सक्ने ठानेको हुन सक्छ । तर उनको २२ वर्षे डाभाओ मेयरको कार्यकालमा अपराधीहरूको गैरन्यायिक हत्या भएको भनी मानव अधिकारवादीहरूले चिन्ता व्यक्त गरेका छन् ।

  • कान्तिपुर समाचार बाट 

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget