Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

मोटरसाइकलको करमा ५ हजारसम्म वृद्धि

सरकारले आगामी साउन १ गतेदेखि वार्षिक सवारी कर वृद्धि गर्दैछ । आर्थिक विधयेक (बजेट) मार्फत घोषणा भएको करवृद्धिको निर्णय साउनदेखि लागू हुनेछ ।
सरकारले भन्सार विन्दुमा नै सडक दस्तुर कर बढाएर सवारी महंगो बनाउँदैछ भने सवारी करमा पनि भारी वृद्धि गर्दैछ । मोटरसाइकल र स्कुटरमा मात्रै एकैपटक ५ हजार रुपैयाँसम्म कर वृद्धि हुँदैछ ।
यातायात व्यवस्था विभागले साउन १ गतेदेखि २५१ देखि ४०० सम्म सीसीका मोटरसाइकल धनीसँग वाषिर्क ८ हजार रुपैयाँ कर लगाउनेछ । यसअघि ६ हजार मात्रै तिर्नुपथ्र्यो ।
यस्तै ४ सय १  सीसीभन्दा माथिका सवारी धनीले यसअघि भन्दा ५ हजार रुपैयाँ बढी कर तिर्नुपर्नेछ । यसअघि १ हजार तिर्दै आएका ठूला क्षमताका बाइक चढ्नेले अब सरकारलाई १५ हजार रुपैयाँ तिर्नुपर्नेछ । २५० सीसीसम्मका मोटरसाइकल चढ्नेहरुलाई भने राहत मिल्नेछ । यसपटक साना क्षमताका मोटरसाइकलमा कर बढाएको छैन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget