Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

August 2016


विराटनगर ३२ साउन । विराटनगर—१२ स्थित घोघापैनी चौकमा अर्को  सुविधा समपन्न मेड लाईफ केयर नामक अस्पताल सोमवारदेखी  संचालनमा आएको छ ।  स्वास्थ्यको क्षेत्रमा निक्कै अव्वल देखिदै गएको विराटनगरले फेरी अर्को सुविधा समपन्न  अस्पताल पाएको हो । यो अस्पताल सहित विराटनगर नगरक्षेत्रमा दुई दर्जन अस्पताल संचालनमा आईसकेका छन । अस्पतालका संचालक राजेश्वर कोइरालाले दिनप्रतिदिन बढदै गएको विरामीको चापलाई मनन गरेर   सुविधा समपन्न अस्पताल संचालनमा ल्याईएको बताए । यही साउन ३१ गतेदेखी अस्पतालको   शुभारम्भ गरिएको हो  । निर्माणको अन्तिम चरणमा पुगेको मेड लाईफ केयर अस्पतालले ओपिडि सेवा भने  सुरु गरिसकेको छ र अन्य काम यसै साता भित्रमा पुरा हुने जनाएको छ  ।
विरामीहरुलाई सर्वसुलभ मूल्यमै सवै सुविधा एउटै अस्पतालको छानामुनीबाट  पुर्याउन सकियोस भन्ने ध्येय् राखेका छौ संचालक कोइरालाका अनुसार यो अस्पतालमा सवै प्रकारका अप्रेसन , स्त्रीरोग , वाल रोग , नाँक कान र घाँटी , हाडजोर्नी र सामान्य विरामीहरुको उपचार हुने छ । यस्तै अस्पताल भित्रै अत्याधुनिक ल्याव , एक्सरे र फार्मेसी पनि उपलब्ध गराईएको छ । विराटनगरका यूवा उधमीहरुको संयुक्त प्रयासमा सुरु गरिएको अस्पतालले निकट भविश्यमै अन्य सुविधाहरु थप गर्दै लाने जनाएको छ । अस्पतालको वरिष्ठ फिजिसियन डा लक्ष्मीनारायण यादव , हाडजोर्नीमा डा नविन सुवेदी , स्त्रीरोगमा डा शान्ता सुवेदी र डा प्रियंका मिश्र , यौन तथा छाला रोगमा डा असित घिमिरे र वाल रोगमा डा अशु पौडेल घिमिरे कार्यरत रहेका छन ।





विराटनगर ३२ साउन । नेपाल चिकित्सक संघ प्रजातन्त्रबादीहरुको चुनावी प्रचार प्रसारको टोली   पूर्वाञ्चलको भ्रमणमा निस्किएको छ ।
मंगलवारदेखी संघका प्रत्यासी उम्मेदवारहरुले  पूर्वका जिल्लामा पुगि प्रचार प्रसारलाई तिव्र पारेको छ ।  चिकित्सकहरुको साझा संगठन नेपाल चिकित्सक संघको तीन बर्षे कार्यकालको लागी यही भदौ १७ गतेदेखी हुन गईरहेको निर्वाचनलाई ध्यानमा राख्दै प्रजातन्त्रबादी समूहको टोली विराटनगर आईपुगेको हो ।  विराटनगरको न्युरो , कोशी , विराट , लाईफ गार्ड , सप्तकोशी , मोरङ सहकारी , नोवेल लगायतका अस्पतालका चिकित्सकहरुसँग भेटेर मत मागेको छ ।  यसैगरि सुनसरीको धरान , झापाको विर्तामोड , भद्रपुर र सप्तरी अस्पतालमा पुगेर प्रचार प्रसारलाई तिव्र पारेको छ ।  नेपाल चिकित्सक संघ महासचिवका प्रत्यासी उम्मेदवार डा लोचन कार्कीले काठमाण्डौ उपत्यका बाहिर यही भदौ १७ र १८ तथा उपत्यका भित्र २१ देखी २५ गते सम्म निर्वाचन हुने बताए । देशभरिका करिव ५ हजार ३ सय चिकित्सकहरु निर्वाचनमा सहभागि हुँदैछन । साँझा संगठन भएकाले विभिन्न विचारधार बोकेका चिकित्सकहरुले मतदान गर्न पाउने छन । संघको एक केन्द्रीय कार्यालय र १५ शाखाहरु रहेका छन ।
नेपाल चिकित्सक संघका वर्तमान अध्यक्ष डा अञ्जनि कुमार झाको नेतृत्वमा प्रजातन्त्रवादीहरुको समूह देशव्यापी दौडाहा निस्किएको हो  । अध्यक्ष डा झाले वर्तमान कार्य समितिले सुरु गरेको अधुरो  कामहरुको निरन्तरताका लागी पनि प्रजातन्बादीहरुको समूहलाई विजयी गराउन आवश्यक देखिएको बताए । डा झाले भने , यसैले पनि म साथीहरुको समूहमा छु र प्रचार प्रसारमा छौडिएको छु । चिकित्सक संघमा १ अध्यक्ष सहित १३ जनाको कार्य समिति रहेने व्यवस्था छ । अध्यक्ष पदका प्रत्यासी डा मुक्तीराम श्रेष्ठले पेशागत सुरक्षा र स्वास्थ्य क्षेत्रमा देखिने समस्याको समाधानको लागी आफ्नो उम्मेदवारी रहेको बताए । उनी कार्य समितिको सदस्य , सह सचिव , कोषाध्यक्ष हुँदै हाल महासचिव  छन । हाल उनी वीपी स्मृति अस्पतालमा कार्यरत छन । यस्तै महासचिवका प्रत्यासी उम्मेदवार डा लोचन कार्कीले संघको अधुरो भवन निर्माण गर्न तथा अत्याधुनिक पुस्तकालको निर्माणका लागी पनि आफ्नो उम्मेदवारी रहेको बताए । विराटनगर निवासी डा कार्कीले आफु महासचिवमा निर्वाचित भएपछि चिकित्सकहरु माथी हुने गरेको सवैखाले भेदभाव , उपेक्षा , शोषणको अन्तयका लागी लडने प्रतिवद्धता व्यक्त गरे । हाल कार्की संघको सह सचिव तथा  नोवेल अस्पताल , विर अस्पताल काठमाण्डौमा कार्यरत छन ।
प्रजातन्त्रबादीहरुले निर्वाचनका लागी आफ्नो प्यानेलकै घोषणा गरेको छ । प्यानेलका १३ जनै पदाधिकारीहरु चुनावी दौडाहामा सँग सँगै निस्किएका हुन । प्यानेलको अध्यक्षमा डा मुक्तीराम श्रेष्ठ , वरिष्ठ उपाध्यक्षमा डा ढुण्डिराज पौडेल , उपाध्यक्षमा डा मुकुन्द दाहाल , महासचिवमा डा लोचन कार्की , कोषाध्यक्षमा श्रीमती रष्मिप्रसाद यादव , सहसचिवमा डा अभिमन्यू झा र डा प्रकाश बुढाथोकी , सदस्यहरुमा डा अनिल बिक्रम कार्की ,डा बद्री रिजाल , डा बिश्वराज दवाडी , डा कृष्णप्रसाद पौडेल , डा शैलेश प्रधान र डा सञ्जिव तिवारी छन । उनीहरुले आफ्नो समूहवाट घोषणा पत्र समेत जारी गरेका छन  । घोषणा पत्र अनुसार सम्पन्न हुने क्रममा रहेको संघको नयाँ भवनलाई आधुनिक बनाई पेशागत ऐक्यवद्धतालाई कायम गर्ने , आधुनिक पुस्तकालको निर्माण गर्ने , नेपालको संविधान २०७२ को भावना र मर्म अनुसार जनहितको प्रत्याभूीत् गर्दै चिकित्सक मैत्री स्वास्थ्य ऐन नीति निर्माणमा बिशेष पहल गर्ने , मतदाता चिकित्सकहरुका लागी निर्वाचन प्रक्रृयालाई सहजिकरण गर्ने , प्रादेशिक संरचनाअनुसार नेपाल चिकित्सक संघको शाखाहरुलाई पूर्न संरचना गर्ने , नेपाल सरकार र चिकित्सक संघ विच भएका सहमतिका वुँदाहरुको कार्यान्वयन गराउने , स्वास्थ्य सेवा सम्वन्धि आचारसहिता निर्माण गराई लागू गर्न पहल गर्ने ,मेडिकल काउन्सिलको गरिमालाई राख्न र यसको विश्वासनियता र प्रभावकारीता विकास गर्न विशेष पहल गर्ने र पेशागत जिम्मेवारी वहन गर्ने क्रममा संघका सदस्यहरुलाई आई पर्ने सुरक्षा , कानूनी लगायतका समस्याहरुको समाधानका लागी संघमा छुट्टै संयन्त्रको विकास गर्ने लगायतका छन ।




विराटनगर ३२ साउन ।   विराटनगर उपमहानगरपालिकाका क्रृयाशिल आठ वटा राजनीतिक दलका  नगर सभापतिहरुले घर जग्गा करको दस्तुर वृद्धि दलहरुको सहमतिमै गरिएको भन्ने  विराटनगर उपमहानगरपालिका कार्यालयको आरोपको खण्डन गरेका छन । विराटनगरमा मंगलवार पत्रकार सम्मेलन गरेर  नगर सभापतिहरुले  कर वृद्धिमा आफुहरुले सहमति नगरेको र त्यस्तो निर्णयमा हस्ताक्षर  समेत नगरेको स्पस्ट पारेका हुन ।
 कर वृद्धिको राजनीतिक दलहरुबाटै व्यापक विरोधका आवाज सुनिन थालेपछि   विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीले दलहरुकै सहमतिमा कर वृद्धि गरेको यही साउन २६ गते पत्रकार सम्मेलन गरेर  जानकारी गराएका थिए । दलहरुले कर वृद्धिको व्यापक विरोध गदै अनशन र विरोध कार्यक्रम गर्ने धम्की दिएसँगै कार्यकारी अधिकृत रेग्मीले पत्रकार सम्मेलन मार्फत दलका प्रतिनिधिहरुलाई दोष थुपारेर आफु चोखिने प्रयास गरेका हुन ।  
नेपाली काग्रेसका नगर सभापति भिम पराजुलीले कार्यकारी अधिकृत रेग्मीलाई दलको नेता जस्तै नभई कर्मचारी मात्र भएर बस्न सुझाव दिए  ।  सभापति पराजुलीले चेतावनी दिदै भने कार्यकारी अधिकृत ज्यू  दलहरुलाई वदनाम गराउने खेलमा लाग्दै हुनुहुन्छ यो खेल तपाईका लागी घातक सिद्ध भएर जाने छ ।
नेपाली काग्रेसका सभापति भिम पराजुली  , नेकपा एमालेका नगर ईन्चार्ज सागर थापा , माओवादी केन्द्रका नगर संयोजक नमिता न्यौपाने  , राप्रपा नेपालका अध्यक्ष माधव आचार्य  , फोरमका मन्तलाल यादव  , फोरम लोकतान्त्रिकका नगर अध्यक्ष पंकज वर्मा  , तमालोपाका अध्यक्ष विनोद गुप्ता  र सदभावना पार्टीका नगर अध्यक्ष मो नसरुलले संयुक्त रुपमा पत्रकार सम्मेलन गरि कहि कतै कुनै पनि कर वृद्धि समवन्धि निर्णयमा हस्ताक्षर नगरेको जानकारी गराएका हुन । विस २०७२ साल पौष २७ गते को निर्णयमा दलहरुको सहमति छ भन्ने उपमहानगरपालिकाका कार्यकारी अधिकृत रेग्मीको  आरोप कपोकल्पित , दुष्प्रचार र दलहरुलाई मानमर्दन गर्ने गरि वदनियतपूर्ण रुपमा गरिएको आठ दलको ठहर छ ।  निर्णयको वुदा न ४ मा कर वृद्धि नभनि नगरपालिकाको आय स्रोत बढाउन करको दर भन्दा करको दायर बढाउने निर्णय गरियो भन्ने बाक्यांशmाई कर सँग जोडेर नगरपालिकाले दलहरुको सहमति भनि उल्लेख गरेको उनीहरुको आरोप छ । एमाले  नगर  सभापति सागर थापाले भने कर वृद्धि र करको दायर बढाउने बिषय फरक फरक भएको उल्लेख गर्दै यस्ता गम्भिर बिषयलाई तोडमोड गरि अपव्याख्या गर्ने र  दलहरुलाई लान्छना लगाउने तथा भ्रम सृजना गरि सफेद झुटको खेती गरि दलहरुको टाउकोमा थुपार्ने कार्यको  भत्र्सन गरेका छन  । आफ्नो निर्णयलाई राजनीतिक दलका प्रतिनिधिहरुके सहमतिमा गरिएको भनेर नगरबासीहरुमा भ्रम फैल्याउने कार्य प्रति हामी सवैको गम्भिर ध्यानआर्कषण भएको छ उनले बताए ।  पत्रकार सम्मलेन पछि जारी गरिएको संयुक्त प्रेस बिज्ञप्तिमा नगरपालिकाले कर वृद्धिको निणय फिर्ता नगरेसम्म आन्दोलनका कार्यक्रम जारी रहेन उल्लेख छ । कर वृद्धिको विरोधमा सम्पूर्ण राजनीतिक दल , टोल संगठनहरु , नागरिक समाज लगायत विभिन्न संघ संस्था  आम नगरबासीहरुलाई समेत साथ सहयोग दिन अपिल गरेको छ । न्यूनतम सुविधा समेत उपलब्ध गराउन नसकिरहेको उपमहानगरपालिकाले जनताको ढाँड सेक्ने गरि  घरजग्गा कर बढाएपछि यो अव्यवहारिक निर्णय अव्यवहारिक र अवैज्ञानिक रहेको समेत दलहरुको ठमयाई छ । दश धुर जग्गामा एक तल्ले  पिलर हालेको १ हजार स्किवार फिट घरको बढीमा ४  सय रुपैया सम्म कर तिरेका नगरबासीले यही साउन देखी अव २ हजार सम्म कर तिर्नुपर्ने बाध्यता छ  । घरको मूल्याङकन गर्दा सुरुको  अंक ६३५ ले गणना गरि० दशमलव ५ प्रतिसतले गुणा गरिन्थयो । अहिले सुरुकै अंक बढाएर १५ सय पुर्याएको छ र १५ सयलाई १ प्रतिसतले गुणा गरेर दस्तुर लिने गरेको वित्तिय व्यवस्थापन शाखाले जनाएको छ । ठूला करदाताको हकमा भने १ दशमलव ५ प्रतिसतलाई घटाएर ० दशमलव ४ प्रतिसतमा झारेको छ । 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget