Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

सरकारसँग वार्ताको औचित्य छैन: राजेन्द्र महतो



काठमाडौ , वैशाख २७ गते । सरकारले आन्दोलनरत मधेशी मोर्चालाई पत्र लेखी वार्तामा आउन गरेको आह्वानलाई सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले औचित्यहिन भनी टिप्पणी गरेका छन् ।
सरकारी वार्ता टोलीका संयोजक उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले पठाएको पत्र प्राप्त भए पनि त्यसलाई आफूले गम्भीरताले नलिएको अध्यक्ष महतोले बताए ।
“ओली सरकार वार्ता प्रति थोरै पनि गम्भीर छैन, यो सरकार समस्या समाधान गर्नै चाहँदैन त्यसैले वार्ताको नाममा रचिएको नाटकलाई गम्भीरतापूर्वक लिने कुरै भएन,” उनले भने ।
महतोले मधेशी मोर्चा वार्ता विरोधी नरहेको तर ओली सरकारले बोलाएको वार्तामा सहभागी हुने अथवा नहुने बारे मोर्चाले आगामी बैठकमा निर्णय गर्ने बताए।
“पहिले पनि हामी दर्जनौं पटक वार्तामा सहभागी भएकै हौं’ महतोले भने( “तर सरकारी वार्ता टोलीले कहिल्यै गम्भीरता देखाएन। वार्ताको नाटक मात्रै मंचन गरियो।”
मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनले जेठ १ गते देखि शुरू गर्न लागेको काठमाण्डौं केन्द्रित आन्दोलनको पूर्व सन्ध्यामा सरकारद्वारा पठाएको पत्रले पनि सरकारको नीयतलाई शंकाको घेरामा ल्याएको महतोको भनाई छ।
आन्दोलन स्थगित गरेर सरकारलाई दुई महिनाको समय दिंदा पनि सरकारले समस्या समाधानबारे चर्चा समेत नगरेको भन्दै महतोले थपे, “तर समस्या समाधान ओलीको बोलीमा मात्रै सीमित रह्यो। कुनै अनौपचारिक चर्चा समेत गर्न सरकारले आवश्यक ठानेन।”

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget