Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

शंकाको भरमा दोषी ठहर हुँदैन : सर्वोच्च


काठमाडौँ,जेष्ठ ६ गते । सर्वोच्च अदालतले मुद्दाको मिसिलमा संलग्न तथ्यका आधारमा मात्र अदालतबाट निर्णय हुने गरेको भन्दै कुनैपनि निर्दोषलाई दोषी ठहर नगर्ने गरिएको जनाएको छ । 



कसैलाई शंकाको भरमा मात्र अदालतले दोषी ठहर नगर्ने भन्दै कान्तिपुरमा प्रकाशित 'शंकाको भरमा २० वर्ष जेल' शीर्षकको समाचारको सर्वोच्चले बुधबार खण्डन गरेको छ ।

निर्दोष व्यक्तिहरु पनि अदालतको आदेशमा सजाय पाएको विषयमा खोज पत्रकारिता केन्द्रका लागि तयार पारिएको समाचार र विशेष रिपोर्ट जेठ १ मा कान्तिपुरमा प्रकाशित भएको थियो ।
सर्वोच्चले प्रेस विज्ञप्ती निकालेर उक्त समाचार र त्यसको भोलिपल्ट प्रकाशित सम्पादकीयको खण्डन गरेको छ । 'अदालतबाट कसैलाई शंकाको भरमा दोषी ठहर हुँदैन, न त हाम्रो न्याय प्रणाली निर्दोषलाई थुन्ने प्रणाली नै हो,' सर्वोच्चका सह प्रवक्ता विश्वराज पौडेलद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ ' अदालतबाट मुद्दाको मिसिल संलग्न तथ्य एवम् संविधान र कानून बमोजिम कारवाही र निर्णय हुने गरेको सर्वविदित छ ।'

कान्तिपुरमा प्रकाशित उक्त समाचारलाई न्यायापालिकाको जनआस्थामा आघात पुर्‍याउने र सर्वसाधारणमा भ्रम सृजना गर्ने भन्दै त्यसको खण्डन गरिएको छ छ । अब आइन्दा अदालतमा विचाराधीन मुद्दामा प्रभाव पर्ने गरी समाचार लेख प्रकाशित नगर्न पनि विज्ञप्तीमा भनिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget