Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

बल्ल बोलिन् ज्याकलिन


बलिउड-बलिउडमा सक्रिय श्रीलंकाली अभिनेत्री ज्याकलिन फर्नान्डिज र अभिनेता अर्जुन कपुरबीच प्रेम सम्बन्ध रहेको चर्चा केही समययता चलिरहेको छ । आफूहरूबीचको प्रेम प्रसंगबारे उनीहरूले अहिलेसम्म मुख खोेलेका थिएनन् । यस्तोमा ज्याकलिनले अर्जुनसँग आफ्नो नाम जोड्ने काम भइरहेको टिप्पणी गरेकी छिन्।



सञ्चारकर्मीसँग कुरा गर्दै ज्याकलिनले अर्जुनसँग आफ्नो अफेयर चलिरहेको भन्ने हल्ला गलत भएको उल्लेख गर्दै भनिन्, 'हामी असल साथीमात्रै हौँ । त्यसभन्दा बढी केही होइन ।' फिल्मी क्षेत्रमा प्रवेश गर्नुअगावै अर्जुनसँग आफ्नो परिचय भएको उल्लेख गर्दै उनले त्यतिबेलादेखि नै आफूहरू मिल्ने साथी भएको बताइन् । 'फिल्म इन्डस्ट्रीमा आउनुअघि नै म सोनम कपुरको साथी थिएँ । उनैले आफ्ना दाजु अर्जुनसँग मेरो भेट त्यतिबेलै गराएकी थिइन्,' ज्याकलिनले भनिन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget