Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

सबै कम्युनिस्ट एकठाउँ हुनुपर्छ



काठमाडौँ,जेष्ठ ६ गते । एकीकृत नेकपा माओवादीका तर्फबाट सिँचाइमन्त्री बनेका उमेशकुमार यादवले सर्वहारावर्ग र त्यसको नेतृत्व गर्ने पार्टीहरू जुट्नुपर्ने बताएका छन्। यसले कार्यकर्तामा ढृढता र क्रियाशीलता बढ्ने उनको भनाइ छ। प्रस्तुत छ, उनीसँग गरिएको संक्षिप्त कुराकानी :



उत्पीडनविरुद्धको आन्दोलनबाट एमाओवादी अलग्गिएको हो?


उत्पीडनविरुद्धकोे आन्दोलनबाट हामी कहिल्यै अलग भएका छैनौं, हुन पनि सक्दैनौं। विभेेदविरुद्धको आन्दोलनलाई सर्वहारावर्गको नेतृत्वबाट खोस्न सामन्त, दलाल, एवं नोकरशाही पँुजीपतिवर्ग एकजुट भएका छन्। तिनको षड्यन्त्रबाट सचेत हुँदै विभेदमा पारिएका वर्ग, जाति, लिंग र क्षेत्रका जनतालाई गोलबन्द पारिरहेका छौं।

आफ्नो राजनीतिक दर्शन समाप्त गर्ने मोहबाट एमाओवादी निर्देशित भएको हो?

माओवादी आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन हामी लागिपरेका छौं। मार्क्स, लेनिन र माओकालीनभन्दा भिन्न परिस्थितिमा क्रान्तिलाई अगाडि बढाइरहँदा कतिपयलाई भ्रम पर्नु स्वाभाविक हो। तर, मार्क्स, लेनिन र माओ विचारकै रक्षा, विकास र प्रयोग गर्दै अगाडि बढिरहेका छौं। आफ्नो दर्शनप्रति ढृढ संकल्पित छांै।

म्यादी सरकारले ल्याउने बजेट वस्तुपरक हुँदैन भनिँदैछ नि!


यो सरकार विगतको सरकारको निरन्तरता नभइ क्रमभंगतासहित बनेको हो। सरकारको नीति तथा कार्यक्रम व्यवस्थापिका संसदको अत्यधिक बहुमतले पारित भइसकेको छ। यसलाई कसैले हलाउन सक्दैन। 'म्यादी' शब्द प्रयोग गर्नेहरू सरकारमा हुँदा कसरी काम गरेका थिए भन्ने जनताले देखेकै छन्।

नौबुँदे सहमतिप्रति कतिको सहमत हुनुहुन्छ?

पार्टीले गरेको नौबुँदे सहमतिमा हाम्रो पूर्ण सहमति छ। यसलाई कार्यान्वयन गर्न र गराउनका लागि हामी लागिपरेका छांै। नौबुँदे सहमतिले सतारुढ गठबन्धनको सम्बन्धलाई थप उचाइमा पुर्या्एको छ। अब नेकपा एमालेको कार्यशैलीमा धेरै कुरा निर्भर हुन्छ।

'सबै वाम एक ठाम' को नाममा कम्युनिस्ट पार्टीमा विचलन त आइरहेको छैन?
सबै कम्युनिस्ट पार्टी एकठाउँ हुनैपर्छ। सर्वहारावर्ग र त्यसको नेतृत्व गर्ने पार्टीहरू जुट्दा हामी खुसी हुनुपर्छ। यसले विचलन आउने होइन, कार्यकर्तामा ढृढता र क्रियाशीलता झन् बढ्छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget