Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

विभाजित माओवादीको एकता आज


काठमाडौँ,जेष्ठ ६ गते । शान्तिप्रक्रियामा आएपछि विभिन्न टुक्रामा विभाजित माओवादी घटकहरुबीच आज एकता हुने भएको छ ।

एकीकृत नेकपा माओवादीबाट विभाजित भएका अन्य घटकसँग एकता हुने भएको हो । एकीकृत माओवादीमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीसहितका घटकका नेता सहभागी हुने छन् ।

पार्टी एकता संयोजन समितिको बुधबार बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल भएको थियो ।

बैठकले सर्वसम्मतिबाट दाहालको प्रतिवेदन पारित गरेको छ । बैठकमा अन्तरिम विधानमाथिसमेत छलफल भएको थियो । अन्तरिम विधानमाथिको छलफल भने बिहीबार बस्ने समितिको बैठकले टुंग्याउने बताइएको छ ।

पार्टी एकतापछि एकीकृत माओवादीको केन्द्रीय समिति ६ सय ९९ सदस्यीय हुने छ । आज ५ सय ९९ सदस्यीय केन्द्रीय समिति घोषणा हुने र बाँकी एक सय सदस्य पछि एकता प्रक्रियामा आउनेका लागि छुट्याइएको बताइएको छ ।

केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा परिणत गर्ने पार्टी एकता संयोजन समितिको तयारी छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget