Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]


काठमाडौ , जेष्ठ ४ गते ।. व्यवस्थापिका संसदको बैठक बानेश्वरमा बसिरहेका बेला त्रिपुरेस्वरमा केहि युवाहरुले युवा संसद संचालन गरेका छन् । बानेश्वरको बैठक झैँ नियमित रुपमा सभामुख रहेकी ओमसरी घर्तीको भूमिका चै दिनेश थापाले निभाएका थिए ।

चेयर्स नेपालले आयोजना गरेको उक्त संसदका सवामुख थापाले सुरुमा सुन्य समय दिएर युवा सभासदलाई देशको समसामययीक अबस्था बारे बोल्ने समय दिएका थिए ।

सो समयमा बोल्दै सभासदले सरकारले भखर जारी गरेको नीति तथा कार्यक्रम देखि मदेशी मोर्चाले गर्ने भनेको आन्दोलन लगायत बिदेश गइ रहेका युवा अधिकारको कुरा राखेका थिए ।

सुन्य समय सकिए पछी सभासद सुजित अधिकारीले राजनीतिमा युवा सहभागिता हुनु पर्ने भनेर प्रस्ताप राखेका थिए ।

सो प्रस्ताबमा पक्ष र विपक्षीमा बोल्ने सभासदले नाम टिपाएका थिए । नाम टिपाएपछि सभामुखले प्रत्यक सभासदलाई तीन मिनेटको समय दिएर आफ्नु भनाए राख्न दिएका थिए ।

सो समयमा पक्ष मा बोल्दै ससभासदहरुले देशको बिकाशको लागि युवा राजनीतिमा सामेल हुनु पर्ने विचार व्यक्त गरका थिए . पक्षमा बोलेका पेशाले चिकित्सक रहेका युवा विनय पजियारले युवाहरु विना देशको विकास हुन नसक्ने भन्दै युवाहरुलाई अनिवार्य रुपमा राजनीतिमा सहभागी गराउनुपर्ने बताए । त्यस्तै पक्ष मा नै आफ्नु भनाई राख्दै युवा विद्यार्थी संगीता तिमिल्सेनाले राजनीतिमा भएका युवाहरु पनि सिमित स्वार्थमा रहेको भन्दै देशका लागी सोच्ने र लाग्ने युवाको खाचोँ औल्याइन् ।

त्यस्तै विपक्षमा बोल्ने सभासादहरुले युवा अपरिपक्क हुने हुनाले राजनीतिमा लाग्दा देशलाई फाइदा नगर्ने बताए । विपक्षमा बोल्दै प्रदिप शर्मा पौड्यालले युवाहरुले राजनीति बुझ्नु त ठिकै हुने तर कुनै राजनीतिक पार्टीको झन्डा बोकेर हिड्न नहुने बताइन । उनले भनिन “ अहिले नै राजनीतिक पार्टीको झन्डा बोक्दै हिडो भने उसले आफ्नु पढाई र करीयर बनाउन तिर समय दिन सक्दैन । उ राजनीतिको दलदलमा झन फस्दै जान्छ । ै पक्ष र विपक्षको भनाई राखी सके पछि प्रस्ताब निणयको लागि पेस गरिएको थियो जहाँ हात उठाई बहुमत ले प्रस्ताब पारीत भएको थियो ।

टोनी हेगन फाउण्डेसनको सहयोगमा भएको सो बैठकमा व्यवस्थापिका संसदका सचिव तोयानाथ भट्टराईको परिबेक्षक को रुपमा उपस्थित थिए ।


सो कार्येक्रममा करिब एक सय बढी युवाहरु सहभागी भएका थिए भने दुई दर्जन युवाहरुले पक्ष र विपक्षी बनेर बोलेका थिए । - बिजय ढुंगेल 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget