Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

विदेशीलाई देश निकाला गरिने

काठमाडौँ, जेष्ठ ७ गते  मुलुकको आन्तरिक राजनीतिक गतिविधिमा विदेशी नागरिकको संलग्नता बढेपछि अध्यागमन विभागले उनीहरुमाथि जघन्य अपराध अनुसार तत्काल देश निकाला गर्ने निर्णय गरेको छ । 
विभिन्न प्रयोजनमा नेपाल आएका विदेशी नागरिक सामाजिक सञ्जालमार्फत राजनीतिक विषयमा टिप्पणी गर्ने, राजनीतिक दलको प्रदर्शनमा संलग्न हुने गतिविधि बढेपछि विभागले उनीहरुमाथि जघन्य अपराधमा मात्र प्रयोग हुने अध्यागमन ऐन र नियमावलीको कडा प्रावधान कार्यान्वयनमा ल्याएको हो ।
अध्यागमन नियमावली २०६५ अनुसार सबैभन्दा कडा दण्ड १० वर्षसम्म फर्कन नपाउने गरी नेपालबाट निकाला र ५० हजार जरिवाना हो । यसअघि यो प्रावधान लागूऔषधलगायत गम्भीर प्रकृतिको अपराधमा संलग्न विदेशी नागरिकमाथि लागू हुने गरेको थियो ।
विभागले जुन प्रयोजनको भिसा लिएर नेपाल आएको हो, त्यो उल्लंघन गरे जघन्य अपराधमा संलग्नता बराबरको दण्ड कार्यान्वयनमा ल्याएको हो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget