Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

June 2016

राष्ट्रिय धान दिवसका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा गमलामा धान रोपेकोमा टीकाटिप्पणी भएपछि कृषिमन्त्री हरिबोल गजुरेलले
 गमलामा धान रोपेर कार्यक्रममा उदघाटन गर्नुलाई अन्यथा नलिन आग्रह गरे ।
उनले गमलामा धान रोप्ने विषयमा पत्रकारले समाचार बनाउनुलाई पत्रकारिताको अधिकार भएको बताए । ‘यसले किसान दाजुभाइमा कुनै समस्या परे क्षमा चाहन्छु,’ मन्त्री गजुरेलले भने, ‘गमलामा पानी हालेर उदघाटन गर्नु कृषि मन्त्रालयसँग सम्बन्धित पनि हो ।’

सरकारले काठमाडोंबाट चीनको ल्हासासम्म सीधा पर्यटक बस सञ्चालन गर्ने सहमति गरेको छ । नेपाल तिब्बत संयुक्त पर्यटन समन्वय समितिको बुधबार भएको बैठकले पर्यटक बस सञ्चालन गर्न यस अघि भएका सम्झौताको कार्यान्वयन गर्ने र पर्यटकीय सेवाका निम्ति उपयुक्त मोडलिटी तयार पारेर छिट्टै सीधा बससेवा सञ्चालन गर्ने सहमति गरेको पर्यटन भिागका महानिर्देशक सुदर्शन ढकालले जानकारी दिए 
ढकालका अनुसार नेपाल र तिब्बतबीच पर्यटन प्रवर्धन र विकास गर्ने विषयमा दुवैको एकमत रहको छ ।सीधा बससेवा सञ्चालन गर्ने एजेन्डामा १० वर्ष अगाडि नै समझौता भएको विषयम भए पनि यसलाई कार्यान्वयन गर्ने उपयुक्त मोडालिटी तय भएको थिएन ।
अहिलो उपयुक्त मोडालिटी तय गर्ने र दुवै पइाबाट आवश्यक तयारी गरेर बस सञ्चालन गर्ने भनिएको छ । 
तयारीका लागि जति छिटो गर्न सक्यो उति नै चाँडो बस सञ्चालन हुन सकने गरी सहमति भएको पनि ढकालले जानकारी दिए ।


युट्युवमा विभिन्न खाले रोचक भिडियो अपलोड गरेर युवा माझ चर्चित भएका आयुष रिमालको अन्तर्वाता रेडियो स्टारको मर्निङ सो वेकअप नेपालमा ३ दिन लगातार आउने भएको छ ।  बिहान ८ बजे प्रशारण हुने कार्यक्रममा आयुषले आफ्नो अनुभवहरु बाड्ने छन् । कार्यक्रम असार १४,१५,१६ गते  हरेक दिन बिहान ८ देखि ९ बजे सम्म १ घण्टा प्रत्यक्ष  प्रशारण हुनेछ ।

                                   उत्त कार्यक्रममा रिमालका फ्यानले फोन मार्फत आफ्नो प्रश्न र जिज्ञासा राख्न सक्ने छन् ।  उत्त अन्तरवार्ता कार्यक्रम प्रस्तोताद्वय आरजे आशिष र आरजे  बिनिसाले लिनेछन् । 

सिंगापुर एअरलाइन्सको एउटा विमान सोमबार ठूलो दुर्घटना हुनबाट जोगिएको छ । सिंगापुरबाट इटालीको मिलानका लागि उडान भरेको सिंगापुर एअरलाइन्सको ‘बोइङ ७७७’को इन्जिनमा खराबी देखिएपछि चालकले सिंगापुर फर्काइ आपत्कालीन अवतरण गराउँदा विमानको दायाँ भागको इन्जिनमा आगलागी भएको थियो ।
                                       
विमानमा रहेका १९ जना चालकदलका सदस्य र २ सय २२ जना यात्रु भने सकुशल छन् ।ती यात्रुहरुलाई अर्को विमानबाट मिलान पुर्‍याउने व्यवस्था गरिएको छ । (एजेन्सी)

प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले काठमाडौंको बूढानिलकन्ठबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा डुमराना–७ का २५ वर्षीय साइमन तामाङ र नुवाकोट बुमताङ–४ का ३७ वर्षीय धनबहादुर तामाङ रहेका छन् । उनीहरुको साथबाट इँटा आकारका ‘स्ल्याब’ बनाइएको ३० किलो चरेस र बुद्धधर्मसम्बन्धी पुस्तकको गाता बनाइएको ५ किलो चरेस बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ परेकाहरुको अन्तर्राष्ट्रिय गिरोहहरुसँग सम्पर्क रहेको पनि प्रहरीले जनाएको छ 

सरकारले आगामी साउन १ गतेदेखि वार्षिक सवारी कर वृद्धि गर्दैछ । आर्थिक विधयेक (बजेट) मार्फत घोषणा भएको करवृद्धिको निर्णय साउनदेखि लागू हुनेछ ।
सरकारले भन्सार विन्दुमा नै सडक दस्तुर कर बढाएर सवारी महंगो बनाउँदैछ भने सवारी करमा पनि भारी वृद्धि गर्दैछ । मोटरसाइकल र स्कुटरमा मात्रै एकैपटक ५ हजार रुपैयाँसम्म कर वृद्धि हुँदैछ ।
यातायात व्यवस्था विभागले साउन १ गतेदेखि २५१ देखि ४०० सम्म सीसीका मोटरसाइकल धनीसँग वाषिर्क ८ हजार रुपैयाँ कर लगाउनेछ । यसअघि ६ हजार मात्रै तिर्नुपथ्र्यो ।
यस्तै ४ सय १  सीसीभन्दा माथिका सवारी धनीले यसअघि भन्दा ५ हजार रुपैयाँ बढी कर तिर्नुपर्नेछ । यसअघि १ हजार तिर्दै आएका ठूला क्षमताका बाइक चढ्नेले अब सरकारलाई १५ हजार रुपैयाँ तिर्नुपर्नेछ । २५० सीसीसम्मका मोटरसाइकल चढ्नेहरुलाई भने राहत मिल्नेछ । यसपटक साना क्षमताका मोटरसाइकलमा कर बढाएको छैन ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget