Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

About

प्रस्तुत बिषयमा औधोगिक नगरीबाट सुचना र मनोरञ्जनको रुपमा हामी निरन्तर लागेका छौ । हाम्रो अविष्ट लुकि छिपी समाचारको उजागर गर्नु हो भने विविधता भित्र एकता र एकता भित्र अनेकता, बिचार मन्थन र जनसरोकारका सबै क्षेत्रमा रचनात्मक र श्रृजनात्मक प्रस्तुतीको कलात्मक अभिव्यक्तिनै रेडियो स्टारको   मौलिक पहिचान, परिचय वा बिशेषता हो । साकिरा मिडिया नेटवर्क प्रालिद्धारा संचालित  (रेडियो स्टार ९३ .२  मेगाहर्ज) नियमित रुपमा औधोगिक नगरि विराटनगरबाट   प्रसारण भए संगै यसको लोकप्रीयता पनि चुलिखै गएको छ । रेडियोबाट  विविध सूचनामूलक, ज्ञानमूलक, जानकारीमूलक र सचेतनामूलक कार्यक्रमले पुर्वाञ्चलका लाखौ श्रोतामाझ मन छुन सफल भएको कुरा स्मरण गराउँछौ । त्यसैले यस रेडियोका कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन यँहाको सँस्था सँग सहयोगको अपेक्षा राख्दछौ । एउटै बगैचाका सयौं थरी फुलहरुले सम्मान रुपमा फुल्ने अवसर पाउनु पर्छ भन्ने मान्यताका साथ  सबैक्षेत्रको सहयोगको हात माग्दै  हातेमालो गर्दै अगाढी बढने प्रतिवद्धता व्यक्त गर्दछौ । 
 रेडियो स्टारको  संक्षिप्त परिचय
समाज परिवर्तनको बाटोमा उत्साहप्रद आशा, दृठ विश्वास र निरन्तर अभियानको संकल्प सहित खुलेको हो—रेडियो स्टार  । सामुदायिक भावना, एकताबद्ध प्रयास र सकारात्मक सोच प्रबर्धन गर्न प्रतिवद्ध यस क्षेत्रकै एक मात्र रेडियो हो—रेडियो स्टार  । अनि, हाम्रै गाउँघर, समाज र देश परिवर्तनको सहयात्री हो—रेडियो स्टार  । मोरङ जिल्लाको विराटनगर उपमहानगरपालिका वडा न —६ स्थित त्रिमुत्ती चौकबाट  प्रसारित रेडियो स्टार  ९३.२ मेगाहर्जको तरङ्ग मोरङ , सुनसरी , भोजपुर, धनकुटा, मोरङ्ग, ईलाम, झापा, उदयपुर, सिराहा, सप्तरी लगायतका जिल्लाहरुमा सुन्न सकिन्छ। भने www.radiostar.com.np  मार्पmत संसारको कुनैपनि ठाउबाट यो रेडियो  सुन्न सकिन्छ । विकास–निर्माण, स्वास्थ्य, शिक्षा, स्थानीय साधनस्रोतको उपभोग र कृषि जस्ता विषयलाई रेडियोस्टारले  प्रथमिकताकासाथ प्रसारण गरिरहेको छ । साथै यो रेडियोले स्थानीय भाषा, कला, संस्कृति, लोकसंगीत र साहित्यको विकास एवम् प्रवद्धन गर्नका लागि निरन्तर सूचना र सन्देश प्रवाह गरिरहेको छ । यसले गर्दा पनि रेडियो स्टारको श्रोता सँख्या रेडियो खुलेको केही समयमा नै ह्वात्तै बढेको छ । युवा पुस्ताको सहभागीता, सक्रियता र समन्वय यो रेडियोको उत्साहलाग्दो पाटो हो । यो रेडियोका सामग्रीहरु सबै वर्ग, जाती, लिङ्ग, भाषा तथा संस्कार र संस्कृति बोकेकाहरुलाई उत्तिकै सम्मान र उस्तै महत्व दिने खालका छन् । हामीलाई थाहा छ, नेपाली जनत्ताको  सशक्तिकरण, विकास र उन्नतीको लागि खुलेको यो रेडियोको प्रबर्धनको लागि यसमा अहिले क्रियाशील समुहको मात्र सक्रियकता पर्याप्त छैन । समुदायकै साझा सम्पत्तिको रुपमा रहेको यो रेडियोको तरङ्गलाई पुर्वाञ्चलको आकाशमा चीरकाल सम्म गुञ्जाईरहन तपाईँहामी सबैको साथ, सहयोग र समर्थन चाहिन्छ । रेडियोमा तपाईँको व्यापार, व्यवसाय वा कारोबारको जानकारी प्रसारण गर्नु भनेको विज्ञापन मात्र होईन, तपाईँहाम्रो साझा प्रयास हो—सामुदायिक सञ्चार उत्थानका लागि । यसले एकातिर रेडियोलाई दीर्घकालसम्म निरन्तरता पाउन सहयोग पुग्छ भने अर्कोतिर तपाईँकै व्यापार, व्यवसाय र कारोबारलाई बढावा दिन पनि सहयोग पुग्छ । यस किसिमको सहयोग आदानप्रदानका लागि हामीले गरेका व्यवस्था यसै जानकारीको साथमा संलग्न छ । रेडियोको प्रभाव क्षेत्रका समुदाय विभिन्न वर्ग, लिङ्ग र जातजातीको घर—घर सम्म रेडियो मार्फत सूचनाको पहुँच पु¥याउने हेतुले महिला, मधेसी, दलित एवं विभिन्न जातजाती गुरुङ्ग, मगर, भोजपुरी, थारु भाषाका कार्यक्रम र समाचार आदि उत्पादन र प्रसारण हुर्दै आएका छन । त्यही अनुरुप श्रोताको प्रतिक्रिया एवं रेडियो स्वंयमको आन्तरिक मूल्याङ्कनको आधारमा २० लाख भन्दा बढी श्रोताहरुले यस रेडियोलाई सुन्ने गरेको पाइएको छ भने स्थापना भएको छोटो समयमै श्रोता माझ सकारात्मक प्रभाव छाड्न सफल यस रेडियोको एक छुट्टै पहिचान स्थापित भई सकेको छ ।यस रेडियोले स्वदेशी उद्योग, व्यापार व्यवसायको सम्बद्र्धनका लागि समेत विभिन्न कार्यक्रम उत्पादन गरी उनीहरुका हक हितका पक्षमा समेत वकालत गर्दै विज्ञापन सूचना मार्फत उत्पादित वस्तु, सेवा र विचारलाई आम जनमासको घरदैलो सम्म पु¥याउने उद्देश्य समेत लिएकोे छ । क्षमता :— १. प्रसारण प्रभाव क्षेत्र–्मोरङ्ग , सुनसरी, ,इलाम, सप्तरी, उदयपुर , भोजपुर ,खोटाङ आदि । २. प्रसारण प्रभाव जनसंख्या लगभग – २० लाख ३. फ्रिक्वेन्सी— ९३.२.मेगाहर्ज बिराटनगर कार्यक्रम :— रेडियो स्टारको उद्देश्य अनुसार समावेशी आवाज सँगै विहान ५ वजे देखी राती ११ वजे सम्म दैनिक १७८घण्टा निरन्तर प्रसारण हुने यस रेडियो मार्फत शिक्षा, रोजगार, वातावरण, महिला, दलित, जनजाती, अपाङ्ग, सडक वालवालिका, कानून, कृषि, उद्योग, वाणिज्य, प्रकोप, युवा, राजनीति जस्ता सचेतना मुलक कार्यक्रम लगायत स्वस्थ मनोरञ्जन दिने खालका सांगीतिक कार्यक्रम प्रसारण भइरहेको छ । तपार्इँको व्यवसायको बजार प्रवर्धन गर्दा निम्न अनुसारको अनुसारको दररेट प्रस्ताव गर्दछु ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget