Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

चिकित्सकहरुको निर्वाचन यही भदौ १७ देखी सुरु चुनावी प्रचार प्रसारका लागी टोली विराटनगरमा


विराटनगर ३२ साउन । नेपाल चिकित्सक संघ प्रजातन्त्रबादीहरुको चुनावी प्रचार प्रसारको टोली   पूर्वाञ्चलको भ्रमणमा निस्किएको छ ।
मंगलवारदेखी संघका प्रत्यासी उम्मेदवारहरुले  पूर्वका जिल्लामा पुगि प्रचार प्रसारलाई तिव्र पारेको छ ।  चिकित्सकहरुको साझा संगठन नेपाल चिकित्सक संघको तीन बर्षे कार्यकालको लागी यही भदौ १७ गतेदेखी हुन गईरहेको निर्वाचनलाई ध्यानमा राख्दै प्रजातन्त्रबादी समूहको टोली विराटनगर आईपुगेको हो ।  विराटनगरको न्युरो , कोशी , विराट , लाईफ गार्ड , सप्तकोशी , मोरङ सहकारी , नोवेल लगायतका अस्पतालका चिकित्सकहरुसँग भेटेर मत मागेको छ ।  यसैगरि सुनसरीको धरान , झापाको विर्तामोड , भद्रपुर र सप्तरी अस्पतालमा पुगेर प्रचार प्रसारलाई तिव्र पारेको छ ।  नेपाल चिकित्सक संघ महासचिवका प्रत्यासी उम्मेदवार डा लोचन कार्कीले काठमाण्डौ उपत्यका बाहिर यही भदौ १७ र १८ तथा उपत्यका भित्र २१ देखी २५ गते सम्म निर्वाचन हुने बताए । देशभरिका करिव ५ हजार ३ सय चिकित्सकहरु निर्वाचनमा सहभागि हुँदैछन । साँझा संगठन भएकाले विभिन्न विचारधार बोकेका चिकित्सकहरुले मतदान गर्न पाउने छन । संघको एक केन्द्रीय कार्यालय र १५ शाखाहरु रहेका छन ।
नेपाल चिकित्सक संघका वर्तमान अध्यक्ष डा अञ्जनि कुमार झाको नेतृत्वमा प्रजातन्त्रवादीहरुको समूह देशव्यापी दौडाहा निस्किएको हो  । अध्यक्ष डा झाले वर्तमान कार्य समितिले सुरु गरेको अधुरो  कामहरुको निरन्तरताका लागी पनि प्रजातन्बादीहरुको समूहलाई विजयी गराउन आवश्यक देखिएको बताए । डा झाले भने , यसैले पनि म साथीहरुको समूहमा छु र प्रचार प्रसारमा छौडिएको छु । चिकित्सक संघमा १ अध्यक्ष सहित १३ जनाको कार्य समिति रहेने व्यवस्था छ । अध्यक्ष पदका प्रत्यासी डा मुक्तीराम श्रेष्ठले पेशागत सुरक्षा र स्वास्थ्य क्षेत्रमा देखिने समस्याको समाधानको लागी आफ्नो उम्मेदवारी रहेको बताए । उनी कार्य समितिको सदस्य , सह सचिव , कोषाध्यक्ष हुँदै हाल महासचिव  छन । हाल उनी वीपी स्मृति अस्पतालमा कार्यरत छन । यस्तै महासचिवका प्रत्यासी उम्मेदवार डा लोचन कार्कीले संघको अधुरो भवन निर्माण गर्न तथा अत्याधुनिक पुस्तकालको निर्माणका लागी पनि आफ्नो उम्मेदवारी रहेको बताए । विराटनगर निवासी डा कार्कीले आफु महासचिवमा निर्वाचित भएपछि चिकित्सकहरु माथी हुने गरेको सवैखाले भेदभाव , उपेक्षा , शोषणको अन्तयका लागी लडने प्रतिवद्धता व्यक्त गरे । हाल कार्की संघको सह सचिव तथा  नोवेल अस्पताल , विर अस्पताल काठमाण्डौमा कार्यरत छन ।
प्रजातन्त्रबादीहरुले निर्वाचनका लागी आफ्नो प्यानेलकै घोषणा गरेको छ । प्यानेलका १३ जनै पदाधिकारीहरु चुनावी दौडाहामा सँग सँगै निस्किएका हुन । प्यानेलको अध्यक्षमा डा मुक्तीराम श्रेष्ठ , वरिष्ठ उपाध्यक्षमा डा ढुण्डिराज पौडेल , उपाध्यक्षमा डा मुकुन्द दाहाल , महासचिवमा डा लोचन कार्की , कोषाध्यक्षमा श्रीमती रष्मिप्रसाद यादव , सहसचिवमा डा अभिमन्यू झा र डा प्रकाश बुढाथोकी , सदस्यहरुमा डा अनिल बिक्रम कार्की ,डा बद्री रिजाल , डा बिश्वराज दवाडी , डा कृष्णप्रसाद पौडेल , डा शैलेश प्रधान र डा सञ्जिव तिवारी छन । उनीहरुले आफ्नो समूहवाट घोषणा पत्र समेत जारी गरेका छन  । घोषणा पत्र अनुसार सम्पन्न हुने क्रममा रहेको संघको नयाँ भवनलाई आधुनिक बनाई पेशागत ऐक्यवद्धतालाई कायम गर्ने , आधुनिक पुस्तकालको निर्माण गर्ने , नेपालको संविधान २०७२ को भावना र मर्म अनुसार जनहितको प्रत्याभूीत् गर्दै चिकित्सक मैत्री स्वास्थ्य ऐन नीति निर्माणमा बिशेष पहल गर्ने , मतदाता चिकित्सकहरुका लागी निर्वाचन प्रक्रृयालाई सहजिकरण गर्ने , प्रादेशिक संरचनाअनुसार नेपाल चिकित्सक संघको शाखाहरुलाई पूर्न संरचना गर्ने , नेपाल सरकार र चिकित्सक संघ विच भएका सहमतिका वुँदाहरुको कार्यान्वयन गराउने , स्वास्थ्य सेवा सम्वन्धि आचारसहिता निर्माण गराई लागू गर्न पहल गर्ने ,मेडिकल काउन्सिलको गरिमालाई राख्न र यसको विश्वासनियता र प्रभावकारीता विकास गर्न विशेष पहल गर्ने र पेशागत जिम्मेवारी वहन गर्ने क्रममा संघका सदस्यहरुलाई आई पर्ने सुरक्षा , कानूनी लगायतका समस्याहरुको समाधानका लागी संघमा छुट्टै संयन्त्रको विकास गर्ने लगायतका छन ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget