Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

‘वान बेल्ट वान रोड' रणनीति

काठमाडौँ, जेष्ठ ९ गते । परराष्ट्र मामिलाका विज्ञ तथा प्राज्ञिक क्षेत्रका व्यक्तिले नेपाल, भारत लगायत दक्षिण एसियाली मुलुक चीनले प्रस्ताव गरेको ‘वान बेल्ट वान रोड' रणनीतिमा सक्रिय सहभागि हुनुपर्नेमा जोड दिएका छन् । 


त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकाय र ट्रान्स—हिमालयन रिसर्च सेन्टरले शनिबार राजधानीमा आयोजना गरेको ‘ट्रान्स—हिमालयन कोअपरेशनमा सम्भावनाहरुको खोजी' बिषय सम्मेलनमा बोल्दै वक्ताहरुले चीन, नेपाल र भारतबीच आर्थिक विकासका लागि त्रिपक्षिय सहकार्य हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा वनमन्त्री अग्नी सापकोटाले चीनले आर्थिक विकासमा विश्वसंग सहकार्यका लागि अघि बढाएको ‘वान बेल्ट वान रोड' रणनीति नेपालका लागि महत्वपूर्ण रहेको बताए । उनले नेपाल र चीनबीच आर्थिक विकासमा सहकार्य हुनुपर्नेमा जोड दिए ।

पूर्वमुख्य सचिव लीलामणि पौडेलले चीन र भारत विश्वमा उदाउँदा आर्थिक शक्तिका रुपमा अघि बढेकाले नेपालले उनीहरुसँग सहकार्य गरी लाभ लिने पर्याप्त सम्भावना रहेको बताए ।

उनले चीनले अघि बढाएको ‘वान बेल्ट वान रोड' रणनीतिअन्र्तगत भारत र चीनबीच सामाजिक तथा आर्थिक विकासको मोडल तय भएको खण्डमा त्यसले एसिया क्षेत्रको शान्ति र स्थिरताका लागि महत्वपूर्ण योगदान दिने बताए ।

जनस्तरको संबन्ध प्रबर्धन गर्न र एसियाली सभ्यतालाई विश्वसामू चिनाउन यो अवधारणा प्रभावकारी सिद्द हुने उनको भनाइ छ ।

‘वान बेल्ट वान रोड रणनीतिमा भारतको शंशय देखिन्छ । त्यसैले अहिले यसमा भारत सहभागि नभएको देखिन्छ । तर भारतको आर्थिक तथा सामाजिक विकासका लागि यो रणनीतिमा महत्वपूर्ण छ । । भारत, नेपाल जस्ता मुलुकका लागि वान बेल्ट वान रोड नयाँ अवसर हो' उनले भने ।

चिनियाँ राष्ट्रपति सि जिनपिङ्ले सन् २०१३ मा सार्वजनिक गरेको ‘वान बेल्ट वान रोड' रणनीति भित्र ‘सिल्क रोड इकोनोमिक बेल्ट' र ‘२१ औं सताब्दिको सामुद्रिक सिल्क रोड' गरी दुई अवधारणा छन् ।

यी दुई अवधारणाले आर्थिक विकासका लागि चीन, एसिया, युरोप तथा अफ्रिकाबीच सडक र रेल परियोजनामा सहकार्य गरी ‘कनेक्टिभिटी' अघि बढाउने बिषयलाई अघि सारेका छन् । तर, भारत, जापान, अमेरिका लगायत मुलुकहरु चीनले अघि बढाएको ‘वान बेल्ट वान रोड' रणनीति प्रति शशंकित देखिन्छन् ।

कार्यक्रममा चीनको सिचुवान विश्वविद्यालयका प्राध्यापक लि ताओले ‘वान बेल्ट वान रोड' रणनीति विश्वका सबै मुलुकलाई समेट्ने खुल्ला र समावेशी चरित्रको रहेको बताए ।

‘भारत या अमेरिका जुनसुकै मुलुक पनि यस रणनीतिमा सहभागि भएर आर्थिक विकासका लागि काम गर्न सक्छन् । चीन उनीहरुको सहभागिताका लागि सधैं सकारात्मक छ' उनले भने ।

चीनले नेपाल, भारत र चीनबीच त्रिदेशीय सहकार्य अघि बढाएन चाहेको बताउँदै ‘वान बेल्ट वान रोड' रणनीतिले उक्त सहकार्यलाई झनै महत्वपूर्ण योगदान दिने बताए ।

‘यदी यस रणनीतिमा भारतका केही शंशयहरु छन् भने त्यसलाई संवाद र छलफलबाट हल गरेर जान सकिन्छ' उनले भने ‘तर कुनै वार्ता र संवाद नगरी चीनको आर्थिक विकासको एजेन्डालाई पश्चिमा मुलुकहरुले अतिरंजित गरिरहेको पाइन्छ । भारत पनि यसमा शशंकित देखिन्छ ।'

कार्यक्रममा विज्ञले रेलसंजाल र सडकको विस्तारमा चीन, नेपाल र भारतबीच मजबुत सहकाय हुनुपर्नेमा जोड दिए ।

  • अन्नपुर्ण पोस्ट बाट 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget