Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

सिंहदरबार घेर्न कहाँबाट आए यी विदेशी ?

काठमाडौँ, जेष्ठ ३ गते  । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र जनजाति अभियानसम्बद्ध केही दलले आइतबार आयोजना गरेको सिंहदरबार घेराउ कार्यक्रममा नेपाल घुम्न आएका विदेशी नागरिक पनि देखिए ।
‘लिम्बुवान’ लेखिएको रातो कपडा टाउकोमा बाँधेर करिब ४ जना विदेशी युवायुवती मधेसी दलको सिंहदरबार घेराउ कार्यक्रममा सहभागी भएका थिए ।

हजारौं सुरक्षाकर्मीको उपस्थितिबीच उनीहरु मधेसी मोर्चा र जनजातिसम्बद्ध दलका कार्यकर्तासँगै नाराबाजीमा मात्रै उत्रिएनन्, धर्ना बस्नसमेत भ्याए ।



मधेस आन्दोलनका पक्षमा स्टाटस लेखेकै कारण सरकारले केही समयअघि एक विदेशी नागरिकलाई देश निकाला गरेका बेला फेरि विदेशी नागरिक पनि आन्दोलनमा सहभागी हुँदै सडकमै उत्रिएका हुन् ।

विदेशी नागरिक समेत मधेसी मोर्चाको सिंहदरबार घेराउ कार्यक्रममा सहभागी भएको अवस्थामा गृहमन्त्रालयले भने अनभिज्ञता प्रकट गरेको छ ।

गृहमन्त्रालय स्रोतले सिंहदरबार घेराउका क्रममा मधेसी मोर्चाका नेता कार्यकर्ता सडकमा उत्रेको सबै स्थानको रिर्पोट आइनसकेकाले आन्दोलनमा विदेशी नागरिकको सहभागिता पुष्टि भइनसकेको जनाएको छ ।

नेपालको अध्यागमन कानुनले विदेशी नागरिकलाई राजनीतिक गतिविधिमा सहभागी हुन निषेध गरेको छ । सिंहदरबार घेर्न पुगेका विदेशीबारेमा गृहले अनभिज्ञता प्रकट गरिरहँदा उनीहरु कुन् देशका नागरिक हुन् भन्ने पनि खुल्न सकेको छैन ।

यसअघि क्यानाडाका नागरिक रोबर्ट पिनरले मधेस आन्दोलनका समर्थनमा सामाजिक सञ्जालमा लेखेपछि सरकारले उनको भीसा रद्ध गरिदिएको थियो ।







  • अन्नपुर्ण पोस्ट  समाचार बाट 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget