Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

हामी गणतन्त्रवादी हुन सक्दनौ'

काठमाडौँ, जेष्ठ ३ गते । सरकारमा सहभागी राप्रपा नेपाल, राप्रपालगायत पार्टीले आफूहरू संघीय गणतन्त्र नेपालको सरकारमा सहभागी भए पनि कहिल्यै गणतन्त्रवादी हुन नसक्ने बताएका छन् । उनीहरूले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताका विषयमा नयाँ संविधानमा असहमति राखेर सरकारमा सहभागी भएको पनि स्पष्ट पारेका छन् ।



हिन्दु धर्म, राजतन्त्र र स्वायत्त शासनका मुद्दालाई मुख्य बटन बनाएर पार्टी एकीकरणमा जानुपर्ने उनीहरूको भनाइ छ । एकीकृत राप्रपा निर्माण अभियानले राजधानीमा आइतबार आयोजना गरेको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले हिन्दु धर्म आजको अपरिहार्य आवश्यकता रहेको बताए । राप्रपाभित्र र बाहिर यस्तो विचारलाई प्रतिनिधित्व गर्नेहरूबीच एकता महाधिवेशन गरेर टुंगोमा पुग्नुपर्ने उनको भनाइ थियो ।

विगतमा गणतन्त्र स्वीकारेका लोहनीले भने, ‘कांग्रेस र एमालेले चामलमा ढुंगा मिसावट गरेर र एमाओवादीले भुस मिसाएर बेचेको परिणाम आज उनीहरूले नै वकालत गरेको गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता संकटको धारमा पुगेको छ । गणतन्त्र र प्रजातन्त्रको ठेकेदार मान्दै गणतन्त्र र प्रजातन्त्रको उपहास गर्ने ती शक्तिलाई चुनौती दिन पनि सबै पूर्वपञ्चको एकता अपरिहार्य छ ।'

राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीले आफूहरू कहिल्यै प्रजातन्त्रवादी र गणतन्त्रवादी हुन नसक्ने भएकाले सबै राप्रपा र छरिएर रहेका पूर्वपञ्चको एउटै पार्टी राप्रपा हुनुपर्ने बताए । सत्ताबाहिर रहँदा संवैधानिक राजतन्त्र, हिन्दु र स्वायत्त शासन भन्ने तर सत्तामा गएर उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भएपछि गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको ठेकेदार बन्ने प्रवृत्तिप्रति सचेत रहन पनि उनले आग्रह गरे ।

पूर्वमन्त्री बालाराम घर्तीमगरले राष्ट्रियताको संरक्षणका लागि पनि हिन्दु र राजतन्त्र अपरिहार्य रहेको बताएका थिए । पूर्वमन्त्री हरिबहादुर बस्नेतले प्रमुख तीन दलका कारण मुलुक राजनीतिक, सुरक्षा र आर्थिक रूपमा तहसनहस हुन लागेकाले पूर्वपञ्चको एकताको आधार राप्रपा हुनुपर्ने बताए ।

समानान्तर राप्रपाका अध्यक्ष गणेश शेरचनले संवैधानिक राजतन्त्रबिना राष्ट्रियताको संरक्षण र संवद्र्धन हुन नसक्ने बताए । उनले भने, ‘संवैधानिक राजतन्त्र, हिन्दु राष्ट्र, स्वायत्त शासनको मुद्दा एकीकरणका क्रममा जानु भनेको राजतन्त्रात्मक शासनको पुनर्बहाली हुनु हो । त्यसका लागि अब सबै पञ्चबीच एकता अपरिहार्य छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget