Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

१० माओवादी घटकबीचको एकीकरण

काठमाडौँ, जेष्ठ ७ गते विभाजनको चार वर्षपछि पुरानै ठाउँ आइपुगेका माओवादी घटकहरुले दलको नाम बदल्दै नेकपा (माओवादी केन्द्र) राखेका छन् ।



 बिहीबार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा एकीकृत नेकपा माअेावादी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा माओवादी, क्रान्तिकारी कम्युनिस्ट केन्द्र नेपाल, वामपन्थी एकता समूह, गौरवशाली पार्टी नेपाल, नेकपा माओवादी विद्रोहीलगायत १० घटकबीच एकता घोषणा भएको हो ।

माओवादी घटकहरुले यसलाई पार्टी एकता नभनी नयाँ पार्टी गठन भएको जिकिर गरेका छन् । माओवादी केन्द्रको घोषणाअघि सबै घटकको बिहीबारै आयोजित संयुक्त अधिवेशनले पुष्पकमल दाहाललाई अध्यक्ष घोषणा गरेको छ । अरु केही पदबारे निर्णय भइसकेको भए पनि मातृका यादव बिहीबारमात्रै पार्टी एकता प्रक्रियामा सामेल भएकाले केन्द्रीय समिति बेठकमा टुंगो लगाउने निर्णय गरेकेा पार्टी उच्च स्रोतले भन्यो । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आइतबारदेखि बस्ने केन्द्रीय समिति बैठकले यसको टुंगेा लगाउने जानकारी दिए ।

पार्टी घोषणा सभामा बोल्दै अध्यक्ष दाहालले एमाओवादीले उठाएका एजेन्डालाई निरन्तर पछि धकेल्ने काम भइरहेकोमा अब पराजयको दिन सकिएको, केही महिनाभित्रै चमत्कार देखाउने बताएका छन् । केन्द्रीय सदस्यहरु गाउ-गाउँमा बसेर संगठन निर्माण गर्ने उल्लेख गर्दै उनले भने, 'पार्टी टुक्रा-टुक्रा हुदा निराश भएका नेता कार्यकर्तामा आजको एकताले नया उत्साह सन्चार गरेको छ, अब सुस्ताएकाहरु उठ्नेछन् र जनताको पक्षमा देशव्यापी माहोल सिर्जना हुनेछ ।'

दाहालले पार्टी गठनलाई उत्पीडितहरुबीचको नयाा राष्ट्रिय एकता भनी अथ्र्याएका छन् । पछल्लिो समय राज्य सन्चालकमा उच्च जातीय अहंकार र उपनिवेशिक सोच देखिएको आरोप लगाउदै उनले अब पार्टीले त्यसविरुद्ध संघर्ष गर्ने दाबीसमेत गरे । 'सामन्तवादमाथि राजनीतिक विजय त प्राप्त गरियो, तर अवशेष अझै बाकी छ,' उनले अथ्र्याए, 'त्यसैले नया जनवादी क्रान्तिको सारतत्व भएको पुजीवादी जनवादी क्रान्ति गर्दै अब समाजवादी क्रान्तिको तयारी गर्ने हो ।' संविधान मुस्किलले जारी भए पनि अहिले कार्यान्वयन नै नहुने हो कि भन्ने आशंका पैदा भएको भन्दै उनले मधेसी, दलित, मुस्लिम, महिला र अल्पसंख्यकका आकांक्षा सम्बोधन गर्न नेतृत्व चुकिरहेको तर्फ औंल्याए ।

पार्टी फुटा सहिद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते र अपाङ्ग योद्धाले सोध्ने प्रश्नको उत्तर आफूहरुसग नरहेको भन्दै अध्यक्ष दाहालले एकिकरणले नेपाली जनतामा नया उभार पैदा गर्ने र क्रान्तिको थाती कार्यभार पूरा गर्ने सुनाए । 'गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीतालगायत परिवर्तनका एजेण्डामाथि आज प्रश्नहरु उठेका छन्, हामीलाई कमजोर बनाउदा ती मुद्दा पनि कमजोर हुन्छन् भन्ने कतिपयलाइ परेको छ,' उनले भने, 'अब हामीलाई कमजोर पारेर अपमानित गर्ने प्रवृत्ति सकिनेछ । माओवादीलाई कमजोर पारेर कोही कसैले राजतन्त्र फर्काउने सपना देखेको भए पनि त्यो सपना आजैबाट चकनाचूर भएको छ ।' दाहालले यसो भन्दैगर्दा दर्शकदीर्घामा चर्को हुटिङ भएको थियो ।

पानीझरी छिचोल्दै एकीकरण घोषणाका लागि ठूलो संख्यामा कार्यकर्ता आएका थिए । आफ्नै नेतृत्वमा पार्टी ठूलो दल भएको, विभाजन भएको र फेरि एकतापछि नया पाटी बनेको उनले अनुभूति सुनाए । दाहालले विस्तृत शान्ति सम्झौताअनुसार सत्य निरुपण तथा मेलामिलाप आयोग, बेपत्ता नागरिक खोजबिन आयोगको काम पनि सकारात्मक रुपमा अगाडि बढ्ने अपेक्षा गरे ।

बबरमहलमै भएको एकीकृत दलको संयुक्त अधिवेशनमा अन्तरिम विधान नियमावली पारित भएको थियो । पार्टीको केन्द्रीय समिति ६ सय ९९ सदस्यीय हुने घोषणा गििरएको छ । केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा परिणत गरिएकेा भन्दै दाहालले यसै वर्ष महाधिवेशन गर्ने घोषणा गरेका छन् । कार्यक्रम उद्घोषण गर्दै रामबहादुर थापाले पार्टीको एककिरण नभई नया पार्टी घोषणा भएको दोहोर्‍याउदै एमाओवादीलाई टुक्राउने 'दुश्मनहरुको सपना पूरा हुन नदिने' दाबी गरे । 'माओवादी पार्टीहरुको बीचमा एकता भएको होइन, सबै मिलेर नया गठन भएको हो,' उनले भने, 'आज हामीले सबै क्रान्तिकारी कम्युनिस्ट पाटीहरुको बलिदानको मूल्यमा यो नया पार्टी पाएका छौं ।'


वैद्य र बाबुरामलाई पनि आग्रह
दाहालले पार्टी एकता अभियानमा सामेल हुन मोहन वैद्य र नया शक्ति संयोजक बाबुराम भट्टराईलाई पनि आग्रह गरेका छ्न । भट्टराईलाई लक्षित गर्दै दाहालले युद्धकालमा सत्ताको प्रमुख नै उनी भएकाले अहिले 'जहा गए पनि सुख नपाउने' बताए । 'नया शक्ति भनेर बुर्जुवाहरुलाई लिन छाड छाड्नुस्, नया माओवादीमा आउनुस्,' उनले भने । दाहालले तुरुन्तै मधेसी र जनजातिका जायज माग सम्बोधन गर्नेगरी वार्ता आह्वान गर्न सरकारलाई आग्रह गरेका छन् । पार्टी एकता भएकोमा उत्साहित मुद्रामा मन्चमा प्रस्तुत भएका उनले कांग्रेस र एमालेले अघिल्लो सातादेखि नै बधाई दिएको सुनाए । अनि थपे, 'तपाईंहरु बधाई दिइरहनुहोस्, हामी अघि बढिरहन्छौं ।'

कार्यक्रम अध्यक्षता गर्दै पुराना कम्युनिस्ट नेता तथा लेखक कृष्णदास श्रेष्ठले माओवादी एकताप्रति खुसी व्यक्त गर्दे फेरि नफुट्न शुभकामना दिएका थिए । पार्टीका पुराना सबै पदाधिकारी सचिवालय सदस्य र बाकी केन्द्रीय सदस्यको हैसियतमा रहनेछन् । आइतबारको बेठकले जिम्मेवारी टुंगो लगाउने बताइएको छ ।


  • कान्तिपुर समाचार बाट 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget