Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

विराटनगरमा आधुनिक बसपार्क बन्ने


विराटनगर, जेष्ठ ७ गते ।  विराटनगरमा अत्याधुनिक सुविधासम्पन्न बसपार्क निर्माण गरिने भएको छ । पाँच वर्ष पहिलादेखि चर्चामा रहेको दुई तले सुविधासम्पन्न बसपार्क निर्माणका लागि बिहीबार विराटनगर उपमहानगरपालिका र नगरविकास कोषबीच सम्झौता भएसँगै बसपार्क निर्माण हुने सुनिश्चित भएको हो ।


विराटनगरमा व्यवस्थित बसपार्क नहुँदा बस चढ्ने यात्रु र चालकलाई समस्या हु"दै आएको थियो। हिउँदमा धुलो र बर्खामा हिलोले विराटनगर बसपार्क आउने यात्रु तथा बसपार्क आसपास होटल व्यवसाय गर्ने व्यापारी र स्थानीयलाई सताउने गरेको थियो।

 बसपार्क व्यवस्थित पार्न स्थानीय टोलविकास संस्था,व्यापारी, यातायात मजदुरलगायतले वर्षौंदेखि माग गर्दै आएका थिए। नगरविकासको ऋण सहयोगमा विराटनगर—१५ स्थित पहिलेकै बसपार्कलाई व्यवस्थित गर्न लागिएको विराटनगर उपमहानगरपालिकाले जनाएको छ । ३० कठ्ठा क्षेत्रफलमा रहेको बसपार्कलाई व्यवस्थित गरी सुविधासम्पन्न बनाउन लागिएको विराटनगर उपमहानगरपालिकाका इन्जिनियर अर्जुन थापाले बताए। थापाका अनुसार बसपार्कसँगै व्यवसायीक भवन पनि निर्माण हुनेछ ।

 १४ करोड ११ लाख ५५ हजार रुपैयाँ लागतमा निर्माण हुने दुइतले बसपार्कको भूइँतलामा बस तथा माइक्रो पार्किङ गरिने छ भने माथिल्लो तलामा सपिङ महल, रेष्टुरेन्ट आदि रहनेछ । १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने योजनासहित उपमहानगर पालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मी र नगरविकास कोषका कार्याकारी प्रमुख मणीराम सिंह महतबीच बसपार्क निर्माण गर्ने सम्झौता पत्रमा बिहीबार हस्ताक्षर भइसकेको छ।

विराटनगर उपमहानगरपालिकाकाले बसपार्क निर्माणलाई तिब्रता दिन एक साताभित्र टेण्डर आहृवान गरी तीन महिनाभित्रै बसपार्कको निर्माण अगाडि बढाइने जनाएको छ। टेन्डर आह्वानको सबै तयारी भइसकेकाले एक हप्ता भित्रै सूचना प्रकाशित हुने इन्जिनियर थापाले बताए।

 बसपार्क निर्माणको सम्झौता अनुसार नगरविकास कोषले लागतको ९० प्रतिशत लगानी गर्नेछ। नेपाल सरकारले साढे ७ प्रतिशत र उपमहानगरपालिकाले साढे २ प्रतिशत रकम लगानी गर्ने छ । जस अनुसार कुल १४ करोड लागत मध्ये १२ करोड ७० लाख रुपैयाँ कोषले उपलव्ध गराउने छ। नेपाल सरकारको १ करोड ५ लाख अनुदान बसपार्क निर्माणका लागि छ भने विराटनगर उपमहानगरपालिकाकाको ३५ लाख २८ हजाररुपैया" लगानी गर्नेछ ।

विराटनगर उपमहानगरपालिकाका अनुसार ३० कठ्ठा क्षेत्रफलमा निर्माण हुने बसपार्कको तल्लोतलामा टिकट काउन्टर, सोधपुछ कक्ष, प्रतीक्षालय, मजदुर, कर्मचारी बस्ने कोठालगायत हुनेछ। पहिलो तलामा रेष्टुरेन्ट, व्यागेज रुम, रहने बव्यस्था हुने छ । इन्जिनियर थापाले बसपार्क क्षेत्रको सबै भुँइलाई पिच बनाइने र बसपार्क भित्रै वर्कसप, बिजुलीबाट गाडी धुनेजस्ता सुविधा पनि हुने जानकारी दिए ।

 दैनिक २७ वटा बस र २८ वटा माइक्रो बसपार्कमा आवत—जावत गर्ने छ। निर्माण गर्न लागिएको बसपार्कले विराटनगरको तत्कालीन आवश्यकता मात्रै पूरा हुने थापाले बताए। उनका अनुसार विराटनगरमा अर्को बैकल्पिक बसपार्कको पनि व्यवस्था गर्नु जरुरी रहेको छ । बैकल्पिक बसपार्कका लागि तत्कालै काम अघि नबढाए यही बसपार्कले धेरै वर्ष धान्न नसक्ने थापाले बताए। विराटनगरमा बैकल्पिक बसपार्कको तत्कालै व्यवस्था गर्नु जरुरी भए पनि विराटनगर उपमहानगरपालिकाले बैकल्पिक बसपार्कको सोचाइ बनाएको छैन । पूर्वी प्रदेशको राजधानी बन्ने तरखर गरिरहेको विराटनगरमा एउटै बसपार्कले धान्ने अवस्था देखिंदैन ।

 निर्माण हुने बसपार्कमा बसहरू आवतजावत गर्नका लागि मात्रै ठाउँ पुग्ने भएकाले विराटनगरबाट छुट्ने छोटो र लामोदुरीका बसहरू लामोसमय पार्किङमा राख्नुपरे समस्या आउनसक्ने देखिन्छ । अझ नगरबस पनि सञ्चालनमा आएको खण्डमा सवारीको थप चाप विराटनगर बसपार्कलाई पर्ने निश्चित छ । विराटनगरमा धमाधम पूर्वाधार निर्माण हुने क्रमसँगै आवादी पनि बढ्दो छ। विराटनगरबाट काठमाण्डौं, धनगडी, तेह्रथुम, इलाम,काँकडभिट्टालगायतका छोटो तथा लामोदूरीका बस सञ्चालन भइरहेकाछन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget