Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

दशरथ रंगशालामा रग्बी

काठमाडौँ, जेष्ठ ९ गते । नेपाली रग्बी टिमले घरेलु मैदानमा पहिलोपल्ट विदेशी टिमसँग खेलेको छ । नेपाली टिमले हङकङ फुटबल क्लबको रग्बी संघसँग शनिबार दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेलेको हो ।
नेपाल रग्बी संघद्वारा आयोजित मैत्रीपूर्ण खेलमा शारीरिक रूपमा बलियो देखिएको हङकङको टिमले २२–१० को जित हासिल गर्‍यो । हङकङको चर्चित यो क्लबबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका केही अनुभवी खेलाडी पनि मैदानमा ओर्लिएका थिए । आर्मी, सेनासहित केही वर्षयता नेपालमा रहेका विदेशीले नेपाली टिमबाट खेलेका थिए ।
नेपाली पुरुष टिमले दुई वर्षयता रियो ओलम्पिक २०१६ को छनोट र एसियन डेभलपमेन्ट सिरिजका खेलहरू देशबाहिर खेलेको थियो । सिरिजअन्तर्गत चेन्नाईमा इन्डोनेसियालाई हराएर नेपाली महिला टिमले अन्तर्राष्ट्रिय रग्बीमा ऐतिहासिक जित निकालेको थियो । तर, तीनै प्रतियोगिता सातजनाले खेल्ने रग्बी सेभेन हुन् । एक टिममा १५ जना मैदानमा ओर्लने रग्बीमा भने नेपाली टिमको पहिलो खेल हङकङ फुटबल क्लबसँग भएको हो । यसै स्वरूपमा रग्बीको विश्वकप हुने गर्छ । नेपाल–हङकङको मैत्रीपूर्ण खेलअघि नेपाली महिला टिमबीच प्रदर्शनी खेल भएको थियो ।


  • कान्तिपुर समाचार बाट 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget