Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

लुम्बिनी बौद्ध दर्शनको पनि मुहान


लुम्बिनी, जेष्ठ ९ गते । २५६० औं अन्तराष्ट्रिय बुद्ध जयन्ती समारोहले लुम्बिनीलाई बौद्ध दर्शनको केन्द्रको रुपमा पनि विश्वव्यापी बनाउन १० बुँदे लुम्बिनी घोषणापत्र जारी गरेको छ ।



शनिबार लुम्बिनीमा आयोजित समारोहमा संस्कृति तथा पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले दश बुँदे घोषणापत्र सार्वजनिक गर्दै ‘लुम्बिनी नेपाल: बुद्ध जन्मस्थल तथा बौद्ध दर्शन र विश्व शान्तिको मुहान’ भन्ने मान्यतालाई गोष्ठले पारित गरेको बताए ।

बुद्ध जयन्ती समारोहको उदघाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी, देवदह, कपिलबस्तु र नवलपरासी जिल्लामा रहेका बुद्धसँग सम्बन्धित अन्य स्थलहरुको संरक्षण र सम्बद्र्धन गरि अन्तर्राष्ट्रिय पर्यटकिय स्थलको रुपमा विकास गर्नेतर्फ सवैको ध्यान जान जरुरी भएको बताइन् ।

उनले छिटो लुम्बिनी गुरु योजना सम्पन्न गरि लुम्बिनीलाई नयाँ ढंगबाट अगाडि बढाउन सरकार समक्ष आग्रह गरिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले लुम्बिनीलाई बौद्ध दर्शनको मुहान मुहानको रुपमा पारित गर्नु अति महत्वपुर्ण भएको बताए । ओलीले लुम्बिनीलाई विश्वका शान्तिप्रेमी जनताको पवित्र तिर्थस्थलको रुपमा विकास गर्न सरकारले चाहेको बताए ।

लुम्बिनीमा करिव ५ हजार अँट्ने क्षमताको सभाहल सकेसम्म एक वर्षमा निर्माण सम्पन्न गर्ने गरि बनाउने र यदि कुनै कारण एक बर्षमा सम्पन्न गर्न नसकेमा सक्दो चाँडो सम्पन्न गरिने घोषणा ओलीले गरे ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी युद्धबाट शान्तिमा प्रवेश गरेपछि पहिलो कार्यक्रम लुम्बिनीमा गरेको स्मरण गर्दै आफ्ना लागि बुद्धको शान्तिको सन्देश र सम्राट अशोकले पछ्याएको मार्ग प्रेरणाको श्रोत भएको बताउनु भयो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले लुम्बिनी र अन्य बौद्ध स्थलको संरक्षण र सम्बर्द्धन गर्न जरुरी भएको र बुद्ध जयन्तीका दिन र बुद्धको शिक्षाबाट सवै राजनीतिक दलले प्रजातान्तिक मुल्य र मान्यताकासाथ अद्धि बढ्नु पर्ने बताए ।

बुद्धिष्ट एशोसियन चाइनाका उपाध्यक्ष यिन सुनले लुम्बिनीलाई धर्म संस्कृतिको सहरको रुपमा देख्न चाहेको बताए ।

बुद्ध जयन्तीको सफलताको कामना गर्दै संयुक्त राष्ट्र संघका महासचिव वान की मुन, अमेरिकाका राष्ट्रपति बाराक ओवामा, बंगलादेशका प्रधानमन्त्री शेख हसिना, बेलायतका प्रधानमन्त्री लगायतकाले पठाएको सन्देश पढेर सुनाईएको थियो ।

बुद्धलाई बिश्व शान्ति फैलाउने मुख्य प्रबर्तकको रुपमा प्रबर्द्धन गराउने, सम्पुर्ण मानव जातिमा बुद्ध दर्शनको शिक्षा फैलाउने, बुद्ध जन्मस्थल लुम्बिनीको प्रबद्र्धन गर्न र बुद्धको जीवनी र सिद्धान्तलाई सम्बन्धित मुलुकले पाठ्यक्रममा समावेश गरेर प्रबर्द्धनात्मक कार्यकालागि सवै राष्ट्रलाई अनुरोध गर्ने, धार्मिक सहिष्णुता, द्वन्द्व व्यवस्थापनका लागि लुम्बिनीलाई केन्द्रको रुपमा विकास गर्ने दश बुँदे घोषणापत्रमा समावेश छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget