Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

बुद्धिजीवीहरुबाट हैरान भइसकें : प्रधानमन्त्री

काठमाडौँ, जेष्ठ ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई वर्षभित्र देशभित्रै पेट्रोल उत्पादन हुने दाबी गरेका छन् ।



विहीबार राजधानीमा प्रेस चौतारीको महाधिवेशनको उद्घाटन गर्दै उनले अब पेट्रोलका लागि दक्षिण र उत्तरको भरपर्नु नपर्ने जिकिर गरे ।

नवलपरासीमा फलामखानी उत्खनन् भइरहेको प्रसंग जोड्दै प्रधानमन्त्री ओलीले एउटा फलामखानीबाट १० खर्ब रुपैयाँभन्दा बढी आम्दानी हुने भन्दै आगामी आर्थिक वर्षमा आर्थिक बृद्धिदर ६ दशमलव ५ पुर्‍याउने प्रधानमन्त्रीको घोषणा थियो ।

आफ्नो विकासको अभियानबाट बुद्धिजीबीहरु छट्पटाएको टिप्पणी गर्दै उनले आफू जनताबाट नभइ केही बुद्धिजीवीहरुबाट हैरान भएको गुनासो गरे ।

कार्यक्रममा यस वर्षको ह्रदयचन्द्र सिंह पत्रकारिता पुरस्कार पत्रकार शिव गाउँले र अग्निशिखा पत्रकारिता पुरस्कार मकवानपुरका पत्रकार देवराज रिमाललाई प्रदान गरिएको थियो ।

दुई दिनसम्म चल्ने महाधिवेशनले सो संगठनको नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

  • इमेज खबर बाट 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget