Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

पुलिसले किन मार्छ छापा ?





कुनै बेला प्रहरी कपाल पाल्ने र मुन्द्रा लाउने तन्नेरीको दोहोलो काढ्दै हिँड्यो। पार्क, पोखरी, मन्दिरतिर जोडी समाउँदै हिँड्यो। प्रहरीका यस्ता काम–कारबाहीलाई ...कस्मेटिक', ...सस्तो प्रचारबाजी' भनेर टिप्पणी र आलोचना पनि गरियो। अहिले पनि मुख्य पर्यटकीय क्षेत्र र रात्री जीवनमा चहलपहल हुने ठाउँमा हुने प्रहरीको छापालाई शंकाको दृष्टिले हेर्ने गरिन्छ।
त्यस्ता ठाउँका व्यवसायीहरू पनि प्रहरीप्रति सन्तुष्ट हुँदैनन्। बेला–बेला गेस्टहाउस र लजमा मारिने छापाले स्वेच्छाले त्यहाँ पुगेका जोडीहरूको޽व्यक्तिगत स्वतन्त्रता र गोपनीयतामा खलल पुर्यासएको यथार्थ एकातिर छ। नैतिकताको पाठ पढाउने काम प्रहरीको होइन भन्ने तर्क पनि गरिन्छ। गम्भीर अपराधका चाङ छोडेर चर्चा कमाउने काममा हात हालेको भनी प्रहरीको आलोचना गर्ने पनि छन्। अम्मर जिसी र अनिल यादवले प्रहरीले बेला–बेला मार्ने छापाका विभिन्न आयाम र पक्ष समेटेर यो सामग्री तयार पारेका छन्।

जहीँकहीँका प्रहरी कार्यालयमा इन्चार्ज बदलिँदा हल्लीखल्ली मच्चिएकै हुन्छ। अझ शहरी क्षेत्रमा त झन् आशा र संशयको केन्द्र उही इन्चार्ज बन्छ। जहाँ गुण्डागर्दी, जुवा, कालोबजारी, यौन व्यापार, चन्दा असुलीमा संलग्न यावत् धन्दावालहरू सलबलाइरहेका हुन्छन्।

प्रहरी सक्रियता यतिसम्म चुलिन्छ कि पुरानो 'सेटिङ'मा कामधन्दा चलाइरहेकाहरू आक्रोशले आगो हुन्छन्। समय घर्किंदै जान्छ। 'नमच्चिने पिङको सय झट्का' भनेजस्तो त्यस्ता हल्लीखल्ली सेलाउँदै जान्छन्। नयाँ अनुहार फेरि पुरानै सेटिङमा धेरथोर अभ्यस्त भइसक्छ। त्यस्ता आक्रोश र जुहारीहरू 'नाटकीय' लाग्दै जान्छन्। सेलाउँदै जाँदा केही समयमै अवस्था सामान्य भइहाल्छ।

सबैको तारो ठमेल

ठमेल विदेशी पर्यटकको पहिलो गन्तव्य हो। गाना–बजानाको तालमा झुम्दै रंगिन रात बिताउन चाहने तन्नेरीहरूको पनि ओइरो यहीँ हुन्छ। चासो र चर्चा धेरैको यतै हुन्छ। यहाँको प्रहरी वृत्तमा इन्चार्ज भएर सोमेन्द्रसिंह राठौर आउने खबरसँगै ठमेल झस्कियो। उनको प्रवेशसँगै होटल, बार, क्लब, मसाज, स्पा चारैतिर छ्यापछ्याप्ती छापा अर्थात् 'रेड' हान्न थालियो। कतिपय त 'आयो है, रावडी राठोर' भन्दै प्रहरीकै गतिविधिमाथि निगरानी राख्न व्यस्त रहे।

लैनचौर प्रहरी वृत्तमा प्रवेश गरेको तेस्रो दिनमै डीएसपी राठौरले शुक्रवारसँग भनेका थिए, 'यौनधन्दाको जालो तोड्नु छ। डेली रुटिन बनाएर चारैतिर रेड हानिरहेका छौँ। भेटे जतिलाई अनुसन्धानको दायरामा ल्याउँछौँ। गलतलाई मुद्दा चलाउँछौँ।' लगत्तै, उनलाई दैनिकजसो होटल तथा गेस्ट हाउसमा सर्च हान्न भ्याइ–नभ्याइ भयो। मसाजहरूमा यौनधन्दा भइरहेको सूचनाका आधारमा उनी त्यहाँ छिरे। सुरुमै आठवटा मसाज बन्द गराइदिए। मसाज व्यवसायीहरू आक्रोशित भए। 'हाम्रो गरिखाने भाँडोमाथि प्रहरीले लात हानेको हामी सहन्नौँ'सम्म भन्न भ्याए।

महिनादिन बित्यो। रेडले तातेको ठमेलको तापक्रम सेलाउँदै गयो। व्यवसायीहरू भन्न थालेका छन, 'गिभ एन्ड टेक त भइरहन्छ नि। तर, अहिले पहिलाको जस्तो चर्को छैन है।' उहिलेको आक्रोशित आवाजहरूबाट अहिले प्रशंसा फुर्न थालिसक्यो, 'राठौर जस्तो इन्चार्ज अरू हुनै सक्दैन।'

'प्रहरीले सामान्य चेकजाँच गर्दैमा दुःख मान्नुपर्दैन,' मसाज व्यवसायी संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ अहिले आफैँमाथि प्रश्न गर्छन्, 'हामी व्यवसायी पनि व्यवस्थित भएनौँ कि?' बरु उनी मिडियाप्रति आक्रोशित छन्। 'मिडियाले गलत लेखेर भ्रम पार्न खोज्यो,' उनी जोडसाथ भन्छन्, 'अनैतिक काम गरेर मसाज बन्द भएको खबर दिइयो। त्यसो नभएर राजस्व नतिरेका कारण बन्द भएका हुन्। बिस्तारै तिर्दै खुलिरहेका छन्।' अहिले कुनै पनि मसाजमा बाहिर भनिएजस्ता अनैतिक काम नभएको दाबी उनको छ। जब कि अहिलेसम्म प्रहरी भनिरहेकै छ, 'अनैतिक काम गराउने मसाजहरू बन्द गरायौँ। गराइरहेकै छौँ।'

ठमेलको रात्रिकालीन व्यवसायी संघका अध्यक्ष समिर गुरुङ डीएसपी राठौरको कार्यकुशलता जति प्रशंसा गरे पनि कम हुने बताउन पछि पर्दैनन्। एक व्यवसायी भन्छन्, ...हो, पहिला त हामी प्रहरीका धेरै आवश्यकता पूरा गरिदिन्थ्यौँ। प्रहरीका बिग्रेका गाडी बनाइदिन्थ्यौँ। खसी किनिदिन्थ्यौँ। त्यो सब विगत भइसक्यो।' अचेल प्रहरीलाई दिइने 'सामान्य रिचार्ज कार्ड' त भाइबन्धुको सम्बन्ध कायम राख्न मात्र हो भन्छन्, यहाँका व्यवसायीहरू। बरु अहिले उनीहरू प्रमुख जिल्ला अधिकारीको गतिविधिमाथि प्रश्न तेर्साउँछन्।

'प्रहरीको यत्रो साथ–सहयोग हुँदाहुँदै सीडीओका कारण वर्षौंदेखिको स्ट्रिट फेस्टिभल यसपटक रोकियो,' ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्षसमेत रहेका गुरुङ भन्छन्, 'प्रशासनको केटाकेटीपनले समस्या भइरहेको छ। हामीले राम्रो काम गरेको देख्न नचाहने विपक्षीहरूले पनि घेर्न खोजिरहेका छन्।'

आफूलाई पीडित बताउने यहाँका तल्लो तहका व्यवसायी पनि यतिबेला प्रहरीबारे बोल्न चाहँदैनन्। बोलिहाले भने पनि प्रहरीको प्रशंसामा केही शब्द खर्चिहाल्छन्। डान्स र क्लबको समय तन्काउन सकेकोमा खुशी छन् उनीहरू। डान्स ११ बाट साढे १२ तथा क्लब २ बाट साढे २ बजेसम्म तन्काउन सफल भइसकेको व्यवसायीहरू बताउँछन्। उता, दरबारमार्गमा प्रहरीले यस्ता व्यवसाय चल्न दिएको समय बेग्लै छ। प्रहरी र व्यवसायीबीच समय तन्काउन र खुम्च्याउन सकेजतिको बल लाउने प्रतिस्पर्धै चल्छ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलिया प्रहरीको साथ पाएर आफूहरू हौसिएको बताउँछन्। ठमेलमा २४ घण्टै खुल्ला राख्न पहल गरिरहेको बताउँदै भन्छन्, 'मेट्रोका एसएसपी सापको नेतृत्वमा ९ सदस्यीय अनुगमन समिति बनाएका छौँ। जसले आचारसंहिता बनाएर ठमेललाई २४ घण्टै खुल्ला रहन बाटो खोल्नेछ।'

अहिले प्रहरीको आवाजमा पनि मलिनता सुनिँदै छ। 'हामी यौनकर्मी वा गर्लफ्रेन्ड–ब्वाइफ्रेन्डलाई ताकेर रेड हान्दै छैनौँ,' डीएसपी राठौरले पछिल्लो भेटमा भने, 'मुख्य टार्गेट दलालहरू नै हुन्। होटलका कोठा चहारेर व्यवसायीलाई दुःख दिइरहन पनि चाहँदैनौँ। सिभिल ड्रेसमा सबैतिर छरिएर अनुसन्धान त गरिरहेकै छौँ। आवश्यक पर्दा कानुनसम्मत तवरले शंकास्पद ठाउँमा छापा हानिरहेकै हुन्छौँ। रात्रिकालीन अन्य व्यवसाय व्यवस्थित गर्न हाम्रो पनि साथ रहन्छ।' अहिले उनी रसियन, चाइनिजलगायत विदेशीहरूले चलाएका यौन अखडाहरूको सूचनाका आधारमा खोजीमा लागेको बताउँछन्।

ठमेलका व्यवसायीहरू प्रहरी अफिसर बदलिएपिच्छे नयाँ योजना आउने र पुरानो सेलाउने चक्करले हैरान हुने गरेको बताउँछन्। 'बल्लतल्ल प्रहरीलाई लाइनमा ल्याएर व्यवसायले लय पकड्न खोज्छ,' एक क्लब सञ्चालकको भनाइ छ, 'झ्याप्प चेन्ज भइदिन्छ। नयाँ आउँछ। फेरि सुरुबाटै कसरत गर्नुपर्छ। प्रहरी अफिसरकै वरिपरि घुमेर दिन बिताउनुपरेपछि व्यावसायिक सफलता कहिले पाउने?' ठमेललगायत पर्यटकीय गन्तव्यबारे स्पष्ट सरकारी नीति नहुँदा यहाँको व्यवसाय सानातिना परिवर्तनले पनि प्रभावित हुने गरेको ती व्यवसायीको भनाइ छ।

नयाँ बसपार्कमा सदाबहार रेड

ठमेलपछि प्रहरीले रेड हानिरहने सदाबहार क्षेत्र हो, नयाँ बसपार्क। नाच्दै, गाउँदै, रमाउँदै रात बिताउन चाहनेहरूको भीडभाड यता पनि हुन्छ। यौनकर्मीको लाम हुन्छ। यहाँका होटल, गेस्ट हाउस, फ्ल्याट, अपार्टमेन्टमा यौन व्यवसाय हुने गरेको तथ्य छर्लंगै छ। प्रहरीकै संरक्षणमा मध्यरातसम्म क्याबिन रेस्टुरेन्टहरू चलिरहेको गुनासो स्थानीयवासीको छ।

होटलहरूमा 'रेड' हान्ने काम यहाँ सदाबहार जस्तै हुन्छ। गोंगबु प्रहरी प्रभागले नियमित छापा मार्छ। प्रभागलाई नै पत्तो नदिएर महाराजगञ्ज वृत्तले बेग्लै पनि छापा मारिरहेकै हुन्छ। छापा मार्नुअघि नै सूचनाको साइरन बजिसक्छ– 'आज यति बजे आउँदै छ है!' यो सूचनाका लागि पनि होटल व्यवसायीले सामान्य लगानी गरेकै हुन्छन्। प्रहरीको पासोमा परिहाले आफू छुट्नलाई 'कपलहरू'ले पनि तिरनतारन त गर्नैपर्छ।

प्रहरीले अनुसन्धानका नाममा सार्वजनिक अपराध ऐनलाई आफूअनुकूल प्रयोग गर्दै गलत मनसायले आफूहरूलाई दुःख मात्र दिइरहेको होटल सञ्चालकहरूको आरोप छ। उनीहरूको गुनासो छ, 'त्यस्ता जोडीलाई कोठा नदिए कसलाई दिनु? खाली राख्नु?' प्रहरीले दुई कारणले आफूहरूलाई दुःख दिइरहेको नयाँ बसपार्क तथा गोंगबु क्षेत्रका होटल व्यवसायीहरूको भनाइ छ, 'एउटा चर्चा र अर्को पैसा। प्रहरीका लागि काम गरेको देखाउने सजिलो उपाय हामी होटलहरू नै हौँ।' शुक्रवारको सम्पर्कमा आएका यस क्षेत्रका होटल व्यवसायीमध्ये अधिकांशले प्रहरीलाई 'खुशी पार्न' नसके व्यवसाय सजिलै चलाउन नसकिने त्रास रहेको बताए।

ग्राहकहरूमा एउटा त्रास व्याप्त छ, 'होटल सञ्चालकले नै प्रहरी बोलाइदिन्छ कि!' 'खोरमा परे लाज हाम्रो हुने हो,' एक ग्राहकले पीडा सुनाए, 'प्रहरीलाई खुशी पार्ने भनेर होटलवाला नै सुराकी बन्छन्। यही डरले मलाई बसपार्कतिरका होटलमा जानै मन लाग्दैन।'

यस क्षेत्रका होटल सञ्चालक आफूहरूलाई भूकम्पपीडित बताउँछन्। 'भूकम्पले त्यत्रो लस भयो,' होटल सञ्चालक विश्वदर्पण मैनाली भन्छन्, 'बल्लतल्ल माथि उठ्न लागेका हामी खै के नियतले प्रहरीले दुःख दिएर हैरान पार्छ भन्या। प्रहरी त अचेल फन्डेबाज लाग्छ मलाई।'

उनका अनुसार कमाइको मुख्य स्रोत 'छुस्स–छुस्स' आइरहने जोडी नै हुन्। एक दिनको पूरा कोठाभाडा तिरेर केही मिनेटमै चुपचाप बाटो लाग्छन् उनीहरू।

गोंगबु प्रहरी प्रभागका इन्चार्ज रामनारायण माझी आफूहरूले दैनिक रूपमा ठाउँ–ठाउँका होटलहरूमा छापा मार्ने गरेको बताउँछन्। थप बोल्न नचाहने उनको हरेक प्रश्नमा एउटै रेडिमेड उत्तर हुन्छ, 'बोल्नै मिल्दैन।'

महाराजगञ्ज प्रहरी वृत्तका इन्चार्ज डीएसपी विश्वमणि पोखरेल श्रीमान्–श्रीमतीबाहेकको शारीरिक सम्बन्धलाई कानुनले वर्जित गरेको भन्दै त्यस्तालाई जहाँबाट जतिबेला पनि पक्रन सकिने बताउँछन्। 'हट स्पटहरूमा नियमित चेकजाँच भइरहन्छ,' उनी भन्छन्, 'ब्वइफ्रेन्ड–गर्लफ्रेन्ड भन्दैमा कानुनले छोड्नु भन्दैन। समाजलाई विकृत बनाउने यस्ता कामलाई सार्वजनिक अपराध, जीउ मास्ने–बेच्नेलगायत कानुनमा आधारित भएर कारबाहीको दायरामा ल्याउँछौँ।' उनका अनुसार यस वृत्तबाट यौनव्यवसायी, दलाल, जोडीलगायत १७ जनालाई मुद्दा चलिरहेको छ। उनी भूकम्पको संकटका बेला आफू इन्चार्ज भएकाले यौन अखडाविरुद्ध सोचेजति काम गर्न नपाएको बताउँछन्। सार्वजनिक चर्चाका लागि होटल चहारिरहेको हो भन्ने प्रश्नलाई उनी सीधै नकार्छन्। ढुक्कसँग व्यवसाय गर्न नपाएको होटल व्यवसायीको गुनासोमा उनको जवाफ छ, 'त्यसकै लागि खुलेका हुन् भने बन्द हुँदा पनि केही फरक पर्दैन। इमानदार व्यवसाय गर्नेले पनि कमाउन सक्छ भन्ने उनीहरूले बुझ्नुपर्छ।'

होटलको कोठामा भेटिएका जोडीलाई केरकार गर्ने प्रहरी शैली चाखलाग्दो छ। सुरुमा काउन्टरको रेकर्ड हेर्छन्। जुन रेकर्डमा धेरैजसो 'फेक' नामबाहेक केही हुँदैन। गएर कोठामा ढकढक गर्छन्। ढोका खुलेपछि केटा र केटीलाई बेग्लै राखेर 'क्रस चेक' गर्छन्। 'तिम्रो नजिकको छिमेकीको नाम के हो?' 'उसकी श्रीमतीको नाम के हो?' वा 'घरमा कति जना छन्?' 'कसले के गर्छ?' यस्तै–यस्तै। कुरो मिलाउनुपर्यो? वा चौकीसम्मै पुग्नुपर्योे। लगत्तै समाचार आउँछ, 'प्रहरीद्वारा होटलमा छापा, जोडीहरू रंगेहात पक्राउ।'

नयाँ बसपार्कमा केही दिनअघि मात्र छापा मारिएको एक होटलका म्यानेजरले भने, 'शंका लागेकालाई लग्छन्। कुरो मिलाउन सके बाटैबाट छुट्छन्। नसके चौकीमै पुग्छन्। हामीले चुपचाप प्रहरीलाई कोठासम्म जान दिनुपर्छ।' उनीलगायत हरेक होटलको सूचना काउन्टरमा हुन्छ, 'प्रहरी आएमा कुनै वार्ता नगरी तुरुन्त चेक गर्न दिनुपर्नेछ।' साना व्यवसायीलाई पक्राउ गरी ठूलालाई तर्साएपछि उनीहरूबाट च्यानलमार्फत अनधिकृत आर्थिक लाभ पनि लिने गरेको आरोप प्रहरीलाई लाग्ने गरेको छ।

जनसेवाको टार्गेटः चुरोट र छ्याङ

सुन्धारातिर होटलहरू भरिभराउ छन्। यहाँ पनि छापा हानिरहन्छ, महानगरीय प्रहरी वृत्त जनसेवाले। तर, पछिल्लो समय भूकम्पको संकटका कारण होटलहरूलाई मार परिरहेको भन्दै प्रहरीले छापा हान्न जोड गरेन। बरु उसको ध्यान तन्नेरीको चुरोट लतमा पर्योर। सार्वजनिक स्थलमा मात्र नभएर जनसेवाले होटल तथा रेस्टुरेन्टभित्रै पसेर चुरोट र छ्याङ खाएको भन्दै दैनिक रूपमा हूलका हूल तन्नेरी पुलिस चौकीमा जम्मा पार्न थाल्यो। एकै दिन ४२ जनासम्म प्रहरीमा पुगे। 'उनीहरूलाई काउन्सिलिङ दिएर अभिभावकको जिम्मा लगायौँ,' जनसेवा प्रमुख डीएसपी विनोद घिमिरेले भने, 'चुरोट पिउनेहरूबाट ५० हजार जरिवाना असुल भइसक्यो।' गम्भीर अपराधमा भन्दा चर्चा कमाउनतिर ध्यान दिएको हो? 'त्यसो हुन्थ्यो भने पत्रकारलाई खबर गरिन्थ्यो,' उनी भन्छन्, 'अपराध वा कुलतको सुरुवात नै चुरोट भएकाले सम्झाउने प्रयास हो। सार्वजनिक ठाउँमा चुरोट पिउन नपाउने कानुन कार्यान्वयन र रेस्टुरेन्टभित्र स्मोकिङ जोन छुट्टै हुनुपर्ने व्यवस्था पनि कार्यान्वयन गर्नुछ।' प्रहरीले होटलको रिसेप्सनमा सीसी क्यामेरा राख्न पनि लगाइरहेको छ।

काठमाडौँमा रणबहादुर चन्द महानगरीय प्रहरी परिसरको प्रमुख हुँदा कपाल पाल्ने र मुन्द्रा लाउने तन्नेरी खोज्दै हिँड्यो, प्रहरी। जसलाई प्रहरीको 'कस्मेटिक' कामका रूपमा टिप्पणी गरियो। यसविरुद्ध अदालतमा रिटसमेत पर्योो। काठमाडौँ प्रहरीले केही वर्षअघि गरेको पार्क, मन्दिर वा सार्वजनिक स्थलमा केटाकेटी सँगै देखे समाउनेसम्म गर्योि। कुनै बेला मोटरसाइकल, मोबाइल र मिनिस्कर्ट (थ्री एम) भन्दै तर्सायो। 'प्रहरीले चर्चामा आउन गरेका भनिएका यस्ता हर्कतलाई साँच्चीकै सामाजिक परिवर्तनका लागि हो भने त्यो प्रहरीले गर्न सक्छ,' सुरक्षा विषयमा अनुसन्धानरत अध्यापक प्रत्यूष हमाल भन्छन्, 'गम्भीर अपराधलाई आनाकानी गर्ने गरी त्यस्ता काममा लाग्नु गैरजिम्मेवारी हुन आउँछ।' सस्तो प्रचारको लोभमा वैयक्तिक स्वतन्त्रता नै हनन हुने गरी काम गर्न थाल्ने हो भने प्रहरीले समाजको विश्वास गुमाउँदै जाने उनको टिप्पणी छ।

'प्राइभेसी'को ख्याल नगर्ने प्रहरी

कानुनका जानकारहरू भन्छन्– कानुन कार्यान्वयन गराउने नाममा प्रहरीले मानिसको गोपनीयताको ख्यालै गर्दैन। चर्चा कमाउने नाममा कसैको व्यक्तिगत जीवनलाई प्रभावित गर्न खोज्नु झन् गम्भीर अपराध हुने उनीहरूको भनाइ छ।

होटल एसोसिएसन अफ नेपाल (हान) का कानुनी सल्लाहकार अधिवक्ता गान्धी पण्डित भन्छन्, 'वेश्यावृत्तिलाई काननुले वर्जित गर्छ। प्रहरीले त्यसको आशंकामा खानतलासी वा छापा हान्न पनि पाउँछ। तर, यति भन्दैमा चर्चाका लागि कसैको प्राइभेसी हनन गर्नु झन् गम्भीर अपराध हुन्छ।' स्वेच्छाले राखिने शारीरिक सम्बन्धहरू कानुनमा स्पष्ट उल्लेख नभएको जनाउँदै उनले सार्वजनिक शान्ति–सुरक्षामा असर नपार्ने गरी राखिएको सम्बन्धलाई अस्वस्थ ठान्न नहुने उनको भनाइ छ। 'व्यवसायीहरू गुनासो गर्नुहुन्छ, प्रहरीले सार्वजनिक कानुनका आडमा दुःख दियो,' उनी भन्छन्, 'प्रहरी होस् वा होटल। नियत गलत भए त दुवै खराब भयो। प्रहरीले निजत्वको ख्याल गर्नुपर्छ। व्यवसायीले गलत गरेर पैसा कमाउने सपना देख्नुभएन।'

हानका महासचिव विनायक शाहका अनुसार देशभरिबाट होटल सञ्चालकहरू गुनासो गर्छन्, प्रहरीले छापाका नाममा दुःख दियो। 'केटाकेटी आउँछन्। कोठा लिएर बस्छन्। प्रहरी छापा हान्न आउँछ। होटलको पनि लाज, जोडीको पनि लाज,' महासचिव शाह भन्छन्, 'परिचय खुल्ने कागज राखेर मात्र कोठा दिनुस् भन्छौँ। रेकर्ड राख्दा पनि उनीहरूको सम्बन्धका कारण प्रहरीले उठाएर लान्छ।' रेकर्ड राख्नेबाहेक ग्राहकको सम्बन्धमाथि अनुसन्धान गर्ने होटल व्यवसायीको जिम्मा नभएकाले यसमा व्यवसायीलाई दोष दिन नहुने उनको भनाइ छ। 'यद्यपि, केही होटल व्यवसायीले गलत गर्न खोजेका हुन् भने तिनलाई कारबाहीको दायरामा ल्याउन हामी पनि सघाउँछौँ,' उनले भने, 'प्रहरी अफिसर नयाँ आउनेबित्तिकै चर्चाका लागि होटललाई तारो बनाउने घटना भने जिल्ला–जिल्लामा भइरहेका गुनासा आइरहेका छन्।'

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई प्रहरीले गरिरहेको कामलाई गलत रूपमा मात्र बुझ्न नहुने बताउँछन्। 'सार्वजनिक प्रतिकूलताका बाबजुद नैतिकता कायम गर्न प्रहरीले गरेको प्रयासलाई अन्यथा सोच्नु हुँदैन,' उनी भन्छन्, 'तर, व्यावसायिक रूपमा वा कम उमेरमा वा हाडनाता बाहेकमा स्वेच्छाले राखिने सम्बन्ध व्यक्तिको अधिकार हो।' स्वेच्छाले राखिने सम्बन्धलाई स्पष्ट गर्ने कानुनी व्यवस्था आवश्यक रहेको उनी बताउँछन्।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शरद चन्द चर्चाका लागि मात्र प्रहरीले कुनै पनि काम नगर्ने दाबी गर्छन्। भन्छन्, 'तपाईंहरूले चर्चा गरिदिए पछि चर्चा हुने नै भयो। तर, चर्चा बटुल्न मात्र भनेर प्रहरीले केही गर्दैन। समाजमा शान्ति–सुरक्षाका लागि चयन हुने रणनीति विभिन्न खाले हुन सक्छन्।' संगठनभित्र कोही कसैले व्यक्तिगत स्वार्थका लागि त्यस्ता काम गरेको जानकारी दिए कारबाही गर्ने समेत उनले बताए।त्यस्ता ठाउँका व्यवसायीहरू पनि प्रहरीप्रति सन्तुष्ट हुँदैनन्। बेला–बेला गेस्टहाउस र लजमा मारिने छापाले स्वेच्छाले त्यहाँ पुगेका जोडीहरूको޽व्यक्तिगत स्वतन्त्रता र गोपनीयतामा खलल पुर्यासएको यथार्थ एकातिर छ। नैतिकताको पाठ पढाउने काम प्रहरीको होइन भन्ने तर्क पनि गरिन्छ। गम्भीर अपराधका चाङ छोडेर चर्चा कमाउने काममा हात हालेको भनी प्रहरीको आलोचना गर्ने पनि छन्। अम्मर जिसी र अनिल यादवले प्रहरीले बेला–बेला मार्ने छापाका विभिन्न आयाम र पक्ष समेटेर यो सामग्री तयार पारेका छन्।
जहीँकहीँका प्रहरी कार्यालयमा इन्चार्ज बदलिँदा हल्लीखल्ली मच्चिएकै हुन्छ। अझ शहरी क्षेत्रमा त झन् आशा र संशयको केन्द्र उही इन्चार्ज बन्छ। जहाँ गुण्डागर्दी, जुवा, कालोबजारी, यौन व्यापार, चन्दा असुलीमा संलग्न यावत् धन्दावालहरू सलबलाइरहेका हुन्छन्।

प्रहरी सक्रियता यतिसम्म चुलिन्छ कि पुरानो 'सेटिङ'मा कामधन्दा चलाइरहेकाहरू आक्रोशले आगो हुन्छन्। समय घर्किंदै जान्छ। 'नमच्चिने पिङको सय झट्का' भनेजस्तो त्यस्ता हल्लीखल्ली सेलाउँदै जान्छन्। नयाँ अनुहार फेरि पुरानै सेटिङमा धेरथोर अभ्यस्त भइसक्छ। त्यस्ता आक्रोश र जुहारीहरू 'नाटकीय' लाग्दै जान्छन्। सेलाउँदै जाँदा केही समयमै अवस्था सामान्य भइहाल्छ।

 - नागरिक न्यूजबाट
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget