Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

यी हुन् विश्वका १० महँगा मोबाइल सेटहरु




मोबाइल त्यो पनि महँगो मोबाइल । त्यस्ता मोबाइलहरु समान्य मानिसहरुका लागि होइनन् । केही सिमित संख्यामा बन्ने त्यस्ता मोबाइलहरुको चर्चा पनि उस्तै हुने गरेको हुन्छ । हामीले समान्यतया प्रयोग गर्ने मोबाइलमा धेरै नै परे १ लाख सम्मको प्रयोग गरौला ।



तर विश्वमा केही यस्ता मानिसहरु पनि छन् जो अनौठा र महँगा मोबाइल बोक्ने रुचाउँछन् । मोबाइल अहिले मानिसका लागि आधारभूत अवश्यकताको चिज भइसकेको छ। गोजीमा अटाउने मोबाइल फोनमा दिनदिनै नयाँनयाँ सुविधाहरु थपिइरहेका पनि छन् ।तर कुनै यस्ता खाले मोबाइल सेट पनि छन् जो केही धनाढ्य मानिसहरुको आग्रहमा निर्माण गरिएका पनि छन् ।

मोबाइल फोनको लोकप्रियता दिनदिनै बढिरहेको छ। हरेक मोबाइल निर्माता कम्पनीहरु धेरै सुविधायुक्त र सहुलियत दरको स्मार्टफोन उत्पादन गर्ने होडबाजीमा रहेका छन्। यही होडबाजीमा केही मानिसहरुको इच्छा परिपुर्ति गर्न सिमित संख्यामा मोबाइल पनि बनाउने गरेका छन् । वण्डरलिष्ट मिडियाले हालै टप १० महँगा मोबाइलको सुची जारी गरेको छ । यस्ता मोबाइल सेटमा सुन तथा हिरा जडित रहेका छन् । त्यस कारण पनि यि मोबाइल सेटहरु महँगा भएका हुन् । आउनुहोस् हेरौ विश्वका १० महँगा मोबाइल सेटहरु



१०. भर्टु सिंगनेचर डायमण्ड
मुल्यः ८८,००० अमेरिकी डलर
९. आइफोन प्रिन्सेस डायमण्ड
मुल्यः १७६४०० अमेरिकी डलर
८. ब्ल्याकडायमण्ड भिआइपिएन स्मार्टफोन
मुल्यः ३ लाख अमेरिकी डलर
७. भर्टु सिंगनेचर कोब्रा
६. ग्रेसो लक्जोर लस भेगस ज्याकपट
मुल्यः १ मिलियन




५. डायमण्ड क्रिप्टो स्मार्टफोन
मुल्यः १.३ मिलियन अमेरिकी डलर
४. गोल्डभिस ले मिलियन
मुल्यः १.३ मिलियन

३. आइफोन थ्रिजी किङ्स बटन
मुल्यः २.४ मिलियन

२. सुप्रिम गोल्डस्टाइकर आइफोन थ्रि जी ३२ जिबी
मुल्यः ३.२ मिलियन अमेरिकी डलर

१. डायमण्ड रोज आइफोन ४ जिबी ३२ जिबी
मुल्यः ८ मिलियन अमेरिकी डलर


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget