Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

७२ वर्षीया वृद्धा आमा बनिन्

हरियाणा , जेष्ठ १ गते । भारतीय एक वृद्धा ७२ वर्षको उमेरमा आमा बनेकी छन् । विवाह भएको ४६ वर्षपछि जलजिन्दर कौरले छोराको जन्म दिएकी हुन् ।

भारतको हरियाणा राज्यको एक क्लिनिकमा दुई वर्षसम्मको लगातार उपचार पछि ७२ वर्षको उमेरमा कौरले छोरालाई जन्म दिएकी हुन् । कौरले लामो प्रयास पछि इन्भेट्रो फर्टिलाइजर (आइभिएफ) प्रविधिमार्फत बच्चालाई जन्म दिएका हुन् ।

उनका श्रीमान् मोहिन्दरसिंह गील ७९ वर्षका छन् ।


उनले सन्तान प्राप्त हुने आशा मरिसकेको अवस्थामा सन्तान प्राप्ति भएपछि भगवानलाई धन्यवाद दिएकी छन् । कौरले भनिन्, ‘आखिर भगवन्ले हाम्रो पुकार सुन्नुभयो ।’

वृद्धा उमेरमा पहिलो सन्तान प्राप्ति भएपछि उनीहरुले सन्तानको हेरचाह गर्न उर्जा मिलेको बताएका छन् । ‘हामीले यस्तो उर्जा कहिल्यै महसुस गरेका थिएनौँ,’ उनीहरुले भने ।

उनको उमेर ७२ वर्ष भएको चिकित्सकहरुले राखेको रेकर्डमा उल्लेख छ । भगवान्को आर्शीवादबाट जन्मिएको भन्दै बच्चाको नाम ‘आरमान’ राखेका छन् ।

कौर विश्वकै सबैभन्दा वृद्ध आमा भएको बताइएको छ । कौरले मिडियालाई प्रतिक्रिया दिदै सन्तान प्राप्तिपछि खुशी व्यक्त गरेकी छन् । 
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget