हामीहरुले प्राय हरेक काम हतार–हतार गर्ने गर्छौ त्यसो गर्नुभन्दा प्रत्येक काम विस्तारै गर्नु राम्रो हुन्छ । विस्तारै ध्यान पुर्याएर गर्नु राम्रो हुन्छ । विस्तारै काम गर्ने वानीले हाम्रो मनले त्यो काममा पुरा ध्यान दिन सक्छ र दिन्छ । हाम्रो मनको ध्यान दिन सक्ने क्षमता बढ्छ र प्रज्ञा समेत वढ्छ । प्रज्ञा भनेको किताव पढेर जानिने ज्ञान होइन् यो त आफू भित्रबाट आएको ज्ञान हो ।
विहान उठे देखि राती ननिदाउँदा सम्म हामीहरुले जुन जुन कामहरु गर्छौ, क्रियाहरु गर्छौ ती सबै स्मृतिपूर्वक (सम्झिने गरी) गर्नुपर्छ । स्मृति पूर्वक गर्दा मानसिक स्वास्थ्यका लागि धेरै राम्रो हुन्छ । उदाहरणको लागि हामी विहान उठेर दाँत माझ्छौ, बस्छौं, उठछांै, उभिन्छौ, हिँड्छौ, खानेकुरा बनाउछौ, खाना खान्छौं, कुराकानी गर्छौं र वेला वेलामा आँखा खोल्ने चिम्म गर्ने गर्छौ आदि आदि । यी प्रत्येक कार्य गर्दा स्मृति पूर्वक गर्नुपर्छ । आफूले स्वास लिने छोड्ने लगायत प्रत्येक कार्य स्मृति पूर्वक गर्नुलाई नै स्मृति–ध्यान भनिन्छ ।
स्मृति–ध्यान शाक्यमुनि बुद्धले सिकाउनु भएको ध्यान हो । यो ध्यान आजकल माइन्डफुलनेस मेडिटेसन भन्ने नामले चर्चित छ । बुद्धका अनुसार शरीर रुप हो र मनलाई नाम भनिन्छ अर्थात नाम–रुपले मन र शरीरलाई जनाउँछ । हामीले प्रत्येक क्षण शरिरमा के के हुन्छ र मनमा के के भएको हुन्छ याद राख्नु पर्छ । अर्थात् हामीले क्षण क्षणमा शरिर र मनमा भएका अनुभवहरुलाई ध्यान पूर्वक हेर्नु पर्दछ र अनुभव गर्नु पर्दछ । यस्तो अनुभव गर्ने कार्यलाई ‘नोइङ थ्रो डाइरेक्ट अब्जरवेशन’ भनिन्छ ।
हाम्रो मनमा राम्रा विचारहरु आउँछन् जसलाई होलसम मेन्टल स्टेट भन्छौं । नराम्रा विचारहरु आउँछन् जसलाई अनहोलसम मेन्टल स्टेट भन्छौ । उदाहरणको लागि प्रेम, माया, ममता, दया, सहायता गरु भन्ने भावहरु आदि छन भने होलसम मेन्टल स्टेट भयो, रिस, लोभ, घृण, आदि मनोभाव छन भने अनहोलसम मेन्टल स्टेट भयो ।
भिक्षु विवेकानन्द भन्नु हुन्छ स्मृति ध्यान गर्दा मन सफा हँुदै जान्छ । मेन्टल प्युरिफिकेसन बढ्दै जान्छ र होलसम मेन्टल स्टेट पनि बढ्दै जान्छ । राम्रो मनोभाव र राम्रा विचारहरुको फल राम्रो हुन्छ भने नराम्रो मनोभाव र नराम्रो विचारहरुको फल नराम्रो हुन्छ । स्मृति ध्यान नियमित र राम्रो सँग ग¥यो भने विस्तारै ज्ञानको विकास हुन्छ भनेर पहिले पनि भनिसकिएको छ । प्रज्ञाको राम्रो विकास भएपछि रिस, राग, दुःख, सुख, आदी हुँदा मन विचलित हुने वा मनमा उतार चढाव आउने आदि हुदैन । स्मृति–ध्यान ध्यान केन्द्रमै केहि महिना वसेर सिक्यो र ध्यान गर्ने ग¥यो भने मन सफा हुन्छ प्रज्ञाको राम्रो विकास हुन्छ, मनमा हर्ष वा खुसी हुन्छ र मनमा आउने विचारहरु कम हुदै जान्छन साथै मन शक्तिसाली हुन्छ ।
यसले गर्दा आध्यात्मिक शक्ति बढ्छ, मनलाई कुनै कुराले विचलित गराउन सक्दैन कुनै कुराले असर पार्न सक्दैन जसलाई टेलफन माइन्ड भन्ने गरिन्छ । नन–स्टिकिङ प्यानमा खानेकुरा पकायो भने टासिन्न किनकी त्यहाँ टेलफनको कोटिङ हुन्छ त्यस्तै मनमा पनि कुनै कुराले असर पार्दैन, अनुभवहरु आउँछन्, जान्छन् ऐनामा जस्तै अनुभवहरु आउँछन्, देखिन्छन् तर ऐनालाई असर पार्दैनन । कुनै गम्भीर पिडा दिने खालको घटना आदि भएता पनि आफु पहिलेकै अवस्थामा छिट्टै आउन सक्ने वा फर्किन सक्ने क्षमता हुन्छ ।
स्मृति–ध्यानले डिप्रेसन रोगलाई निको पार्छ नियमित यस्तो ध्यानको प्राक्टीस गर्ने गरेमा डिप्रेसन फेरी फर्किनेलाई पनि निकै कम गर्छ ।
ध्यान केन्द्र मै वसेर लामो समय स्मृति–ध्यान ग¥यो भने आफु आकाशमा उडेको वा वादलमा हिडेको जस्तो अनुभव समेत हुन्छ ।
हाम्रो कुराकानी कै सिलसिलामा मैले कति विरामीहरु डर र चिन्ताका लक्षणहरु लिएर आएका हुन्छन् तीनीहरुलाई स्मृति ध्यानले फाइदा हुन्छ कि ? भनेर प्रश्न गर्दा वहाँ भन्नु हुन्छ, ‘फेस द फियर अर्थात् डर सित डराएर नभाग्नुस्, किन, कसरी, के कारण डर आयो भनेर ध्यान पूर्वक हेर्नुस, डरले शरिरमा के कस्ता लक्षणहरु ल्याएको छ ध्यान पूर्वक हेर्नुस् त्यस्तै मनमा अरु के के भाव ल्याएको छ हेर्नुस् र गर्नुस्, डर कम भएर जान्छ ।’
(नोट ः भिक्षु विवेकानन्दको पंडितारामा विपश्पना ध्यान केन्द्र लुम्विनिमा प्रवचन सुनेको आधारमा लेखिएको हो ) - डा कपिलदेव उपाध्याय मनोचिकित्सक , स्वास्थ्य खबर पत्रिकाबाट
Post a Comment