Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

भ्रष्टाचार सम्बन्धी मुद्दालार्इ छिटो सुनुवाइ गर्नू- कामु प्रधानन्यायाधीश

काठमाडौँ,जेष्ठ ६ गते । यममुकायम प्रधानन्यायाधीश सुशीला कार्कीले भ्रष्टाचारका मुद्दालाई सुनुवाइका लागि पहिलो प्राथमिकतामा राख्न सर्वोच्च अदालत प्रशासनलाई निर्देशन दिएकी छन् ।



निर्देशनसँगै सर्वोच्च प्रशासन भ्रष्टाचार मुद्दामा चाँडो सुनुवाइका लागि पेसी व्यवस्थापनमा जुटेको छ । भ्रष्टाचारका मुद्दा सुनुवाइमा विलम्ब भएको गुनासा आइरहेका बेला कार्कीबाट भ्रष्टाचार मुद्दाको फैसलामा ढिलाइ नगर्न यस्तो निर्देशन आएको हो ।



सर्वोच्च अदालतको मुद्दा महाशाखाका अनुसार हाल सर्वोच्चमा पाँच सय १२ थान मुद्दा निर्णयको पाइप लाइनमा छन् । कुल ६ सय ८२ थान मुद्दामध्ये २०७१ साउनयता एक सय ७० थान मुद्दामा मात्र फैसला भएको छ । ‘भ्रष्टाचारका मुद्दा सकेसम्म स्थगित नगर्नु भनेर निर्देशन भएको छ', सर्वोच्चको मुद्दा महाशाखा प्रमुख सहरजिस्ट्रार विपुल न्यौपानेले अन्नपूर्णसँग भने, ‘सुनुवाइका लागि पेसीमा राख्दा र तोक्दा प्राथमिकतामा राख्ने कुरा भएको छ ।'

न्यौपानेका अनुसार निर्देशनअनुसार भ्रष्टाचार मुद्दालाई सुनुवाइमा प्राथमिकता दिन एक महिनाको मात्र पेसी तारिख तोकिएको छ । ‘तर सर्वोच्चमा न्यायाधीश संख्या कम हुँदा व्यवस्थापनमा कठिनाइ भएको छ,' न्यौपानेले भने ।

हाल सर्वोच्चमा संविधानले तोकेका २१ मध्ये कामु प्रधानन्यायाधीश कार्कीसहित नौ न्यायाधीश मात्र छन् । भ्रष्टाचार प्रकरणमा एक दशक पुराना मुद्दा अझै थाती छन् । एक दशक पुरानो ३९ करोड भ्रष्टाचार दाबी गरिएको ‘लाउडा' प्रकरण र अर्को करिब एक अर्ब रुपैयाँ घोटाला दाबी गरिएको कृषि विकास बैंक भ्रष्टाचार विवादमा समेत निर्णय हुन बाँकी छ ।

लाउडा भ्रष्टाचार प्रकरणमा तत्कालीन पर्यटनमन्त्री तारिणीदत्त चटौत, वायुसेवा निगमका सञ्चालक सदस्य तीर्थलाल श्रेष्ठसहित सात प्रतिवादी मुछिएका छन् । कृषि विकास बैंकबाट ‘सहनी ग्रुप' का नाममा प्रवाह भएको कर्जा भ्रष्टाचार प्रकरणमा बैंक प्रमुख शेरबहादुर थापासहित सयभन्दा बढी प्रतिवादी मुछिएका छन् ।

यस्तै २८ करोड ४० लाख भ्रष्टाचार दाबी गरिएको ‘डार्फर' प्रकरणमा पनि फैसला हुन बाँकी छ । यूएन मिसनमा सुडानको डार्फरमा खटिएका प्रहरीलाई आवश्यक पर्ने बन्दोबस्तीका सामग्रीमा भएको भनिएको उक्त भ्रष्टाचार प्रकरणमा पूर्वप्रहरी महानिरीक्षक हेमबहादुर गुरुङ, ओमविक्रम राणा, रमेशचन्द ठकुरी र ठेकेदार शम्भु भारती मुछिएका छन् । यस्तै पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्ध दायर तीन करोड ९३ लाख रुपैयाँ बराबर अकुत सम्पत्तिसम्बन्धी मुद्दा पनि थाती छ ।

तत्कालीन प्रहरी महानिरीक्षक प्रदीपशमशेर राणा, विमानस्थल भन्सार प्रमुख सावित्री राजभण्डारी, पूर्वसभासद् डीबी कार्की, तत्कालीन सहसचिव जनार्दन शर्मा, निरञ्जन चालिसे, केदार चालिसेलगायतका मुद्दा पनि सर्वोच्चमा विचाराधीन छन् । यी मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रतिवादीका तर्फबाट सर्वोच्चमा दोहोरो पुनरावेदन परेको छ ।

  • अन्नपुर्ण पोस्ट बाट 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget