Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

जेठ १६ बाट खानी खोलाको साधारण शेयर





काठमाडौं , जेष्ठ ९ गते । खानी खोला हाईड्रोपावर कम्पनी लिमिटेडले जेठ १६ गतेबाट ४६ लाख ५७ हजार साधारण शेयर निष्काशन गर्ने भएको छ । छिटोमा जेठ १९ गतेदेखि ढिलोमा जेठ ३० गतेसम्म खुल्ने यो आयोजनाको शेयरमा न्युनत्तम १० कित्ता र अधिकत्तम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ । यस साधारण शेयरको प्रति कित्ता रू.१ सय रहेको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । शेयर खरीदका लागी कम्पनीको धुम्रबाराही पार्टी प्यालेस, कमलादी स्थित सिभिल क्यापिटल मार्केट, पोखरा, बुटवल, विर्तामोड, नेपालगञ्ज, हेटौंडा, इटहरी, धनगढी स्थित सिभिल बैङ्कका शाखा कार्यालयहरु र हरिवन स्थित बागमती डेभलपमेण्ट बैङ्कबाट आवेदन दिन सकिन्छ ।

शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी रू.४६ करोड ५७ लाख पुग्ने छ । यो आयोजना अन्तरगत ठोस्ने खोलाबाट ४ दशमलव ३६ मेगावाट र यसैको कास्केड आयोजना अन्तरगत ललितपुर भट्टेडाँडाबाट २ मेगावाट विद्युत् उत्पादन गरिने भएको हो । यी दुवै आयोजनाको स्वामित्व पशुपति इनर्जी डेभलपमेण्ट कम्पनीमा रहने उल्लेख छ ।

यी दुवै आयोजनाबाट उत्पादित विद्युत एकमुष्ठ रुपमा नेपाल विद्युत प्राधिकरणले खरीद गर्ने गरी कम्पनी र प्राधिकरणबीच विद्युत खरीद बिक्री सम्झौता सम्पन्न भइसकेको छ । वर्षायामको लागि प्रति युनिट ४ रुपैयाँ ८० पैसा र सुख्खा यामको लागि ८ रुपैयाँ ४ पैसाको दरमा प्रधिकरणसँग विद्युत बिक्री सम्झौता भइसकेको छ । सम्झौता अनुसार पाँच वर्षको लागि ३ प्रतिशतको दरमा शुल्क बढ्ने छ ।
कम्पनीको आईपीओले इक्रा नेपालबाट ग्रेड फोर प्लस रेटिङ पाएको छ । कम्पनीको समग्र अवस्थाको आधारमा प्राथमिक शेयरको मुल्याङ्कन गरिएको हो । इक्राले प्रदान गरेको यो रेटिङले आधारभूत पक्ष औषतभन्दा कमजोर रहेको देखिन्छ । - आर्थिक अभियानबाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget