Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

कन्टेनरमा भेटियो पाँच अर्ब ७० करोड

तमिलनाडु जेष्ठ २  गते । भारतको तमिलनाडु राज्यमा तीनवटा कन्टेनरमा ५ अर्ब ७० करोड भारतीय रुपैयाँ भेटिएको छ । १६ मेमा हुन लागेको विधानसभा चुनाव अगाडि प्रहरी अर्बौं रकम तीनवटा कन्टेनरमा फेला पारेको हो । 


तमिलनाडुको तिरुपुर जिल्लामा शनिवार निर्वाचन आयोगको टीमले तीन कन्टेनरमा करिब पाँच अर्ब ७० करोड रुपैयाँ नगद बरामद गरेको हो ।

समाचार अनुसार यो रकम विधानसभा चुनावका क्रममा प्रयोग गर्ने तयारी भएको थियो । तर निर्वाचन आयोगका तर्फबाट यसबारेमा अहिलेसम्म आधिकारिक धारणा बाहिर ल्याइएको छैन ।

जानकारी अनुसार शनिवार तडके निर्वाचन आयोगको विशेष टीमले तिरुपुर जिल्लास्थित चेङ्गापल्लीमा चेकजाँच गरिरहेको थियो ।

यस क्रममा ती तीनवटा कन्टेनर त्यहीँबाट जाँदैथिए । अधिकारीहरुले ती कन्टेनरलाई त्यहाँ रोकिन आदेश दिए ।

कन्टेनरका चालकहरुले रोकिनुको साटो तीब्र गतिमा भाग्ने कोशिस गरे । अधिकारी र प्रहरीको टीमले उनीहरुलाई पिछा गरेर निकै पर पुगेपछि पक्रन सफल भए ।

कन्टेनरका चालकहरुलाई निर्वचान आयोगका अधिकारीले नियन्त्रणमा लिएर सोधपुछ गरेका छन् । चालकहरुले यो रकम आन्ध्रप्रदेशबाट आफूहरुले ल्याएको बताएका थिए । उनीहरुले यो रकम एक बैंकको भएको जवाफ दिएका थिए ।

तर निर्वाचन अधिकारीहरुले यो रकमबारे कागजपत्र माग्दा चालकहरुले कुनै कागजात पेश गर्न सकेनन् । त्यसपछि तीनै कन्टेनरलाई नियन्त्रणमा लिइयो ।
समाचार अनुसार तमिलनाडुमा निर्वाचन आयोगले अहिलेसम्म एक सय करोड भारतीय रुपैयाँ जफत गरिसककेको छ ।

तमिलनाडुमा १६ मे मा विधानसभा चुनाव हुँदैछ । सन् २०११ मा एआईएडीएमकेकी जयललिता २३४ सिटमा १५० सिट जित्दै सत्तामा आएकी थिइन् ।

उनी अघिल्लो साल धेरै चर्चामा रहिन् । यहाँसम्म कि उनले कुर्सीमात्रै छाड्नुपरेन जेलको बास पनि बस्नुपर्यो ।

उनी जेलबाट छुटेर फेरि त्यहाँकी मूख्यमन्त्री बनिन् । यो पटक उनको भिडन्त करुणानिधिको पार्टी डीएमकेसँग भइरहेको छ। डीएमकेले अघिल्लो विधानसभा चुनावमा २३ सिटमै सीमित हुनुपरेको थियो ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget