काठमाडौँ,जेष्ठ ६ गते । अन्तराष्ट्रिय बौद्ध सम्मेलन बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । भगवान बुद्धको जन्मस्थल र उनले प्रतिपादन गरेका दर्शनको जानकारी दिने उद्देश्यले आयोजना गरिएको सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgqfLzfMX2gKLVyltfGqn87sGcv0hg6jjajxScNk78CwN9J-KLO8wrruFWFoIRMc4By-aAoCw0jYA68v8UbqJ_M5hHQo2nTYaLx_yByGc-utxd1PdHVIjS9m1teu8QTBTXNg4UXg8SR-ot-/s640/lumbini_Budha_Birthpalce_831984169.jpg)
सम्मेलनमा विभिन्न राष्ट्रका प्रतिनिधि सहभागी भएका छन् ।
सम्मेलनमा सहभागी विभिन्न राष्ट्रका सहभागीहरुले शुभकामना मन्तव्य राख्नेक्रम जारी छ ।
बहीबार र शुक्रबार काठमाडौंमा बौद्ध सम्मेलन तथा गोष्ठी हुने र शनिबार लुम्बिनीमा विश्व शान्ति पुरस्कारसहितको बुद्धजयन्ती कार्यक्रममा सहभागी हुन सरकराले अन्तर्राष्ट्रिय बौद्ध धर्म र यससँग सम्बन्धित निकायलाई आमन्त्रण गरेको छ ।
काठमाडौंमा बसेका पाहुनामध्ये अधिकांशलाई लुम्बिनी लैजाने गरी सरकारले तयारी छ ।
लुम्बिनी भगवान् बुद्धको जन्मस्थान र बौद्ध दर्शनको उद्गम भूमि भन्ने मूल सन्देश प्रवाह गर्ने गरी सम्मेलन आयोजना भएको हो । सम्मेलनमा औपचारिक रूपमा आउने सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय टोलीमा चिनियाँ छन् । चिनियाँ बुद्धिस्ट एसोसिएसनका उपाध्यक्ष भेनेरेवल मास्टर यिन सन्को नेतृत्वमा २६ सदस्यीय टोली काठमाडौं आएको छ ।
Post a Comment