Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

आन्दोलन शान्तिपूर्ण हुन्छ : गठबन्धन

,काठमाडौँ जेष्ठ १ गते  मधेसकेन्द्रित दलसहितको संघीय गठबन्धनले जेठ १ र २ गते गर्ने आन्दोलनका सम्पूर्ण कार्यक्रम शान्तिपूर्ण हुने जनाएको छ। आन्दोलनमा दमन गरिए उत्पन्न हुने अवस्थाको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनीसमेत उसले दिएको छ।

न्याय, समानता र संघीयताको पक्षमा रहेका सम्पूर्ण जनसमुदायलाई संयुक्त राष्ट्रिय आन्दोलनमा सहभागी हुन उसले आह्वान गरेको छ। संघीय गठबन्धनले शनिबार शान्तिबाटिका रत्नपार्कमा दिउँसो ३ बजे भेला भएर विद्युत प्राधिकरण–भ›काली–सहिदगेट–न्युरोड–जुद्ध शालिक–इन्›चोक–असन–बांगेमुडा–थँहितिमा जनप्रदर्शन गर्ने र थँबहिल चोकमा सभा गर्ने जनाएको छ।

शुक्रबार काठमाडौंस्थित संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालयमा संघीय गठबन्धनले पत्रकार सम्मेलन गरी काठमाडौंकेन्द्रित आन्दोलनका कार्यक्रम र नारासमेत सार्वजनिक गरेको छ। जेठ २ गते हुने सिंहदरबार घेराउ कार्यक्रममा संघीय गठबन्धनका कार्यकर्ता र पहिचान पक्षधरले सिंहदरबारको चारवटा नाकामा धर्ना दिने कार्यक्रम पनि रहेको जानकारी संघीय जनमुक्ति नेपालका सहअध्यक्ष परशुराम तमाङले बताए।

तामाङका अनुसार सिंहदरबारको दक्षिणतिर रहेको माइतीघर मण्डला, पश्चिमतिर रहेको भद्रकाली, उत्तरतिर रहेको पुतलीसडक चोक र पूर्वतिर रहेको पूर्वगेट हनुमानस्थानमा सम्पूर्ण परिवर्तनकारी मिलेर ८ बजेदेखि ५ बजेसम्म धर्ना दिने कार्यक्रम छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget