Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

वैद्य माओवादीले असार ५ गते राष्ट्रिय भेला गर्ने


काठमाडौँ, जेष्ठ ९ गते । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी)ले आगामी असार ५ गते आइतबार राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णय गरेको छ ।

पार्टीको गत बुधबारदेखि शुक्रबारसम्म बसेको केन्द्रयि समितिको बैठकले सो निर्णय गरेको हो । पार्टी अध्यक्ष वैद्यले भने,‘पार्टीको असार ५ गते आइतबार हुन गइरहेको राट्रिय भेला क्रान्तिकारीहरुका लागि कोशे ढुंगा हुनेछ ।’

पार्टी महासचिब रामबहादुर थापा ‘बादल’ लगायतका विभिन्न गुटहरुसंँग ‘पार्टी एकता’का नाममा गरिएको आत्मसमर्पण कार्यले कम्युनिष्ट आन्दोलनमा क्षती पुगेपनि त्यस्तो कार्य विरुद्ध पार्टीलाई कम्युनिस्ट धारमा लग्न राष्ट्रिय भेला अत्यन्त महत्वपूर्ण हुने दाबी वैद्यले गरेका छन् ।

बैठकले पार्टीमा आएको फुटको मूल कारण दक्षिणपंथी नवशंसोधनवादपरस्त पुच्छरवादी प्रवृत्ति र नवशंशोधनवादी लगायत देशी विदेशी प्रतिक्रियावादीको षड्यन्त्र समेत रहेको निर्णय बैठकले गरेको छ ।

वैद्यको अध्यक्षतामा बसेको बैठकले पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपा(माओवादी केन्द्र) लाई दक्षिणपंथी नवशंशोधनवादी भएको ठहर गरेको छ र सो पार्टीसंगको एकताका लागि आधार तयार पार्ने प्रस्ताव नै खारेज गर्ने निर्णय गर्यो ।

अध्यक्ष वैद्यले भने पार्टीले तत्काल संघर्ष र जनपरिचालनबारे केही कार्यक्रम गर्ने भएको बताए । उनका अनुसार राष्ट्रिय स्वाधिनता, जनताको जनतन्त्र तथा जनजीवीकाका समस्या र प्रतिक्रियावादी संसदीय व्यवस्थाको विरोध तथा भण्डाफोर गर्ने, कालाबजारीया, भ्रष्टाचार आदिको बिरोध गर्ने रहेको छ ।

मधेसी, थारु आदिवासी जनजाति आन्दोलनका जायज मागको समर्थन गर्ने र तिनमा सहभागी हुने र स्वतन्त्र रुपमा कार्यक्रम दिने निर्णय समेत बैठकले गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget