Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

चिहान खनेर अनुसन्धान सुरु

पथरीशनिश्चरे ,११ जेष्ठ  । मोरङको केरौनस्थित चिसाङ खोलाबाट प्रहरीले शव गाडेको १० दिनपछि चिहान खनेको छ। आइतबार जिल्ला प्रहरी कार्यालय मोरङको निर्देशनमा इलाका प्रहरी कार्यालय पथरीले केरौन ४ घर भएका वर्ष २९ को अमृत लिम्बूलाई गाडिएको चिहान उत्खनन गरेको हो। इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतको टोलीले खोलाको डिलमा गाडेको शवलाई निकाली पोष्टमार्टमको लागि धरान पठाएको छ।

लास सामान्य कुहिन थालेको थियो। लासलाई घरदेखि लगभग ३ किलोमिटर पश्चिम चिसाङ खोलामा लिम्बू परम्परा अनुसार गाडिएको थियो। लासको टाँउकोको अगाडि र पछाडिको भागमा गहिरो चोट लागेको भेटिएको प्रहरीले बताएको छ। मृतककी आमा देविमायाले आफ्नो छोराको हत्या भएको भन्दै किटानी जाहेरीसहित प्रहरीमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको हो।
उनले छोराको हत्यामा संलग्न भएको कारबाहीको माग समेत गरेकी थिइन्। उनले केरौन १ का सइकुमार तामाङ सहित ५ जनाको नाममा किटानी जाहेरी दर्ता गराएकी थिइन्। उनको किटानी जाहेरीको आधारमा प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजि गरेको थियो।
घटनामा संलग्न भनिएका तीन जना प्रहरीका आत्मसमर्पण गरेका छन्। केरौन १ का ३३ बर्षीय सईकुमार तामाङ, २६ बर्षीय हस्त गुरूङ र बाहुनी ९ राधानाघर भएको २८ बर्षीय राकेश गुरुङ प्रहरी सामु आफैं उपस्थित भएका हुन्। अरू दुई जनाको खोजी भइरहेको प्रहरीले बताएको छ। पक्राउ परेकाहरूबाट अनुसन्धान थालिएको र कर्तव्य ज्यान अनुसार मुद्दा चलाइने बस्नेतले बताए।
आमा देविमायाले प्रहरीमा दिएको बयान अनुसार वैशाख ३१ गते राति ८ बजेतिर कानेपोखरी-रंगेली सडक खण्डमा ३ वटा मोटरसाइकलमा आएका सइकुमार तामाङ नेतृत्वको समूहले अमृतलाई कुटपिट गरी गम्भीर घाइते बनाएको स्थानीयले बताएपछि थाहा भएको थियो।
‘त्यो दिन राति कति बेला आएर घरमा सुत्यो थाहा भएन बिहान ११ बजेसम्म नउठ्दा गएर ओछ्यानमा हेर्दा मृत्यु भइसकेको रहेछ,’ बयानमा भनेकी छन्, ‘गाउँका केही मान्छेले प्रहरीलाई खबर गरी पोष्टमार्टम गर्नुपर्छ पनि भनेका थिए, केहीले धेरै खर्च लाग्छ प्रहरीलाई नभन्नु आफ्नो रितिरिवाज अनुसार सदगद गरौ भनेपछि यस्तो गरेका हौ।’
स्थानीयको अनुसार मृतक लिम्बूलाई जेठ १ गते साँझ चिसाङ खोलामा लगेर गाडिएको हो। केही छिमेकीहरू मलामी गए पनि गाउँका अधिकांश मान्छे मलामी नगएको उनीहरूले बताएका छन्।
घटना घटेको ९ दिनसम्म पनि घटनास्थलबाट करिब ४ किलो मिटरमा दूरीमा रहेको स्थाई प्रहरी चौकी बयरवन र ६ किलोमिटर दूरीमा रहेको इलाका प्रहरी कार्यालय पथरी बेखबर थियो।
गाउँका राजनीतिक दलका नेता तथा बुद्धिजिवि समेत यो विषयमा मौन थिए। राजनीतिक दलका एक स्थानीय नेताका अनुसार आफूले ढिलै भए पनि जिल्ला प्रहरी कार्यालयमा खबर गरे पछि अनुसन्धान सुरू भएको दाबी गरे।
मृतकका आमा, दिदी र भेना घरमा बस्दै आएको छन्। उनकी श्रीमती बैदेशीक रोजगारका क्रममा विदेश गएकी छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget