Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

ह्वीलचेयरमा राखेर घुमाउँदैछन् मोदी

भारत, जेष्ठ ३ गते ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ह्वीलचेयरमा एक बृद्ध महिलालाई बगैंचामा घुमाएको दृष्यसहितको तस्वीरले सामाजिक संजालमा निकै चर्चा पाएको छ । 



मोदीले ह्वीलचेयरमा राखेर कसलाई डुलाएका होलान् ? कौतुहलता जाग्नु स्वाभाविक हो ।

मोदीले आफ्नी आमालाई ह्वीलचेयरमा राखेर सरकारी आवास घुमाएका हुन् । उनले आफ्नो सरकारी आवासको बगैंचामा आमालाई ह्वीलचेयरमा राखेर डुलाउँदै विभिन्न फुलका बारेमा जानकारी दिइरहेको दृष्य तस्वीरमा देखिन्छ ।गुजरातमा अर्को छोरासँग बस्दै आएकी हिराबा पहिलो पटक मोदीको सरकारी निवासमा आएकी हुन् । एउटा छोरा प्रधानमन्त्री भए पनि उनी गुजरातमै अर्को छोरासँग बस्दै आएकी छन् । बेलाबखत मोदी आमालाई भेट्न गुजरात नै जाने गर्दथे । तर केही दिनअघि भने उनी प्रधानमन्त्रीको सरकारी निवासमै आएर छोरासँग केही समय बिताएकी हुन् ।

मोदीले सामाजिक संजालमा आमासँगको केही तस्वीर सार्वजनिक गरेका छन् । ‘लामो समयपछि आमासँग राम्रो समय बिताउन पाइयो, उहाँ पहिलो पटक ७ आरसीआर (भारतका प्रधानमन्त्री बस्ने सरकारी निवास) आउनु भएको थियो ।’ (एजेन्सी)



Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget