Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

अन्नपूर्ण हिमालमा अलपत्र परेका मध्ये १० जनाको उद्धार

        

                अन्यको उद्धारका लागि प्रयास जारी

काठमाडौं , जेष्ठ १ गते । अन्नपूर्ण पदयात्राका क्रममा अलपत्र परेका १८ मध्ये १० को उद्धार गरिएको छ  । थप उद्धारका लागि हेलिकप्टर परिचालित छन् ।
दुई विदेशी सहित १८ जना पर्यटक अलपत्र परेका सूचना शुक्रबार सार्वजनिक भएको थियो ।
मौसममा आएको सुधारसागै फसेका मध्ये १० जनाको पहिलो चरणमा उद्धार गरिएको हो । उद्धार गरिएका पर्यटकहरुलाई फु गााउमा राखिएको ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)का  रेस्क्यू कोअर्डिनेटर देवी पाण्डेले अनलाइखबरलाइ जानकारी दिए ।
पाण्डेका अनुसार  सरिबुङ बेसक्याम्पमा हेलिकप्टर अवतरण गरेर उनीहरुको उद्धार गरिएको हो । दोस्रो चरणमा बााकी पर्यटकहरुको उद्धार गरिने छ । उद्धारका लागि दुईवटा हेलिकप्टर खटिएका छन् ।
पाण्डेले उद्धार गरिएकाहरुको स्वास्थ्य अवस्था नाजुक रहेको भन्दै प्रारम्भिक उपचार पछि काठमाडौं ल्याइने जानकारी दिए ।
दुई जर्मन पर्यटक सहित १८ जनाको टोली मुस्ताङबाट सारिबुङ साउथ ५०९२ मिटरमा पुगेपछि हावाहुरी लागेसागै फसेका थिए । हावाहुरीसहित आएको हिमपातका कारण सबै सामान हराएको थियो ।
जर्मन पर्यटक ४४ वषर्ीय टोविस ग्रोनेन र ४८ वर्षीय गुडरुन इन्ग्रिडका साथमा रहेका नेपाली गाइड, क्लाइम्बिङ शेर्पा, बेसक्याम्प शेर्पा पोर्टरसहितका  १६ नेपाली फसेका थिए । - अनलाइन खबरबाट 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget