Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

पर्पल कोलाहल

कान्स, जेष्ठ ११ गते ।कान्स फिल्म फेस्टिभलमा बलिउडको उपस्थिति ऐश्वर्या रायले नै सुरुवात गराएकी थिइन् । विश्व सुन्दरीसमेत भइसकेकी ऐशको कान्समा हुने रेड कार्पेट क्याटवाकमा निकै चर्चा हुँदै आएको थियो । खासगरी उनको फेसन र सुन्दरताको संयोजनलाई लिएर मिडियाले तारिफ गरेर थाक्दैनथे । तर यसपालि त्यस्तो भएन ।



रेड कार्पेटमा पर्पल लिपिस्टिक लगाएर पुगेकी ऐश यसपटक भने विवादित बनिन् । कतिपयले पर्पल लिपिस्टिक लगाउनुलाई ऐशको बहादुरी भन्दै बचाउ गर्नमा लागे भने अधिकांशले उनको फेसन सेन्सप्रति औंला उठ्याए । सम्भवत ऐशमाथि फेसनबारे उठेको विवाद यसपटकको सर्वाधिक चर्को मानिएको छ । सामाजिक सन्जालमा ऐशको पर्पल लिपिस्टिकलाई लिएर व्यंग्य गर्नेदेखि आलोचना गर्नेको संख्या बढ्दो छ ।

शुक्रबार मात्रै आफ्नो फिल्म ‘सरबजित’ को प्रमोसनमा उपस्थित भएकी ऐशले पर्पल लिपिस्टिक काण्डबारेमा मुख खोलेकी छन् । उनले भनिन्, ‘म जुन कम्पनीको ब्रान्ड एम्बेसडर छु, त्यसैले नै मेरो ड्रेसदेखि लिएर मेकअपसम्म तय गर्छ । यसमा मेरो कुनै राय वा धारणा हुँदैन ।’ ऐशले यसो भन्दै पर्पल लिपिस्टिक लगाउने आफ्नो योजना नरहेको पनि जिकिर गरिन् । ऐशले लगातार १५ वर्षदेखि कान्सको रेड कार्पेटमा आफ्नो सौन्दर्य प्रदर्शन गर्दै आएकी छन् । यसपटकको कमेन्ट्सबारेमा ऐशले खुलेर आफ्नो धारणा पनि पोखिन् ।

‘मैले पहिल्यै मेकअप आर्टिस्ट शार्लोटलाई लिपिस्टिक लगाउनुअघि हाँसोमा भनेकी थिएँ, ‘कतै म पिकासोजस्ती त देखिन्नँ नि ? तिमीलाई ठीक लागिरहेको छ नि ?’
ऐशले भने आफूलाई पनि पर्पल लिपिस्टिक मन परेको जिकिर गर्दै थपिन्, ‘शार्लोट एकदमै दक्ष मेकअप आर्टिस्ट हुन् । उनले पहिले पनि मलाई सुन्दर बनाउँदै आएका थिए ।’
कान्सको पहिलो दिन पनि शार्लोटकै डिजाइनमा सुनौलो पोसाकमा देखिएकी ऐशले नीलो आइस्याडो लगाएकी थिइन्, जसको धेरै प्रशंसा पनि भएको थियो ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget