Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

स्थानीय चुनावको अाैचित्य छैन : पौडेल

नवलपरासी , जेष्ठ ११ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले अहिले घोषणा गरेका स्थानीय निर्वाचनको कुनै औचित्य नभएको बताएका छन् । उनले देश सङ्घीयतातर्फ उन्मुख भएको बेला पुरानै गाविस वा नगरपालिका नभई सङ्घीयताका आधारमा गाउँपालिका, नगरपालिकाअनुसारको निर्वाचन आवश्यक रहेको जिकिर गरे ।


रिपोर्टर्स क्लब नवलपरासीले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले सरकारले जनतामुखी काम गर्न नसकेको बताए । उनले संविधान निर्माणमा अगुवा बनेको कांग्रेस अब संविधान कार्यान्वयनको काममा पनि अगुवा बन्ने बताए ।


सरकार र मधेसवादी दलबीच आन्दोलनको समन्वय गरेर आफ्नो पार्टीले देशलाई निकास दिने पनि उनलेब ताए । 'आन्दोलनरत पक्ष र सरकारबीच वार्ताको समन्वय गरेर अब कांग्रेसले देशलाई निकास दिन्छ,' पाैडेलले भने ।


  • कान्तिपुर समाचार बाट 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget