Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

भुटानी शरणार्थीद्वारा राष्ट्रसंघ महासचिवलाई पत्र

काठमाडौँ,जेष्ठ ६ गते । भुटानी नेताहरूले तेस्रो मुलुक पुनःस्थापनापछि बाँकी रहेका शरणार्थीहरूलाई घर फिर्ताका लागि पहल गरिदिन राष्ट्रसंघका महासचिव बान कि मुनलाई पत्राचार गरेका छन् । शरणार्थी समस्या समाधानमा राष्ट्रसंघको चासो आवश्यक रहेको उनीहरूले उल्लेख गरेका छन् । विश्व शान्ति र मानवअधिकारको वकालत भइरहेको अवस्थामा शरणार्थी मामिला कता गयो भन्दै उनीहरूले यस्तो पहल अघि बढाएका हुन् । 



भुटानबाट खेदिएर भारत हुँदै पूर्वी नेपालमा बस्दै आएकामध्ये अधिकांश भुटानी घर र्फकन नपाएपछि पुनर्वासमा गएका छन् । यसमा मित्र मुलुकहरूले देखाएको सद्भाव महत्त्वपूर्ण रहेको भए पनि स्थायी रूपमा विदेशमा नरहने र अन्तिम लक्ष्य आफ्नै घर र्फकने उनीहरूको धारणा छ ।
नेताहरूले अहिले भुटानी शरणार्थीमाथि भइरहेका क्रियाकलाप अन्तर्राष्ट्रिय कानुनविपरीत रहेको उल्लेख गरेका छन् । सन् १९९२ देखि घर र्फकन व्यग्र रहेका भुटानीहरूलाई भुटान सरकारले बेवास्ता गर्दा समस्या भएको र त्यसको वातावरण बनाइदिन उनीहरूले राष्ट्रसंघलाई पुनः आग्रह गरेका हुन् । भुटानी फिर्ता समितिका अध्यक्ष डा. भम्पा राई, बेलडाँगी शिविरका सचिव सन्चहाङ सुब्बा, शनिश्चरे शिविरका सचिव चम्पासिंह राईले हस्ताक्षर गर्दै उक्त पत्र महासचिवलाई पठाएका हुन् ।
उनीहरूले उक्त पत्र प्रधानमन्त्री केपी ओली र अमेरिकी राजदूत एलैना वी तेप्लिजलाई पनि पठाएका छन् । उनीहरूले अहिले क्याम्पमा पनि सहयोग आवश्यक रहेको बताएका छन् । त्यहाँ सहयोग कटौती हुँदा समस्या रहेको विषयमा पनि उनीहरूले ध्यानाकर्षण गराएका छन् । पत्रमा आफूहरू बिनासर्त घर र्फकन पाउनुपर्नेमा समेत जोड दिइएको छ । 'महासचिव बान बौद्ध सम्मेलनमा आउने जानकारी प्ााएदेखि नै यसरी पत्राचार गर्न खोजिएको थियो । मंगलबार हामीले पत्राचार गरेका हौं,' भम्पा राईले कान्तिपुरसँग भने, 'म आफूलाई भुटानमा राम्रै थियो । साथीभाइलाई साथ दिन नेपाल आएँ, तर सबैले छोडेर गएका छन् ।'
अब शिविरमा बाँकी रहेका र विदेशमा गएकालाई पनि भुटान फर्काउन पहल गर्नुपर्ने उनले बताए । १४/१५ हजार शरणार्थी मात्र बाँकी रहेका र परिवार तितरवितर भएको अवस्थालाई समेत ध्यान दिन उनले आग्रह गरेका छन् ।

  • कान्तिपुर समाचार बाट 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget