Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

ब्राजिलको राष्ट्रपतिमा मिशेल टेमेयर

ब्रासिलिया, जेष्ठ १ गते । ब्रासिलिया: ब्राजिलका अन्तरिम राष्ट्रपतिमा मिशेल टेमेयर नियुक्त भएका छन। 



निवर्तमान राष्ट्रपति डिल्मा रुसेफविरुद्ध दर्ता गराइएको महाअभियोग प्रस्तावमाथि गत बुधबार भएको २० घण्टासम्मको छलफलपछि सो प्रस्ताव पारित भएको थियो र उनलाई निलम्बन गरिएको थियो।

उहाँलाई निलम्बन गरिएपछि उपराष्ट्रपति टेमेयरलाई राष्ट्रपतिको पदभार सुम्पिएको छ।

करिब एक महिना अघि रुसेफमाथि संसदको तल्लो सदन- 'च्याम्बर अफ डेप्युटिज' का दुई तिहाई भन्दा बढी सांसद अर्थात ३४२ जनाले महाअभियोग लगाउनुपर्ने पक्षमा मतदान गरेका थिए।

यस मतदानको परिमाणले राष्ट्रपतिमाथि लागेको महाअभियोग प्रमाणित गर्न र पदबाट निष्कासन गर्ने बाटो खुलेको थियो।

संसदले राष्ट्रपतिमाथि महाअभियोग लागेको औपचारिक घोषणा गर्न महाअभियोग प्रक्रिया अघि बढाउदै उहाँलाई निलम्बन गरिएको छ ।

ब्राजिलमा राष्ट्रपति महाअभियोग प्रमाणित हुन संसदको दुई तिहाई मत आवश्यक हुन्छ। सो मतको परिणामस्वरुप वर्तमान राष्ट्रपति रुसेफ निष्कासित भएकी हुन्।

सत्तारुढ वर्तमान गठबन्धन सरकारबाट पहिल्यै छोडिसक्नु भएका उपराष्ट्रपति मिशेल टेमयरलाई राष्ट्रपतिको पदभार सुम्पिइएको हो।

उपराष्ट्रपति टेमर ब्राजिलको डेमोक्र्याटिक मुभमेन्ट पार्टीका अध्यक्षसमेत हुन्। निवर्तमान राष्ट्रपति रुसेफको दल वर्कर्स पार्टी (पिटी) का कट्टर समर्थकहरूले राष्ट्रपति रुसेफ स्वयमले यसलाई 'सैन्य कू' सरहको संज्ञा दिएका छन्।

यता नयाँ राष्ट्रपति मिशेल टमेयरले देशबासीलाई सम्बोधन गर्दै एक ढिक्का भएर आफूलाई समर्थन गर्न अग्रह गरेका छन्।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget