Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

2016


विराटनगर ३२ साउन । विराटनगर—१२ स्थित घोघापैनी चौकमा अर्को  सुविधा समपन्न मेड लाईफ केयर नामक अस्पताल सोमवारदेखी  संचालनमा आएको छ ।  स्वास्थ्यको क्षेत्रमा निक्कै अव्वल देखिदै गएको विराटनगरले फेरी अर्को सुविधा समपन्न  अस्पताल पाएको हो । यो अस्पताल सहित विराटनगर नगरक्षेत्रमा दुई दर्जन अस्पताल संचालनमा आईसकेका छन । अस्पतालका संचालक राजेश्वर कोइरालाले दिनप्रतिदिन बढदै गएको विरामीको चापलाई मनन गरेर   सुविधा समपन्न अस्पताल संचालनमा ल्याईएको बताए । यही साउन ३१ गतेदेखी अस्पतालको   शुभारम्भ गरिएको हो  । निर्माणको अन्तिम चरणमा पुगेको मेड लाईफ केयर अस्पतालले ओपिडि सेवा भने  सुरु गरिसकेको छ र अन्य काम यसै साता भित्रमा पुरा हुने जनाएको छ  ।
विरामीहरुलाई सर्वसुलभ मूल्यमै सवै सुविधा एउटै अस्पतालको छानामुनीबाट  पुर्याउन सकियोस भन्ने ध्येय् राखेका छौ संचालक कोइरालाका अनुसार यो अस्पतालमा सवै प्रकारका अप्रेसन , स्त्रीरोग , वाल रोग , नाँक कान र घाँटी , हाडजोर्नी र सामान्य विरामीहरुको उपचार हुने छ । यस्तै अस्पताल भित्रै अत्याधुनिक ल्याव , एक्सरे र फार्मेसी पनि उपलब्ध गराईएको छ । विराटनगरका यूवा उधमीहरुको संयुक्त प्रयासमा सुरु गरिएको अस्पतालले निकट भविश्यमै अन्य सुविधाहरु थप गर्दै लाने जनाएको छ । अस्पतालको वरिष्ठ फिजिसियन डा लक्ष्मीनारायण यादव , हाडजोर्नीमा डा नविन सुवेदी , स्त्रीरोगमा डा शान्ता सुवेदी र डा प्रियंका मिश्र , यौन तथा छाला रोगमा डा असित घिमिरे र वाल रोगमा डा अशु पौडेल घिमिरे कार्यरत रहेका छन ।





विराटनगर ३२ साउन । नेपाल चिकित्सक संघ प्रजातन्त्रबादीहरुको चुनावी प्रचार प्रसारको टोली   पूर्वाञ्चलको भ्रमणमा निस्किएको छ ।
मंगलवारदेखी संघका प्रत्यासी उम्मेदवारहरुले  पूर्वका जिल्लामा पुगि प्रचार प्रसारलाई तिव्र पारेको छ ।  चिकित्सकहरुको साझा संगठन नेपाल चिकित्सक संघको तीन बर्षे कार्यकालको लागी यही भदौ १७ गतेदेखी हुन गईरहेको निर्वाचनलाई ध्यानमा राख्दै प्रजातन्त्रबादी समूहको टोली विराटनगर आईपुगेको हो ।  विराटनगरको न्युरो , कोशी , विराट , लाईफ गार्ड , सप्तकोशी , मोरङ सहकारी , नोवेल लगायतका अस्पतालका चिकित्सकहरुसँग भेटेर मत मागेको छ ।  यसैगरि सुनसरीको धरान , झापाको विर्तामोड , भद्रपुर र सप्तरी अस्पतालमा पुगेर प्रचार प्रसारलाई तिव्र पारेको छ ।  नेपाल चिकित्सक संघ महासचिवका प्रत्यासी उम्मेदवार डा लोचन कार्कीले काठमाण्डौ उपत्यका बाहिर यही भदौ १७ र १८ तथा उपत्यका भित्र २१ देखी २५ गते सम्म निर्वाचन हुने बताए । देशभरिका करिव ५ हजार ३ सय चिकित्सकहरु निर्वाचनमा सहभागि हुँदैछन । साँझा संगठन भएकाले विभिन्न विचारधार बोकेका चिकित्सकहरुले मतदान गर्न पाउने छन । संघको एक केन्द्रीय कार्यालय र १५ शाखाहरु रहेका छन ।
नेपाल चिकित्सक संघका वर्तमान अध्यक्ष डा अञ्जनि कुमार झाको नेतृत्वमा प्रजातन्त्रवादीहरुको समूह देशव्यापी दौडाहा निस्किएको हो  । अध्यक्ष डा झाले वर्तमान कार्य समितिले सुरु गरेको अधुरो  कामहरुको निरन्तरताका लागी पनि प्रजातन्बादीहरुको समूहलाई विजयी गराउन आवश्यक देखिएको बताए । डा झाले भने , यसैले पनि म साथीहरुको समूहमा छु र प्रचार प्रसारमा छौडिएको छु । चिकित्सक संघमा १ अध्यक्ष सहित १३ जनाको कार्य समिति रहेने व्यवस्था छ । अध्यक्ष पदका प्रत्यासी डा मुक्तीराम श्रेष्ठले पेशागत सुरक्षा र स्वास्थ्य क्षेत्रमा देखिने समस्याको समाधानको लागी आफ्नो उम्मेदवारी रहेको बताए । उनी कार्य समितिको सदस्य , सह सचिव , कोषाध्यक्ष हुँदै हाल महासचिव  छन । हाल उनी वीपी स्मृति अस्पतालमा कार्यरत छन । यस्तै महासचिवका प्रत्यासी उम्मेदवार डा लोचन कार्कीले संघको अधुरो भवन निर्माण गर्न तथा अत्याधुनिक पुस्तकालको निर्माणका लागी पनि आफ्नो उम्मेदवारी रहेको बताए । विराटनगर निवासी डा कार्कीले आफु महासचिवमा निर्वाचित भएपछि चिकित्सकहरु माथी हुने गरेको सवैखाले भेदभाव , उपेक्षा , शोषणको अन्तयका लागी लडने प्रतिवद्धता व्यक्त गरे । हाल कार्की संघको सह सचिव तथा  नोवेल अस्पताल , विर अस्पताल काठमाण्डौमा कार्यरत छन ।
प्रजातन्त्रबादीहरुले निर्वाचनका लागी आफ्नो प्यानेलकै घोषणा गरेको छ । प्यानेलका १३ जनै पदाधिकारीहरु चुनावी दौडाहामा सँग सँगै निस्किएका हुन । प्यानेलको अध्यक्षमा डा मुक्तीराम श्रेष्ठ , वरिष्ठ उपाध्यक्षमा डा ढुण्डिराज पौडेल , उपाध्यक्षमा डा मुकुन्द दाहाल , महासचिवमा डा लोचन कार्की , कोषाध्यक्षमा श्रीमती रष्मिप्रसाद यादव , सहसचिवमा डा अभिमन्यू झा र डा प्रकाश बुढाथोकी , सदस्यहरुमा डा अनिल बिक्रम कार्की ,डा बद्री रिजाल , डा बिश्वराज दवाडी , डा कृष्णप्रसाद पौडेल , डा शैलेश प्रधान र डा सञ्जिव तिवारी छन । उनीहरुले आफ्नो समूहवाट घोषणा पत्र समेत जारी गरेका छन  । घोषणा पत्र अनुसार सम्पन्न हुने क्रममा रहेको संघको नयाँ भवनलाई आधुनिक बनाई पेशागत ऐक्यवद्धतालाई कायम गर्ने , आधुनिक पुस्तकालको निर्माण गर्ने , नेपालको संविधान २०७२ को भावना र मर्म अनुसार जनहितको प्रत्याभूीत् गर्दै चिकित्सक मैत्री स्वास्थ्य ऐन नीति निर्माणमा बिशेष पहल गर्ने , मतदाता चिकित्सकहरुका लागी निर्वाचन प्रक्रृयालाई सहजिकरण गर्ने , प्रादेशिक संरचनाअनुसार नेपाल चिकित्सक संघको शाखाहरुलाई पूर्न संरचना गर्ने , नेपाल सरकार र चिकित्सक संघ विच भएका सहमतिका वुँदाहरुको कार्यान्वयन गराउने , स्वास्थ्य सेवा सम्वन्धि आचारसहिता निर्माण गराई लागू गर्न पहल गर्ने ,मेडिकल काउन्सिलको गरिमालाई राख्न र यसको विश्वासनियता र प्रभावकारीता विकास गर्न विशेष पहल गर्ने र पेशागत जिम्मेवारी वहन गर्ने क्रममा संघका सदस्यहरुलाई आई पर्ने सुरक्षा , कानूनी लगायतका समस्याहरुको समाधानका लागी संघमा छुट्टै संयन्त्रको विकास गर्ने लगायतका छन ।




विराटनगर ३२ साउन ।   विराटनगर उपमहानगरपालिकाका क्रृयाशिल आठ वटा राजनीतिक दलका  नगर सभापतिहरुले घर जग्गा करको दस्तुर वृद्धि दलहरुको सहमतिमै गरिएको भन्ने  विराटनगर उपमहानगरपालिका कार्यालयको आरोपको खण्डन गरेका छन । विराटनगरमा मंगलवार पत्रकार सम्मेलन गरेर  नगर सभापतिहरुले  कर वृद्धिमा आफुहरुले सहमति नगरेको र त्यस्तो निर्णयमा हस्ताक्षर  समेत नगरेको स्पस्ट पारेका हुन ।
 कर वृद्धिको राजनीतिक दलहरुबाटै व्यापक विरोधका आवाज सुनिन थालेपछि   विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीले दलहरुकै सहमतिमा कर वृद्धि गरेको यही साउन २६ गते पत्रकार सम्मेलन गरेर  जानकारी गराएका थिए । दलहरुले कर वृद्धिको व्यापक विरोध गदै अनशन र विरोध कार्यक्रम गर्ने धम्की दिएसँगै कार्यकारी अधिकृत रेग्मीले पत्रकार सम्मेलन मार्फत दलका प्रतिनिधिहरुलाई दोष थुपारेर आफु चोखिने प्रयास गरेका हुन ।  
नेपाली काग्रेसका नगर सभापति भिम पराजुलीले कार्यकारी अधिकृत रेग्मीलाई दलको नेता जस्तै नभई कर्मचारी मात्र भएर बस्न सुझाव दिए  ।  सभापति पराजुलीले चेतावनी दिदै भने कार्यकारी अधिकृत ज्यू  दलहरुलाई वदनाम गराउने खेलमा लाग्दै हुनुहुन्छ यो खेल तपाईका लागी घातक सिद्ध भएर जाने छ ।
नेपाली काग्रेसका सभापति भिम पराजुली  , नेकपा एमालेका नगर ईन्चार्ज सागर थापा , माओवादी केन्द्रका नगर संयोजक नमिता न्यौपाने  , राप्रपा नेपालका अध्यक्ष माधव आचार्य  , फोरमका मन्तलाल यादव  , फोरम लोकतान्त्रिकका नगर अध्यक्ष पंकज वर्मा  , तमालोपाका अध्यक्ष विनोद गुप्ता  र सदभावना पार्टीका नगर अध्यक्ष मो नसरुलले संयुक्त रुपमा पत्रकार सम्मेलन गरि कहि कतै कुनै पनि कर वृद्धि समवन्धि निर्णयमा हस्ताक्षर नगरेको जानकारी गराएका हुन । विस २०७२ साल पौष २७ गते को निर्णयमा दलहरुको सहमति छ भन्ने उपमहानगरपालिकाका कार्यकारी अधिकृत रेग्मीको  आरोप कपोकल्पित , दुष्प्रचार र दलहरुलाई मानमर्दन गर्ने गरि वदनियतपूर्ण रुपमा गरिएको आठ दलको ठहर छ ।  निर्णयको वुदा न ४ मा कर वृद्धि नभनि नगरपालिकाको आय स्रोत बढाउन करको दर भन्दा करको दायर बढाउने निर्णय गरियो भन्ने बाक्यांशmाई कर सँग जोडेर नगरपालिकाले दलहरुको सहमति भनि उल्लेख गरेको उनीहरुको आरोप छ । एमाले  नगर  सभापति सागर थापाले भने कर वृद्धि र करको दायर बढाउने बिषय फरक फरक भएको उल्लेख गर्दै यस्ता गम्भिर बिषयलाई तोडमोड गरि अपव्याख्या गर्ने र  दलहरुलाई लान्छना लगाउने तथा भ्रम सृजना गरि सफेद झुटको खेती गरि दलहरुको टाउकोमा थुपार्ने कार्यको  भत्र्सन गरेका छन  । आफ्नो निर्णयलाई राजनीतिक दलका प्रतिनिधिहरुके सहमतिमा गरिएको भनेर नगरबासीहरुमा भ्रम फैल्याउने कार्य प्रति हामी सवैको गम्भिर ध्यानआर्कषण भएको छ उनले बताए ।  पत्रकार सम्मलेन पछि जारी गरिएको संयुक्त प्रेस बिज्ञप्तिमा नगरपालिकाले कर वृद्धिको निणय फिर्ता नगरेसम्म आन्दोलनका कार्यक्रम जारी रहेन उल्लेख छ । कर वृद्धिको विरोधमा सम्पूर्ण राजनीतिक दल , टोल संगठनहरु , नागरिक समाज लगायत विभिन्न संघ संस्था  आम नगरबासीहरुलाई समेत साथ सहयोग दिन अपिल गरेको छ । न्यूनतम सुविधा समेत उपलब्ध गराउन नसकिरहेको उपमहानगरपालिकाले जनताको ढाँड सेक्ने गरि  घरजग्गा कर बढाएपछि यो अव्यवहारिक निर्णय अव्यवहारिक र अवैज्ञानिक रहेको समेत दलहरुको ठमयाई छ । दश धुर जग्गामा एक तल्ले  पिलर हालेको १ हजार स्किवार फिट घरको बढीमा ४  सय रुपैया सम्म कर तिरेका नगरबासीले यही साउन देखी अव २ हजार सम्म कर तिर्नुपर्ने बाध्यता छ  । घरको मूल्याङकन गर्दा सुरुको  अंक ६३५ ले गणना गरि० दशमलव ५ प्रतिसतले गुणा गरिन्थयो । अहिले सुरुकै अंक बढाएर १५ सय पुर्याएको छ र १५ सयलाई १ प्रतिसतले गुणा गरेर दस्तुर लिने गरेको वित्तिय व्यवस्थापन शाखाले जनाएको छ । ठूला करदाताको हकमा भने १ दशमलव ५ प्रतिसतलाई घटाएर ० दशमलव ४ प्रतिसतमा झारेको छ । 


विराटनगर । एसियाली विकास वैकको सहयोगमा निर्माण भएको पुष्पलाल चौकदेखी भटा चौकसम्मको सडक भत्किएको छ । निर्माण पुरा भएको केही महिना वित्न नपाउदै सडक भत्किएको हो । निर्माण सामाग्री कमसल प्रयोग गरेकै कारण सडक भत्किएको छ । एशियाली विकास वैकको  २ अरव ४२ करोड अनुदान सहयोगमा विराटनगरमा एकीकृत शहरी वातावरणीय सुधार परियोजना अन्तरगत कालीका कन्ट्रक्सनले उक्त सडक निर्माण गरेको हो । सडक भत्किदै गएपछि स्थानीयबासीहरु आक्रोसित बन्दै विरोधमा उत्रिएका छन । सडकको निर्माण कार्यलाई सूचारु गर्न नदिने उनीहरुले जनाएका छन ।


 नगरको छुट्टै पहिचान बोक्ने भनिएको उक्त सडक खण्डको तीन किलो मिटर सडकमा तामझाँम सहित वृक्षारोपण समेत गरिएको थियो । हजारौ स्थानीयबासी सडक गुणस्तरीय भएकैले हरियाली बनाउने अभियानमा सहभागि थिए । तर केही दिनदेखी परेको अविरल बर्षाले सडकको विच खण्ड ठाउँ ठाउँमा फुटेर काम नलाग्ने अवस्थामा पुगेको छ । उप महानगरपालिकाले राम्रोसंग सुपरिवेक्षण नगरेको भन्दै स्थानियले गलत कामको आलोचना समेत गरेका छन् । सडका विषयमा नेपाली कांग्रेस विराटनगरका नगर सभापती  भीम पराजुली खुलेरै विरोधमा उत्रिएका छन् । सडककै विषयमा  संयुक्त टोल संगठनका अध्यक्ष राजेश मास्के ,समाजसेवी राजन भट्टराई,शिखर पोखरेल,नगर सभापति भीमपराजुली र स्थानियहरुले स्थलगत अनुगमन गरेका छन् ।  उपमहानगरपालिका क्षेत्रको ढल र पानी निकासका लागि शुरु गरिएको एकीकृत शहरी वातावरणीय सुधार परियोजना अन्तर्गत पुष्पलाल चोकदेखि पानीटंकीसम्मको ३ किलोमिटर बाटो, नगरक्षेत्रका मुख्य सडक क्षेत्रमा नाला तथा ढल निर्माण, जतुवा र रानीमा ढलको पानी प्रशोधन गर्न प्रशोधन केन्द्र निर्माण लगायतका कामहरु भइरहेका छन् ।



नगरका विभिन्न भागमा वनेका होमपाइपहरु भासिएका छन् भने कतिपय स्थानमा सडकहरु भत्किन थालेका छन् । एशियाली विकास बैंकको ऋण सहयोगमा नेपाल सरकार र विराटनगर उपमहानगरपालिकाको आन्तरिक स्रोत समेत गरी परियोजना अन्तर्गत ६५ किलोमिटर सडक सुधार, ६२ किलोमिटरमा ढल निर्माण र ३२ किलोमिटर नाला निर्माण गरिदैछ । जतिपनि नाला र ढल निर्माण भैरहेको छ प्राय कमसल रहेको अनुमान गरिन थालिएको छ । निर्माण कार्यको ठेक्का लिएको कालिका कन्ट्रक्सन प्रालिले कतिपय स्थानमा गरेका कामहरु कमसल र कमजोर भएको स्थानियहरुले आरोप लगाएका छन् । शहरी विकास महाशाखा प्रमुख   भरत न्यौपाने भने काम कमसल नभएको दावी गरे । र्कही प्राविधिक त्रुटी भएकाकारण सडक भत्किन पुगेको न्यौपानेले बताए  । चारमहिना अघिमात्र २५ एम।एमको पिच गरिएको पुष्पलालचोक –भट्टाचोक झण्डै चारकिलोमिटर सडकका दर्जनौ स्थानमा प्वाल परेको ,भासिएको पाइएको छ । 

काठमाडौं, १६ असार । बागबजार प्लाजास्थित ‘द तस्बिर स्टुडियो’, जहाँ ‘द सुपर मोडल नेपाल–२०१६’ का पार्टिसिपेन्टहरुको फोटोसुट गरिएको छ । तस्बिर स्टुडियो इभेन्ट तथा इन्डोर फोटोसुटका लागि चर्चित छ । त्यसैले पनि राजधानीमा जति पनि इभेन्ट हुन्छ, त्यसको ८० प्रतिशत फोटोसुट यही हुन्छ । विभिन्न नाममा हुने सौन्दर्य प्रतियोगिताको फोटोसुट तस्बिर स्टुडियोमै हुनमा यहाँका फोटोग्राफर तथा सञ्चालक शिवलाल श्रेष्ठको पनि ठूलो हात छ । शिवलाल ग्लामरस फोटोग्राफीमा ‘बादशाह’ मानिन्छन् ।
photo
सौन्दर्य प्रतियोगिताहरुको बढ्दो संख्यासँगै दिनदिनै व्यस्त भइरहेका शिवलाल विहान १० बजेदेखि बेलुकी ८ बजेसम्म राम्ररी आरामसमेत गर्न पाउँदैनन् । उनको हरेक दिनको व्यस्तता यसैगरी क्यामेराको लेन्ससँगै मोडलहरुसँग हुन्छ ।
‘सुपर मोडल’ का लागि यो फोटोसुट एउटा मुख्य अंग हो । त्यसैले पनि पार्टिसिपेन्टले नयाँ–नयाँ ग्ल्यामरस पोज दिने प्रयास गरेका थिए । यो इभेन्ट प्यासिपिक मेनेजमेन्ट इभेन्टले पहिलोपटक आयोजना गर्न लागेको हो । ‘द सुपर मोडल नेपाल–२०१६’ मा १६ देखि २४ वर्ष उमेरका ५८ युवती कडा स्पर्धा गर्दैछन् ।
ppp
सुपर मोडल बन्नका लागि यी प्रतियोगीलाई धेरै निखार्नु पर्ने हुन्छ । त्यसका लागि उनीहरुलाई कोरियोग्राफर रोजिन शाक्यले क्याटवाक, पर्सनालिटीलगायत विभिन्न आत्मविकासबारे प्रशिक्षण दिँदै आएका छन् ।
आयोजक संस्थाका अध्यक्ष फुपु तेञ्जिङ शेर्पाका अनुसार ‘द सुपर मोडल नेपाल’ यो अन्य सौन्दर्य प्रतियोगिताभन्दा भिन्न छ । आवेदन फारमसमेत गरी एक प्रतियोगीबाट १५ सय रुपैयाँमात्र लिइएको छ, जसले गर्दा पनि ‘द सुपर मोडल नेपाल’ मा यतिका संख्यामा पार्टिसिपेन्ट भए ।

सुपर मोडल बन्ने दौडमा यतिखेर सरु बराइली, पुजा बराल, जेनिशा सबेदी, रेश्मा भण्डारी, रोनीश्री पञ्चकोटी, सिम्रन सापकोटा, रिया बानियाँ, रक्षा पन्त, साहारा सिलवाल, अलिशा पौडेल, अमिशा देवकोटा, हेमा हमाल, समि महर्जन, इच्छा कार्की, रुप्श्री श्रेष्ठ, रानी बस्नेत, सेरिजा रावल, अदिदा तामाङ, शिला खड्का, अञ्जली श्रेष्ठ, सविना गुरुङ र प्रशंसा गुभाजु छन् ।
यस्तै, स्वस्ति बैद्य, कृति किरण पाण्डे, क्यारोलिन चन्द, काजोल महर्जन, ऋचा सिटौला, स्नेहा श्रेष्ठ, रेश्मा तिखत्री, सवित्ता खड्का, अलिशा चौधरी, सुरुचि श्रेष्ठ, उषा श्रेष्ठ, प्रियंका अधिकारी, अञ्जना लामा, येस्ना थापा, निशा थापा मगर, स्वर्णिमा श्रेष्ठ, अस्मिता श्रेष्ठ, आयुष्मा शाही र पोरुशा थापा मगर ठकुरी पनि यसै दौडमा छन् । सिर्जना महत, कृषा गुरुङ, मेघा तामाङ, सिमा स्याङ्तान, आकृति सुबेदी, पिंकी गुरुङ, अर्चना डिसी, सुमिना न्यौपाने, रस्मि श्रेष्ठ, दीपा श्रेष्ठ, मुस्कान प्रसाईँ, चाँदनी श्रेष्ठ, सगुन कार्की र अरेशा श्रेष्ठ पनि सुपर मोडल बन्ने अभिलाषासहित भिड्र्दैछन् ।
५८ जनामध्ये को होला त ‘सुपर मोडल’ ? यो त अन्तिम फाइनलमै थाहा हुनेछ । प्रतियोगिताको अन्तिम फाइनल साउन १ गते राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुँदैछ । जुनदिन यीमध्ये एकजना ‘द सुपर मोडल नेपाल’ घोषित हुनेछिन् ।


काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्ष २०७३÷७४ देखि लागू हुनेगरी घरजग्गा करमा केही छुट गरेको छ । सेवाग्राहीमा पर्न गएको समस्यालाई ध्यानमा राख्दै कर असुलीमा केही छुट गरेको काठमाडौँ महानगरपालिका राजस्व महाशाखा प्रमुख धुव्र काफ्ले जानकारी दिनुभयो । यसअघि करदाताले मूल सडकभित्र रहेका तीन आनासम्म जग्गाका लागि तीन हजार र त्यसभन्दा माथिको लागि प्रतिआना  एक हजार ५०० तिर्नुपर्ने व्यवस्था रहेको थियो ।

मूल सडकको हिसाबमा प्रतिआना  एक हजार र एक रोपनीभन्दा बढी जग्गा भएकामा २० हजार मात्र तिरे हुने व्यवस्था नगरवासीको लागि गरेको छ । त्यसैगरी, सहायक पिच सडकको लागि प्रतिआना ८०० लिने र बाटो प्रमाणित भएको कच्ची बाटोमा रहेको जग्गाको हकमा तीन आनासम्मको लागि दुई हजार निर्धारण गरेको छ । गोरेटो बाटो प्रमाणित भएको तर बाटो भएको वा नभएको दुवैलाई तीन आनासम्मका लागि  एक हजार र त्यसभन्दा बढीलाई प्रतिआना  ८०० लिने गरेकामा अब प्रतिआना ३०० र एक रोपनीका लागि बढीमा  सात हजार लिने निर्णय छ ।


राष्ट्रपति विद्या भण्डारीले सहमतीय सरकार गठनका लागि दलहरुलाई आह्वान गरेपछि आजदेखि सहमतीय प्रक्रिया सुरु हुने भएको छ । आज बस्ने व्यवस्थापिका संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको पत्रको जानकारी दिएसँगै सरकार गठनको सहमतिय प्रक्रिया सुरु हुनेछ ।

हिजो राष्ट्रपति भण्डारीले ७ दिन भित्र सहमतीय सरकार गठन गर्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको थियो । विज्ञप्ति निकालेर राष्ट्रपति भण्डारीले सहमतिय सरकार गठन गर्नका लागि संसदमा रहेका राजनितिक दलहरुलाई आग्रह गर्नुभएको हो । राष्ट्रपति भण्डारीले धारा २९८ को उपधारा २ अनुसार सात दिनभित्र सहमतीय सरकार गठनको आहृवान गर्नुभएको हो ।

राष्ट्रपति दिएको ७ दिनको समयमा सरकार गठन हुन नसके बहुमतिय प्रक्रिया सुरु हुनेछ । व्यवस्थापिका संसदको बैठक आज बिहान ११ बजे बोलाइएको छ । सहमतीय सरकार गठन हुने सम्भावना भने नरहेको नेताहरुले बताएका छन् । औपचारिकताका लागि मात्रै यो आह्वान भएकाले सहमतीय सरकार गठनको सम्भावना नभएको नेताहरुले बताएका हुन् । संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस र तेस्रो दल नेकपा माओवादी केन्द्रबीच सरकार गठनको सहमति भइसकेकाले अब सहमतीय सरकारको सम्भावना न्युन रहेको हो ।

राप्रपा केन्द्रीय समिति बैठक

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको बैठक आज बस्ने भएको छ । परिवर्तित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न राप्रपा—नेपालको बैठक बस्न लागेको नेता दिलनाथ गीरीले जानकारी दिनुभयो । दिउँसो १ बजे बस्ने बैठकमा अब बन्ने नयाँ सरकारमा पार्टीको भुमिका के रहने भन्नेबारेमा गम्भीर छलफल हुने नेताहरुले जनाएका छन् ।

त्यस्तै बैठकमा राप्रपासंगको पार्टी एकीकरणका विषयमा सदस्यहरुले आआफ्नो धारणा राख्ने कार्यसुची रहेको छ । पार्टी एकीकरणका लागि कार्यदल बनाएर छलफल चलाएको थियो । बैठकमा कार्यदलले गरेको छलफलबाट उठेका विषयबस्तुहरुमा पनिकुरा हुने नेताहरुले जनाएको ।




केहिदिन देखि परेको अबिरल वर्षाका कारण देशभरीका नदीहरुमा पानीको सतह बढेपछि धेरै स्थानहरु डुबानमा परेका छन् । तिब्बती क्षेत्रबाट आएको वायुको ठूलो ढिक्काका कारण केही दिन अझै नेपालको पश्चिमी क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको मौषमविदहरुको अनुमान छ ।

बर्षाका कारण बाढी, पहिरो र डुबानको समस्या हुनसक्ने भन्दै मौसमबिद्ले सचेत रहन आग्रह समेत गरेका छन् । एक हप्तायता लगातार वर्षा हुँदा पूर्वदेखि पश्चिमका सबै भागमा असर परेको छ । अहिले ललितपुरको खोकनामा बागमती, झापामा कन्काई र सिन्धुपाल्चोकमा भोटेकोशीमा पानीको सतहले चेतावनी तह पार गरेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले जनाएको छ । यस्तै कन्काई, कोशी, बागमती, नारायणी, तिनाउ र कर्णालीमा पनि पानीको सतह बढिरहेको शाखाले जनाएको छ ।

नदीको तटीय क्षेत्र तथा विशेषगरी तराईका बासिन्दालाई  आज दिनभरी नै उच्च सतर्कता अपनाउन शाखाले आग्रह गरेको छ । यस्तै नदी जलाधारका पहाडी क्षेत्रमा तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । नेपालको वायुमण्डलबाट मनसुनि वायुको रेखा दक्षिणतिर सरेको र त्यसका स्थानमा तिब्बतबाट अर्को वायुको ठूलो ढिक्का नेपाली वायुमण्डलमा  प्रवेश गरेकाले केहीदिन लगातार भारी वर्षा हुने अनुमान गरिएको छ ।

यसैबिच— लगातारको बर्षाका कारण डुवानमा रहेका तराईका बस्तीहरुमा उद्धारका लागि आज हेलिकप्टर पठाइने गृहमन्त्रालयले जनाएको । गृहमन्त्रालयका प्रवक्ता यादव प्रसाद कोइरालाले हिजो मौषममा समस्या आएकाले आज मौषममा परिवर्तन आएसंगै उद्धारका लागि हेलिकप्टर पठाइने बताउनुभयो । नेपालवाणीसंग कुरागर्दै उहाँले झापाको कन्काई, तथा सप्तकोशीबाट प्रभावित स्थानियको उद्धारमा २४ घण्टा सुरक्षाकर्मि खटाउन स्थानिय प्रशासनलाई निर्देशन दिएको बताउनुभयो । त्यस्तै सम्भावित जोखिमयुक्त स्थानहरुमा सुरक्षाका लागि सुरक्षाकर्मी खटाइएको जानकारी दिनुभयो ।




मकवानपुरको भीमफेदी–५ सोलुभन्ज्याङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । आज बिहान करिब ४ बजेतिर माथिबाट खसेको पहिरोले घर पुरिएको हो । भीमफेदी–५ सोलुभन्ज्याङकी मनमाया स्याङतान घर पहिरोले पुरिँदा उहाँका छोरी–ज्वाइँ र नातीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा मनमायाका ज्वाइँ २५ वर्षीय टेकवहादुर रुम्वा, २३ वर्षीय छोरी पार्वती रुम्वा र ५ वर्षीय नाती विकास रुम्बा रहेको प्रहरीले जनाएको छ । छोरी ज्वाइँ र नातीलाई घरमा सुताएर आफू अर्को घरमा सुतेकाले मनमाया भने बाँच्न सफल भएकी  भएको बताइएको छ । इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक बासुदेव थापाको नेतृत्वमा गएको प्रहरी टोलीले पहिरो पन्छाएर मृतकको शव बाहिर निकालेको  छ ।

पहिरोले १ जनाको मृत्यु, ७ घर पुिरए

पाल्पाको झुम्सामा आज बिहान आएको पहिरोले घर पुरिँदा परी एक बालिकाको  मृत्यु भएको छ । दोभान–५ पानी मिलनिरको झुम्सामा माथिबाट खसेको पहिरोले पुरिएर तिलोत्तमा उच्च माविको कक्षा ९ मा पढ्ने अस्मिता बिकको मृत्यु भएको हो ।

पहिरोले ७ घर पुरिएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ घरभित्रै पुरिएको अवस्थामा अस्मिताको शव निकालेको दोभान प्रहरी चौकीले जनाएको छ । बिहान पौने ५ बजे नै पहिरो खसेपछि त्यहाँ भागदौड मच्चिएको थियो । पहिरोले सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पाको बाटो पनि अवरुद्ध भएको छ ।

यसैबिच पाल्पाकै गोठादीमा गएको पहिरोमा पुरीएर ३ जनाको मृत्यु भएको बताइएको छ । अहिले प्रहरी घटना स्थलमातर्फ जादैँ गरेको र आधिकारीक रुपमा जानकारी आउन बाँकी रहेको छ ।

सडक अवरुद्ध

हिजो बेलुकादेखि परेको अबिरल वर्षाका कारण कास्कीको घट्टेखोला र फेदीमा पहिरो खस्दा पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ । आज  बिहान साढे ४ बजे सडकमाथिको भिरबाट लेदो माटो खसेर बाटो अवरुद्ध भएको हो ।

बाटो अवरुद्ध हुँदा सवारी साधन र यात्रुहरु बिच बाटोमै रोकिएका छन् । अहिले डोजर लगाएर पहिरो हटाउने प्रयास भइरहेको छ । पहिरो हटाउन प्रहरी निरीक्षक मोहनबहादुर खाँणको नेतृत्वमा २० जनाको प्रहरी टोली खटिएको छ ।
यसैबिच यतापहिरो जाँदा पासाङल्हामु राजमार्ग पनि अवरूद्ध भएको छ । खोपाङको भिरमा पहिरो खसेपछि राजमार्ग अवरूद्ध भएको हो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीका अनुसार बाटो खुलाउने प्रयास भइरहेको छ । सडक खुल्न केही समय लाग्ने उहाँले बताउनुभयो । वर्षा सुरू भएसँगै दैनिक जसो सडक अवरूद्ध हुने गरेको बताइएको छ ।



पर्वत, स्याङ्जा र गुल्मीको सीमानामा रहेको सेतीवेनी बजारका बासिन्दालाई स्थानीय प्रसासनले हिजो नै सुरक्षित रहन आग्रह गरेको थियो ।, कालीगण्डकी र मोदीखोलाको तटिय क्षेत्रमा उच्च जोखिम रहेको स्थानीय प्रसासनले जनाएको छ । कालिगण्डकी र मोदीखोलामा वाढि आएका कारण तटिय क्षेत्रमा तिव्र कटान भैरहेको छ । वस्तीहरु क्टान गर्ने खतरा रहेकाले उच्च सतर्क रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिनुभयो ।

सडक पहिरोले अवरुद्ध

सोमबार राती देखि भीषण वर्षा भैरहेको छ । वर्षाका कारण पहिरो जाँदा नाग्लीवाङ र धाईरिङको सीमानामा पर्ने फर्सेमा पहिरो खसेर मालढुङगा बेनी सडक खण्ड अवरुद्ध भएको छ ।  फर्सेमा विहान ७ बजेतिर पहिरो झरेको हो । पहिरोले सडक पुरिएपछि यात्रुहरु बाटोमै अलपत्र परेका छन् । अहिले पहिरो पन्छाउने काम भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक पातलीले जानकारी दिनुभयो ।



x
गुल्मीका दुईवटा गाविसमा गएराति गएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ । गुल्मीको हस्पीचौर गाविसको माल्वीमा पहिरो जाँदा तीन जनाको मृत्यु भएको हो । मृतकहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यता, गुल्मीकै विशुखर्क–९ मा पहिरोले एक घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोपाल रानाका ९ वर्षिय छोरा सुजन राना र ७ वर्षिया छोरी सिमाना छन् ।

यसैबीच, अबिरल बर्षासँगै बडीघाट खोलामा आएको बाढीले गुल्मीको क्षेत्र नम्बर १ का विभिन्न बस्तीमा कटान शुरु गरेपछि खोला आसपासका बासिन्दा बिस्तापित भएका छन् । बाढी र पहिरोले गुल्मीमा भएको क्षतिको पूर्ण विवरण भने आउन सकेको छैन ।

त्यसैगरी, गुल्मीकै बढीगाढमा आएको वाढीका कारण मुसिकोट गाविस र वामी गाविस वीच जोड्ने झोलुङ्गे पुल बगाएको छ । मुसिकोट गाविस  वडा नं. ६ ताल्तुङ र वामी गाविस  वडा नं. १ को सुदीमा रहेको झोलुङ्गे पुल बर्षा सगै बडिगाड खोलामा आएको बाढीले आज विहान झोलुङ्गे पुल बगाएको स्थानीय जनक बहादुर खत्रीले जानकारी दिनुभयो ।

उक्त झोलुङ्गे पुल हुदै गुल्मी तथा बाग्लुङका गरि झण्डै एक जर्दन भन्दा बढि गाविसको आवत जावतमा  प्रत्यक्ष समस्या पु¥याएको छ । झोलुङ्गे  पुल टुटेसगै मुसिकोटबासी र वामीटक्सार बजारमा पढ्ने विद्यार्थी, सर्वसाधरण, खेतीकिसानी व्यापार व्यवसाय गर्नेहरु लगायतको दैनिकीमा पुल टुटेसगै आवत जावतमा थप कष्टकर बनेको छ ।
राजविराज, ११ साउन । सप्तरीका छुट्टाछुट्टै घटनामा परी सोमबार एक बालिकासहित तीनजनाको ज्यान गएको छ । खेतमा हलो जोत्नेक्रममा बेहोस भएर दुईजना कृषकको मृत्यु भएको छ । 

जिल्लाको सिसुवाबेल्ही गाविस–४ मा स्थानीय ३८ वर्षीय चतुरनारायण मण्डल आफ्नै खेतमा हलो जोतिरहेको अवस्थामा अचानक बेहोस भई लडेर मृत्यु भएको उनका परिवारजनले जनाएका छन् । 

यस्तै, मधुपट्टी गाविस–९ मा पनि खेतमा हलो जोतिरहेका ६० वर्षीय कृषक सकुन्तलाल चौधरीकोे बेहोस भएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । 

आफ्नै खेतमा हलो जोत्दाजोत्दै अचानक लडेर बेहोस भएका उनीहरु दुवैजनालाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याउने क्रममा बीचबाटैमा मुत्यु भएको प्रहरीले जनाएको छ । 

त्यस्तै, सप्तरीकै मधुपट्टी गाविस–९ मा झुन्डिएर एक युवतीले आत्महत्या गरेकी छिन् । मृत्यु हुनेमा सोही ठाउँका सिबु साहकी १६ वर्षीया छोरी अन्जना साह रहेको प्रहरीले जनाएको छ । 

अन्जनाले सोमबार आफ्नै घरमा सलको पासो लगाई झुन्डिएर आत्महत्या गरेकी हुन् । कुन कारणले आत्महत्या गरेको खुल्न नसकेको र यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।


नेत्र बिक्रम चन्द नेतृत्वको नेकपा माओबादीले आब्हान गरेको बन्दको प्रभाब उपत्यका सहित मुलुकका अधिकांश स्थानमा आंशिक रुपले परेको छ ।
बिहानैदेखि उपत्यकामा सार्बजनिक तथा भाडाका सबारी साधन कम संख्यामा चलेका छन् । राजधानी भित्रने सबारी साधनको संख्या पनि न्युन रहेको प्रहरीले जनाएको छ । उपत्यकाका तिनवटै जिल्लामा सुरक्षा ब्यबस्था कडा पारिएको छ ।
यसैबीच, बन्द गराउदै हिड्ने ६५ जनालाई प्रहरीले राजधानीका बिभिन्न स्थानबाट पक्राउ गरेको छ । बन्दकर्ताले बिहानै गोंगबु र बानेश्बरमा २ बटा ट्याक्सीमा आगजनी गरेका छन् ।
बानेश्वर मिनभवन उकालो नजिक बा १ ज ५१६२ नम्बरको ट्याक्सीमा आगजनी गरिएको हो  भने गोंगबुमा बा १ ज२८६ नम्बरको ट्याक्सीमा आगजनी गरिएको हो । ट्याक्सी चढेकाले मिनभवन उकालो नजिक पुगेपछि पेट्रल छर्किएर आगोलगाइ भागेको प्रहरीले जनाएको छ ।
 
यस्तै,  बन्दकर्ताले चितवनबाट औषधि बोकेर काठमाडौ आउदै गरेको एउटा ट्रकमा आगजानी गरेका छन् । तनहुँमा पनि एउटा ट्रकमा आगजनी गरिएको छ ।
विहान साँढे पाँच बजे भैरहवाबाट सिमेन्ट लिएर बन्दीपुर आउदै गरेको ट्रकमा बन्दीपुर नगरपालिका ५ मा आगजनी गरिएको प्रहरीले जनाएको छ ।
सदरमुकाममा जवरजस्ती बन्द गराउँदै हिड्ने ६ जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बन्दका क्रममा सवारी साधनमाथि आगजनी र तोडफोड गरेपछि चितवनबाट तीन जना नेतालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार पूर्वी चितवनको रत्ननगरमा ट्रकमा आगजनी गरेको अभियोगमा रमेश लामिछाने र डायमण्ड तामाङलाई पक्राउ गरिएको छ ।

तराईका सुकुम्बासीहरुलाई सरकारले दमन गरेको विरोधमा नेत्र बिक्रम चन्द नेतृत्वको नेकपा माओबादीले वन्दको आव्हान गरेको हो ।
 
यसैबीच कास्कीको लेखनाथमा कुकर बम फेला परेको छ । लेखनाथको मजुवा र लामेआलको बिचमा बम राखेको प्रहरीले जानकारी दिएको छ । कुुकर बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । पोखराबाट कालिभञ्याङ गण र सिद्धिबक्स गणबाट गएको टोलीले बमलाई डिस्पोज गरेको प्रहरीले जनाएको छ । पृथ्वीराजमार्गको करिब १० मिटर तल बम फेला परेको थियो । प्रहरीले बन्द कर्ता नेकपा माओवादीले राखेको हुन सक्ने बताएको छ ।
 


अविरल बर्षा पछि आएको बाढीका कारण पूर्वको जनाजिवन प्रभावित भएको छ ।
बाढी कारण झापा, सुनसरी, सप्तरी, मोरङ जनकपुर लगायतका जिल्लाको जनजिवन कष्टकर बनेको छ ।
रातभर परेको अविरल वर्षाका कारण सुनसरीको  विभिन्न खोलामा आएको बाढीले बस्तीहरु डुबानमा परेका छन् ।
वर्षाकै कारण धमुना खोलामा आएको बाढीका कारण जिल्लाको अमडुवाका विभिन्न वडाका ६३ घरडुबानमा परेका छन् । यसैगरी टेङ्ग्रा खोलामा आएको बाढीका कारण अमाहीबेला ५६ घर डुबानमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको तथ्याङ्कका एअनुसार पश्चिम कुशाहा–९ मा पानीको निकास नहुँदा ९ घर जलमग्न बन्न पुगेको छ । यता बूढीखोलामा आएको बाढीले अमाहीबेलाहा–८ मा पनि केही डुबानमा परेको छ । घर गोठ डुबानमा परेपछि मानिस भने अग्लो स्थानतिर सरेका र चौपायालाई खुला छाडिदिएको बताइएको छ ।
यसैबीच आज बिहान ६ बजे सप्तकोसी नदीमा दुई लाख २२ हजार ९०५ क्युसेक प्रतिसेकेन्ड बाढी मापन भएको छ । बाढी निकासका लागि ब्यारेजका ३० ढोका खुल्ला गरिएका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले जनाकारी दिनुभयो ।
जनकपुर जलमग्न
लगातारको वर्षाका कारण जनकपुर उपमहानगरपालिकाका जलमग्न भएको छ । वर्षाले उपमहानगरपालिकाका २७ वटै वडाका पुरानो घरमा पानी पसेको छ ।
पानीको निकास नभएकाले सडक जलाशयमा परिणत भई ढलको पानी सडकमा नै बगिरहेको छ । । पानीले टेलिफोन र विद्युत् प्रसारणसमेत प्रभावित भएको छ ।पानीले उपमहानगरपालिकामा रहेका हुलाक , यातायात लगायतका सरकारी कार्यालय डुबानमा परेको छ । यसैगरी र आनन्दनगर, बलवा टोल, देवी चोक क्षेत्र डुबानमा परेको छ ।
यसैबीच, सिमा क्षेत्रका भारतीय सुरक्षाकर्मी र स्थानीयले सप्तरीको तिलाठी नजिक दसगजामा बाध बनाउन सुरु गरेका छन् । भारतीय पक्षबाट बनाईएको सो बाधका कारण नेपाल तर्फ एकदर्जन गाबिस डुबानमा पर्ने गरेको छ ।
झापामा दुईको मृत्यु, नौ सय परिवार विस्थापित

अविरल वर्षापछि आएको बाढीका कारण झापामा दुई जनाको मृत्यु भएको छ भने  एक बेपत्ता र ९ सय  घरपरिवार विस्थापित भएका छन् । नेपाल रेडक्रस सोसाइटी झापाका अनुसार गोलधाप–८ निवासी ६४ वर्षीय कालीबहादुर लिम्बू र गौरादह–५ निवासी ३६ वर्षीय टेकेन्द्र खड्काको मृत्यु भएको छ भने कुमरखोद–४ स्थायी बसोबास गर्दै आएका भारत घर भएका १८ वर्षीय कालु भनिने बाबुलाल मर्डीलाई माई खोलाले बगाएर बेपत्ता बनाएको छ । झापाका मेची, निन्दा, विरिङ, कनकाई, रतुवालगायतका नदीमा पानीको सतह बढेपछि धेरै घरपरिवार विस्थापित भएका हुन् । बाढीका कारण के कति आर्थिक क्षति भयो सोको विवरण आउन नसकेको प्रमुख जिल्ला अधिकारी भुजेलले बताउनुभयो ।

यस्तै मोरङका स्थानीय नदिमा आएको बाढीले विभिन्न स्थान आज पनि डुबानमा परेका छन् । ।
यसैबीच, आज पनि तराई र चुरे क्षेत्रमा भारी बर्षा हुने भएकाले पूर्वी तराईका जिल्लामा उच्च सर्तकता अपनाउन जल तथा मौसम विभागको बाढी पुर्वानुमान शाखाले आग्रह गरेको छ 



राष्ट्रपति विद्यादेवी भण्डारीबाट नयाँ सरकार निर्वाचनका लागि बाधा अड्काउ फुकाउ आदेश जारी भएको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले पठाएको सिफारिसका आधारमा नेपालको संविधानको धारा ३०५ बमोजिम उहाँले बाधा अड्काउ फुकाउ आदेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा आज प्रेषित विज्ञप्तिमा उल्लेख छ ।
नेपालको संविधानमा अर्को प्रधानमन्त्री निर्वाचनको प्रक्रिया प्रारम्भ गर्न बाधा अड्काउ परेकाले संविधानको धारा २९८को उपधारा (२) वा (३) बमोजिमको प्रक्रिया अपनाई अर्को प्रधानमन्त्रीको निर्वाचन गर्न सकिने गरी सो आदेश जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
नेपालको संविधानको धारा २९८ मा सङ्क्रमणकालीन मन्त्रिपरिषद्सम्बन्धी व्यवस्था रहेको, सोही व्यवस्था बमोजिम व्यवस्थापिका–संसद्बाट वर्तमान प्रधानमन्त्री निर्वा्चित भई निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन भएकामा धारा २९८ को उपधारा (८) बमोजिम वर्तमान प्रधानमन्त्रीले राजीनामा दिनुभएको तर अर्को प्रधानमन्त्री निर्वा्चित हुने स्पष्ट व्यवस्था उक्त धारामा नरहेका कारण अर्को प्रधानमन्त्री निर्वाचनको प्रक्रिया प्रारम्भ गर्न बाधा अड्काउ फुकाउ जारी गर्नुपरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसैबीच
राष्ट्रपति विद्यादेवी भण्डारीले बदलिँदो राजनीतिक परिस्थितिका बारेमा परामर्श गर्न प्रमुख तीन दलका शीर्ष नेतालाई बोलाउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका सम्बन्धमा छलफल गर्न राष्ट्रपति भण्डारीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओली र नेकपा ९माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बोलाउनुभएको हो ।
अहिले केहीबेरमा राष्ट्रपति भवन शीतलनिवासमा हुने छलफलमा नयाँ सरकार गठन र संविधान कार्यान्वयन विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।
यसअघि राष्ट्रपति भण्डारीले बाधा अड्काउ आदेश जारी गर्नुपूर्व शीर्ष नेतासँग परामर्शसमेत लिनुभएको बुझिएको छ ।


विराटनगर  । विराटनगर उमहानगरपालिकाले  फोहर मैला व्यवस्थापनको जिम्मा दिएको वेष्ट मेनेजमेन्ट प्रालि जेभी  गुप समूहको पाँच बर्र्षे ठेक्का  भंग गरेको छ । टेण्डर प्रक्रृया नियम संगत नभएको कारण देखाउदै   स्थानीय विकास मन्त्रालयले निर्देशन दिएको  पत्र प्राप्त भएको एक सातामै ठेक्का भंग गरेको हो ।
विराटनगर उपमहानगरपालिका वातावरण शाखाका ईन्जिनियर घनश्याम काफ्लेले ठेक्का भंग भएको पुष्टि गर्दै अव नयाँ टेण्डर प्रक्रृयामा जाने बताए । यही सउन ४ गतेको निर्णय अनुसार उपमहानगरपालिकाले साझेदार संस्था वेष्ट मेनेजमेन्ट प्रालि गु्रुपको ठेक्का भगं गरेकोे ईन्जिनियर काफ्लेले जानकारी दिए ।
उपमहानगरपालिकाले ठेक्का भंग गरेको पत्र साझेदार संस्थालाई बुझाईसकेको छ । मन्त्रालयको निर्देशनलाई पालना गर्दै संस्था विच गरिएको पाँच बर्षे ठेक्का भंग गरिएको पत्रमा उल्लेखछ । समझौता भंग गरिएपनि ३ महिनासम पूर्ववत रुपमै काम गर्न भनिएको छ । नयाँ टेण्डर प्रक्रृया गरेर नयाँ संस्था छनौट नभएसम्मका लागी साझेदार संस्थालाई   काम गर्न निर्देशन दिएको काफ्लले बताए । सम्झौतामा उल्लेख भएअनुसार दुवै पक्षले कामबाट अलग हुन चाहे वा गराउन चाहेमा ९० दिनको सूचना अनिवार्य रुपमै  दिनुपर्ने प्रावधान छ ।  फोहर मैला जस्तो संवेदनसिल बिषय भएकोले सम्झौता अनुसार ठेक्का भंग गरि बढीमा ३ महिनासम्म संचालन गर्न अनुमति दिएको ईन्जिनियर काफ्लेको भनाई छ । उनका अनुसार नयाँ संस्था छनौट प्रक्रृया तीन महिना अगावै टुंगिएमा साझेदार संस्थाले काम बन्द गर्नृपर्ने छ ।

यही असार १७ गतेको सचिव स्तरीय निर्णय अनुसार वेष्ट मेनेजमेन्ट पं्रालि जेभीको  ठेक्का रद्द गरेर सार्वजनिक खरिद ऐन २०६३ , सार्वजनिक खरिद नियामावलि २०६४ र स्थानीय निकायको आर्थिक प्रशासन २०६४ को अधिनमा रहेर नयाँ टेण्डर प्रक्रृया जान निर्देशन दिएको थियो ।
चलानी न ०७२÷०७३ को ५्र—१—३१५ मा उपमहानगरपालिकालाई सम्बोधन गरेर लेखिएको निर्देशन पत्रमा साझेदार छनौट प्रक्रृयाका लागी संस्था छनौट गर्दा गम्भिर त्रुटी रहेको औल्याईएको छ । ढुवानी , डम्पिङ र फोहर व्यवस्थापन कार्यका लागी प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्दा प्रकासित सूचनाको प्क्रृया नियम अनुसार नभएको र तोकिएको समयपछि दर्ता हुन आएको वेष्ट मेनेजमेन्ट प्रालि जेभी गु्रपलाई छनौट गरिएको  मन्त्रालयको पत्रमा उल्लेख छ । संस्था छनौट प्रक्रृयामा चित्त नबुझेपछि वलराम चालीसेले मन्त्रालयमा उजुरी दिएर छनोट प्रक्रृया रद्द गर्न माग  गरेका थिए । निवेदकको उजुरीलाई सुनवाई गर्दै  मन्त्रालयले अर्को प्रक्रृयामा जान उपमहानगरपालिकालाई निर्देशन दिएको हो  । उत्ता साझेदार संस्था वेष्ट मेनेजमेन्टले न्यायको लागी अदालतमा जाने तयारीमा जुटेको छ । अन्तरिम आदेशको लागी अदालतमा जाने र न्याय पाउने आशा राखेको छ । अदालतले अन्तरिम आदेश जारी गरेमा संस्थाले आफ्नो काम पूर्ववत रुपमा गर्न सक्ने छ ।




सरकार र १५ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीबीच चारबुँदे सहमति भएको छ । आइतबार राति अबेर डा. केसीले सहमतिमा हस्ताक्षर गरेका छन् र आज सोमबार अनसन तोड्न भएका छन् ।
डा. केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच लगातार भएको छलफलपछि सहमति जुटेको हो । सहमतिको मस्यौदा लिएर डा. केसीका प्रतिनिधि शिक्षण अस्पताल पुगेका थिए ।
केसीले फेरि धोका हुने हो कि भन्दै आशंका व्यक्त गरे । तर, सहमतिको मस्यौदामा थोरै संशोधन गर्दै हस्ताक्षर गरेका छन् । सहमतिमा डा. केसी र स्वास्थ्य सचिवले हस्ताक्षर गरे ।

विप्लव नेतृत्वको नेकपा माओवादीले नयाँ बानेश्वर र सामाखुसीमा ट्याक्सीमाथि आगजनी गरेका छन् ।
बानेश्वर मिनभवन उकालो नजिक बा १ ज ५१६२ नम्बरको ट्याक्सीमा आगजनी गरिएको हो  भने सामाखुसीमा बा १ ज२८६ नम्बरको ट्याक्सीमा अागजनी गरिएको हो ।
ट्याक्सी चढेका व्यक्तिले मिनभवन उकालो नजिक पुगेपछि पेट्रल छर्किएर आगोलगाइ भागेको प्रहरीले जनाएको छ । आगोले ट्याक्सी पूर्णरुपमा क्षतिग्रस्त भएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विप्लब माओवादीले आयोजना गरेको बन्दको प्रभाव राजधानीमा न्यून देखिएको छ । भाडाका सवारीसाधन कम चलेका भएपनि निजी सवारीसाधान भने निर्वाध चलिरहेको प्रहरीले जनाएको छ । चोक चोकमा प्रहरी उपस्थिति बाक्लो बनाइएको छ  ।
यसैबीच, चितवनबाट काठमाडौं तर्फ औषधी ल्याउँदै गरेको एक मिनी ट्रकमा बन्दकर्ताले आगजनी गरेका छन् । चितवनमा वन्दका बाबजुत पूर्व पश्चिम राजमार्गमा प्रहरीले स्कटिङ्ग गरेर सवारी साधन सञ्चालनमा ल्याएको गरेको छ ।
विप्लव माओवादीले गरेको नेपाल बन्दमा बन्दमा चितवन प्रहरीले गन्तब्यमा हिडेका सवारी साधनलाई सुरक्षा दिएर पठाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ  ।
सुकुम्बासी माथि राज्यले दमन गरेको भन्दै विप्लव माओवादीले गरेको नेपाल बन्दमा देशैभरको जनजीवन प्रभावित भईरहेको अवस्थामा जनजिवन सामान्य बनाउन प्रहरी स्कटिङ्ग गरेर सावारी साधन सुरुचारु गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरिक्षक वसन्त कुवंरले जानकारी दिए । राजमार्गमा सवारी चलाउन प्रहरी उपरिक्षक आफै स्कटिङ्गमा हिडेका छन् ।
प्रहरी आपटारी, पुल्चोक, केन्दि्रय बस पार्क, गोन्द्रङ्ग लगायतका ठाउँमा सावारी जम्मा गरेर प्रहरी परिचालन गरि राजमार्ग  स्कटिङ्ग गरेर यातायात सुचारु गरेको उनले बताए ।
प्रहरी जिल्लाको मुख्य राजमार्गमा बिशेष  निगरानी राखी  याताायात सुचारु गरेको छ ।
वन्द गर्न कोही कार्यकर्ता नआएपनि चितवनको मुख्य बजार नारायणगढ क्षेत्र सुनसान छन् । शैक्षिक सस्था र कलकारखाना पनि पुरै ढप्प भएका छन् । यस्तै राजमार्गमा सवारी सुचारु गर्न कुनै समस्या नभएकाले ढुक्क भएर सवारी साधन सञ्चालन सकिने उनले बताए ।

अबको दुई सातामा नेपालले नयाँ प्रधानमन्त्री पाउनेछ । राष्ट्रपतिले आदेश गर्ने बाधा अड्काउ फुकाउ संसद्बाट पारित गर्न, दलीय सहमतिका आधारमा प्रधानमन्त्री छान्न पहल गर्ने र सहमति नहुँदा संसदमा निर्वाचन प्रक्रियाबाट नयाँ प्रधानमन्त्री छान्न दुई साता लाग्नेछ ।
नयाँ प्रधानमन्त्री निर्वाचनका लागि दलहरूबीच यसअघि रहेको संवैधानिक विवादसमेत सरकारले बाधा अड्काउ फुकाउमार्फत खोलेपछि अब बाधा अड्चन नरहेको र प्रक्रिया सहज भएकाले दुई हप्तामा नयाँ प्रधानमन्त्री छानिेने कानुन मन्त्रालयका सचिव टेकनाथ ढुंगानाले बताए ।
संसद्को नियमावली २०७३ को नियम ४९ अनुसार संसद्ले प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु गर्नेछ । संविधानको धारा २९८ को उपधारा २ बमोजिम प्रधानमन्त्रीको निर्वाचन राजनीतिक सहमतिका आधारमा हुने, तर सहमति हुन नसकेमा सभामुखले तोकेको दिन र समयमा निर्वाचन प्रक्रियामार्फत बहुमतीय सरकार बन्ने उल्लेख छ । 
बहुमतीय आधारमा हुने निर्वाचन प्रक्रियाका लागि सभामुखले संसद्का महासचिवलाई निर्वाचन अधिकृत तोकी प्रक्रिया अगाडि बढाउने प्रावधान छ ।
निर्धारित समयतालिकामा प्रधानमन्त्रीका उम्मेदवारले आफूलाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्दै एक–एकजना समर्थक र प्रस्तावक राखी उम्मेदवारी दर्ता गर्नुपर्ने हुन्छ ।
त्यसपछि संविधानको धारा २९८ को उपधारा ३ बमोजिम संसद्को तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतका आधारमा नयाँ प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था छ।

मोरङको पहाडी गाविस रमितेखोलामा गएराति पिकअप भ्यान भिरबाट खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन् ।
Road-Accidentमोरङकै टाँडीबाट रमितेबजारतर्फ जाँदै गरेको को१ज १७५५ नम्बरको पिकअप रमितेखोला– २ स्थित भिरबाट ध्वासे खोलामा खस्दा सोही ठाउँका वडा नम्बर ७ बस्ने १८ वर्षीय सिद्धि राईको घटनास्थलमा नै र इलाम साक्फारा–१ बस्ने १५ वर्षीय सन्दिप राईको उपचारको लागि विराटनगर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।
दुर्घटनामा रमितेखोला–२ बस्ने २५ वर्षीय नन्दकुमार राई, २६ वर्षीय पदम राई, २८ वर्षीय उमेश गुरुङ, १८ वर्षीय दिलीप राई, १३ वर्षीय सविन राई, रमितेखोला–७ बस्ने तजिन राई, १७ वर्षीय सविन राई र रमितेखोला–९ बस्ने २४ वर्षीय अर्जुन राई गम्भीर घाइते भएका छन् । उनीहरु सबैको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिए ।
दुर्घटनामा परेका पिकअपका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।


विराटनगर , ः नेकपा एमालेको सरकार अल्पमतमा परेपछि मोरङबाट एमाओवादी नेतृत्वको सरकारमा को को सहभागि हुन्छन भन्ने बहस चल्न थालेको छ । मोरङबाट धेरै केन्द्रीय नेताहरु रहेकाले एक जनालाई मात्र सहभागि गराउने बुझिएको छ ।
नेपाली काग्रेस मोरङका सभापति डिग बहादुर लिम्वुले नयाँ सरकार गठन भैनसकेको  अवस्थामा अहिलेनै मोरङबाट को को सभागि हुन्छन यसै भन्न नसकिने बताए । यो गौड बिषय हो सभापति लिम्वुले भने मोरङबाट एक जना मन्त्री त बनाउलान तर यसै भन्न सकिदैन । 
यही साउन ६ गते एमाले नेतृत्वको सरकार ढलेपछि काग्रेस र एमाओवादीले मन्त्रालयको बाँडफाड गरेपछि मन्त्रीको टुंगो लाग्ने  उनको कथन थियो । मन्त्री बन्ने आकांक्षीमा मोरङका केन्द्रीय नेताहरु महेश आचार्य , सुजाता कोइराला , डा मिनेन्द्र रिजाल , डा शेखर कोइराला , आमोद उपाध्याय र अमृत अर्याल देखिएका छन । उनीहरु मध्ये डा शेखर कोइरालाकै सम्भावना बलियो देखिएको अध्यक्ष लिम्वुले जानकारी दिए । यस पटकको मन्त्री मण्डलमा सवै नयाँ अनुहारलाई सहभागि गराउने कुरा केन्द्रीतस्तरमा चलेको छ उनले भने यो जायज र मनाशिव पनि हो । काग्रेस सत्तामा आएपछि आफ्नै वफौति जस्तो ठान्ने पुराना नेताहरुलाई मन्त्री बनाउन नहुने उनको तर्क  छ । मोरङबाट अहिले सम्म मन्त्री हुन नपाएका डा शेखर कोइरालानै हुन लिम्वुले भने पार्टीको निर्वाचनमा पनि उनी अग्रस्थान भए यस पटकको मन्त्री मण्डलमा पनि उनको नाम अग्रस्थानमै छ । नेपाली काग्रेसले गृहमन्त्री सहित १२ मन्त्रालय पाउने  सहमति अनुसार डा शेखरले राम्रै मन्त्रालय पाउनु हुन्छ होला उनले थपे अमृतजीको मन्त्री बन्ने  हल्ला मात्र हो अहिले उहाँलाई दिदैनन् । पार्टी सभापति  शेर वहादुर देउवाले ६०÷४० को भाग बन्डा गर्दा  पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलको कोटाबाट  शेखरको नाम प्रस्ताव गर्ने बुझिएको छ । कोइराला परिवारबाट डा शेखर मात्र मन्त्री हुने छन । सुजाता कोइरालाले सार्वजनिक सभाहरुमा  केपी ओलीको सरकारको समर्थनमा अभिव्यक्ती दिदै  हिडेपछि पछिल्लो समयमा  आएर         उनको राजनीतिक उचाई कम हुँदै गएको कार्यकर्ताहरुको बिषलेषण छ । यस्तै डा शशांक कोइराला आफै विरामी परेर थला बसेकाले यस पटक उनको नाम मन्त्री मण्डलमा सहभागि नहुने निश्चित जस्तै  छ । काग्रेसका महमन्त्री समेत रहेका डा शशांक उपप्रधान सहितको मन्त्री हुन्थे होल तर उनी विरामी परेर अस्वस्थ रहेका कारण यसपटक उनको मन्त्रीमण्डलमा सहभागिता नहुने देखिएको हो । यता पार्टी केन्द्रीय समितिले एक पटक मन्त्री भैसकेकालाई सकभर मन्त्री नवनाउने सोच राखेको छ ।  त्यस्तै केन्द्रीय कार्य समितिको   पदाधिकारी समेत रहेका कुनै पनि नेतालाई  एमाओवादी नेतृत्वको सरकारमा सहभागि नगराउने तयारी गरेको छ । एक व्यक्ती एक पद दिने यदी  कोही सक्षम र राम्रो छवी बनाएर योग्य देखिएका  छन भने त्यस्ता व्यक्तीलाई मन्त्री पदमा दोहराउने काग्रेस केन्द्रीय समितिको योजना  रहेको  जिल्ला सभापति एवं सासद लिम्वुले बताए ।


टर्कीमा सेनाले कु गरी सत्ता नियन्त्रणमा लिएको छ । सेनाले पिस काउन्सिल समूह बनाएर सत्ता नियन्त्रणमा लिएको एजेन्सीहरुले जनाएका छन् । एक बयान जारी गरी सेनाले देशभर आफ्नो नियन्त्रण रहेको र सैनिक कानुन लागु गरिएको जनाएको छ । प्रजातान्त्रिक संविधान निलम्बन गरी नयाँ संविधान लागु गरिएको सेनाले जारी गरेको बयानमा उल्लेख छ ।
देशभर कर्फ्यू पनि लगाइएकोे छ । स्तानबुल सहितका मुख्य शहरमा सेना परिचालन भएको तथा राजधानी अंकारामा सेनाका विमान उडेको छ । इस्तानबुलमा रहेको प्रहरीको मुख्यालय अगाडि गोली हानाहानको आवाज सुनिएको छ । सेनाका कुन स्तरका अधिकारीको समर्थन कुमा छ भन्ने खुलेको छैन । सेनाका केही उच्च अधिकारीलाई बन्धक बनाइएको छ । सेनाका अल्पसंख्यकले गरेको बिद्रोह रहेको र यसबाट देश बाहिर निस्कने राष्ट्रपति रिसेप टाइप एर्डोगानले बताए । सेनाको कु सफल भएपमा सन् २००३ देखि रहँदै आएको एर्डोगानको शासन अन्त्य हुनेछ ।
सेनाले कु गरेलगतै विश्वभरबाट यस कार्यको निन्दा भएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरी सैन्य कु गर्ने प्रयास निन्दनीय भएको प्रतिक्रिया दिएका छन् ।


नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दारेचोक गाविस–४ मुग्लिन बजार नजिकै पहिरो खसेपछि आज बिहान साढे ५ बजेबाट सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मुग्लिन बजारबाट ४सय  मिटर नारायणगढतर्फ पहिरो खसेको हो ।
सडक विस्तारका क्रममा काटिएको भित्तो माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । सडक खुलाउने कार्य सुरु भइसकेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएसँगै मुग्लिनतर्फ जाने आउने सवारी लाम लागेको छ ।
रुकुमको ग्रामीण यातायात अवरुद्ध
जिल्लाका अधिकांश ग्रामीण सडक बर्खा लागेसँगै अवरुद्ध हुँदा रुकुमका विभिन्न स्थानको यातायात प्रभावित भएको छ । वर्षाले विभिन्न सडकमा पहिरो झर्ने तथा पानीले सडक ठाउँठाउँ फाटेपछि यातायात सञ्चालन हुन नसकेको हो । सदरमुकाम खलङ्गादेखि आठबिसकोट, चौरजहारी, पीपल, पोखरा, तकसेरा, महत, काँक्री जाने सडक पूर्णरूपमा बन्द भएका छन् भने रुकुमकोट, बाँफीकोटलगायतका ठाउँ पुग्ने सडक अनियमित बनेका छन् ।
अनियमित रूपमा गाडी चलेका सडकमा पनि जोखिमपूर्ण यात्रा गर्नुपरेको यातायात व्यवसायीले बताएका छन् । सडक निर्माणपछि नाला नकाट्दा समस्या भएको चालकको भनाइ छ ।
विशेषगरी आठबिसकोट, काँक्री, रुकुमकोट बजारबाट सेवा लिने उपभोक्ता महँगीको मारमा परेका छन् । सडक सञ्चालन नहुँदा मान्छेबाटै सामान ढुवानी गर्नुपर्ने भएकाले सामान महँगो भएको व्यवसायीले बताउँछन् ।
यसैविच अविरल बर्षापछी पहिरोका कारण महाकाली राजमार्ग शुक्रवार बेलुका देखि फेरी अवरुद्ध भएको छ । बैतडीको सतवाझदेखि गोकुलेश्वर सडकखण्ड अन्तर्गत पर्ने गोकुलेश्वर १ बांगाबगरमा शुक्रवार बेलुका पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । पहिरोका कारण सडक अबरुद्ध बनेको सडकलाई शनिवार विहानदेखि जेसिवी डोजरले पहिरो पन्छाईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिनुभयो । राजमार्ग अवरुद्ध हुदा यातायात पुर्ण रुपमा बन्द हुँदा यात्रु अलपत्र परेका छन । यातायातका साधन पुर्ण रुपमा बन्द हुदा बैतडीबाट बाहिरीने र भित्रीने लामो तथा छोटादुरीका यातायातका साधन रोकिएका छन । सडक अवरुद्ध हुँदा काठमाडौं, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, दार्चुला, बैतडी सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका सवारीसाधन ठप्प भएका छन ।
त्यस्तैै
पासाङल्हामु राजमार्गका विभिन्न भागमा सडक जीर्ण बन्दै स्थानियलाई समस्या भएको छ । राजमार्ग जीर्णभएपछि स्थानीय प्रशासनले ठूला मालबाहक गाडी नचलाउन व्यवसायीलाई आग्रह गरेको छ ।
जिल्ला दैवीप्रकोप उद्धार समितिको राजमार्गको रसुवा खण्डअन्तर्गत ग्राङ–मूलखर्क, फूलखर्क–खोपाङभिर र सानु भार्खु लगायत क्षेत्र वर्षाका कारण जीर्ण बन्दै गएपछि एक पटकमा १० टनभन्दा बढी सामान बोेकेका गाडी वर्षायामभर नचलाउन सबै व्यवसायी र सवारीधनीलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताउनुभयो ।

बाढीले सात पसल बगायो, १५ जोखिममा
बझाङ सदरमुकाम चैनपुरमा शुक्रबार बेलुका एक्कासि बाढी पस्दा सात पसल बगाएको छ । बजार नजिकै रहेको बाउली खोलामा आएको बाढीले सात वटा पसल र एउटा झोलुङ्गे पुल बगाएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । बगेका पसलमा किराना, तरकारी र फलफूल रहेको प्रहरीले बताएको छ ।  अझै १५ पसल बाढीको उच्च जोखिममा रहेका प्रहरी नायब उपरीक्षक चन्दले उल्लेख गर्नुभयो । तीस वटाभन्दा बढी गाविसलाई जोड्ने मुख्य झोलुङ्गे पुल बगाउँदा सदरमुकाम गाउँको सम्बन्ध टुटेको छ । बाढीले मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ । शुक्रबार बिहानदेखि आएको पानीका कारण बेलुकीे बाढी बजार क्षेत्रमा पसेको थियो ।


आज साउने सक्रान्ति, मुलुकभर मनाइँदैछ । साउने संक्रान्तिलाई हिन्दू धर्मावलम्बीहरुले पर्वका रुपमा मनाउने गर्छन् । मुलुकका केही स्थानमा रोपाईं सकिएको रुपमा पनि यो पर्व मनाउने गरिन्छ ।
असार महिनाभर हिलोमा पसेर खेतीपाती गर्नुपर्दा शरीर चिलाउने खटिरा, लुतो आदि आउन सक्ने भएकोले जीउलाई सफा सुग्घर गरी आजको दिन लुतो फाल्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले  जानकारी दिनुभयो ।
गाउँघरमा यस दिन साँझ अँगेनामा कुरिलो र तितेपाती सल्काएर अगेनाबाट एउटा अगुल्टो झिकेर चारै दिशामा घुमाउँदै ‘लुतो लैजाऊ’ भनी अगुल्टो फ्याँक्ने गरिन्छ । त्यसरी लुतो फालिसकेपछि जीउमा घाउ खटिरा आएको छ भने कुकुरडाइनो जलाई त्यसको मलम बनाएर लगाउने चलन छ ।
सहर बजारतिर भने छोरीबेटीहरुलाई बोलाएर मिठा परिकारहरु बनाएर खुवाउने प्रचलन छ । यस दिनदेखि सूर्यको गति दक्षिणतिर हुने भएकोले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ ।
साउन महिनालाई पवित्र महिना पनि मानिन्छ । साउन महिनाभर पार्वतीले व्रत बसी महादेव पति पाएको धार्मिक किम्बदन्ती छ । यसैले यस महिनाभरि खास गरी विवाहित महिलाहरुले आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु र सुख समृद्धिको कामना गर्दै महादेवको ब्रत, उपासना, पूजा आराधना गर्ने गर्दछन् । साउनका सबै सोमबार महिलाहरुले महादेवको पूजा गर्दछन् । साउनमा महिलाहरु हरियो पोते, हरियो चुरा र रातो लुगामा सजिएका हुन्छन् । साउने सङ्क्रान्तिपछि चाडपर्वको लहरसमेत सुरु हुन्छ ।
यसैविच साउन महिना भरी देशभरका अधिकाँश शिवालयहरुमा मेला लाग्ने गर्दछ काठमाडौंको पशुपतिनाथमा साउन महिनाभर श्रद्धालु महिलाहरुको विशेष घुइँचो लाग्ने गरेको छ ।


नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कानूनविद्हरुसँग छलफल गर्दै हुनुहुन्छ । नेपाली काँग्रेसको संसदीय दलको कार्यालयमा बिहान १० बजे हुने बैठकमा नयाँ सरकार गठनका लागि हुने कानूनी अड्चनका विषयमा छलफल गरिने संसदीय दलको कार्यालयले जनाएको छ ।
नेकपा एमालेको नेतृत्वमा गठित सरकारबाट माओवादी केन्द्रले आफ्नो समर्थन फिर्ता लिएको अवस्थामा अब नयाँ सरकार गठनका लागि कानूनविद्हरुले विभाजित तर्क दिइरहेका छन् । राजनीतिक रुपमा विभाजित तर्कहरु आईरहँदा स्वतन्त्र रुपमा कानूनी व्याख्याका लागि कानूनविद्हरुसँग छलफल गर्न लागिएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।
माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएसँगै संसदमा अविस्वासको प्रस्तावसमेत दर्ता गरिसकेको छ ।
अव वर्तमान सरकारले कि विश्वासको मत हासिल गर्नु पर्ने वा सरकारबाट राजिनामा दिने विकल्पमात्र रहेको अवस्थामा सरकार कायम रहने तर्कहरु आउन थालेपछि देउवा र दाहालले कानूनविद्हरुसँग छलफल गर्न लाग्नु भएको हो ।

मोरङ जिल्लामा यो बर्ष ६७६ वटा उद्योग थपिएका छन् । गत आर्थिक बर्षको तुलनामा यो बर्ष उद्योग दर्ता गर्ने क्रम बढेको हो ।
आज घरेलु तथा साना उद्योग कार्यालय मोरङले बिराटनगरमा आयोजना गरेको बार्षिक समिक्षा गोष्टीका क्रममा आर्थिक बर्ष २०७१÷७२ को असार मसान्त सम्म ६ हजार २४ उद्योग दर्ता भएकोमा यो बर्ष ६७६ वटा उद्योग थपिएको कार्यालयले जानकारी दिएको हो । कार्यालयका वरिष्ठ उद्योग अधिकृत उमेश पाण्डेले दर्ता हुन आएका उद्योगमा बढी कृषि तथा वन जन्य उद्योग थपिएको जानकारी दिनुभयो ।
 सोही अवसरमा कार्यालयले यस आिर्थक बर्ष भित्र गरेको कामको बारेमा पनि जानकारी गराएको छ । कार्यलयले ९ वटा गाविसमा उद्यमी बनाउने कामलाई तिब्रता दिइएकोमा सिप विकासमा २१६ जना उद्यम विकासमा १०२ जना तथा युवा उद्यमी ३० जनालाई उद्यमी बनाईएको जानकारी दिईएको थियो ।
बिराटनगर उप महानगर पालिका सहित डायनिया, रंगेली, बवियाविर्ता, होक्लावारी, मझारे, उर्लावारी, बेलवारी न।पा। र मोतिपुरका  स्थानीयलाई लक्षित गरेर उद्यमी बनाउने तालिम संचालन गरिएकोमा सबै धेरै आत्म निर्भर बन्ने तर्फ उन्मुख भएको प्रमुख पाण्डेले। जानकारी दिनुभयो । उहाँले गरीव, पिछडिएका वर्ग, दलित, आदिवासी         जनजाति,महिला र बेरोजगार यूवालाई लक्षित गरेर कार्यक्रम संचालन गरिएको जानकारी दिनुभयो । यसै बर्ष कार्यालयले ७ जना उद्यमीलाई प्रबिधि हस्तान्तरण गरेको छ ।
कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायाले उद्योगहरु दर्ताको लागि सिफारिस दिने भन्दा पनि त्यसको अनुगमनको समेत खाँचो रहेको औल्याउनु भयो । उद्योग दर्ता नहुँदै देखि उजुरीहरु आउने क्रम देखिनुले फोहोर ब्यवस्थापन र प्रदुषण न्युनिकरणमा उद्योगहरु गम्भीर बन्न नसकेकोले अनुगमन आबस्यक रहेको बताउनु भएको हो । उद्यम विकास समितिका अध्यक्ष स्थानीय विकास अधिकारी नारायण मैनालीले घरेलु तथा साना उद्योग कार्यालयलले गरेको कामको प्रशंसा गर्दै असार मसान्त भित्रमा सबै काम सकेर समिक्षा गर्नु सकारात्मक भएकोले उद्यमसिलताको विकासमा सत् प्रतिशत काम सम्पन्न भएको बताउनुभयो ।



वर्तमान प्रधानमन्त्री केपी ओली ०४६ सालको परिवर्तन पछिका २४ औं प्रधानमन्त्री हुन् । अल्पमतमा परेर विश्वास गुमाइसकेको भन्दै नयाँ गठबन्धनका दलहरुले उनको राजीनामा मागिरहेका बेला वितेको २६ बर्षमा कुन प्रधानमन्त्रीले कसरी राजीनामा दिनुपर्यो भन्ने सन्दर्भ चाखलाग्दो छ।pm list

कृष्णप्रसाद भट्टराई (२०४७–२०४८)

भट्टराई ०४६ सालको अन्तरिम कालका प्रधानमन्त्री बनेका काँग्रेसका नेता हुन् । ०४७ को संविधान ल्याउन र ०४८ सालको निर्वाचन गराउनसम्म उनको भूमिका महत्वपूर्ण रह्यो । तर उनले ०४८ सालको चुनावमा काठमाडौं क्षेत्र नं १ बाट मदन भण्डारीसँग पराजित भए । जसको कारण उनले प्रधानमन्त्रीबाट राजीनामा दिनु पर्यो।

गिरिजाप्रसाद कोइराला (०४८–०५१)

०४८ सालको आम निर्वाचनबाट बहुमत प्राप्त गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार तीन वर्षसम्म टिक्यो । यो नै ०४६ साल यता सबैभन्दा लामो समय टिकेको सरकार हो । यो सरकार ढल्नलाई काँग्रेसको आन्तरिक गुटबन्दी नै मुख्य रह्यो । काँग्रेसभित्र ३६ र ७४ मा सांसदहरु विभाजित भए । सरकार गठन भएको ६ महिनामै एमालेले कर्मचारीको आन्दोलन थालेको थियो । तर सरकार गिर्ने मुख्य कारण भने २०५० सालको कात्तिकमा आफ्नै पार्टीको नीति तथा कार्यक्रम संसदमा पारित गर्ने बेला ३६ जना काँग्रेसी सांसद अनुपस्थित रहे । जसको कारण कोइरालाले संसद विघटन गरी मंसीरमा निर्वाचन घोषणा गरे । चुनावी परिणाम एमालेको पक्षमा आएपछि कोइरलाले राजीनामा दिनुपरेको थियो।

मनमोहन अधिकारी (०५१–०५२)

०५१ सालको आम निर्वाचनपछि अधिकारीले अल्पमतको सरकार नेतृत्व गरे । नौ महिने कार्यकालमा सरकारले ल्याएको ‘आफ्नो गाउँ आफै बनाऔं’ कार्यक्रम लोकप्रिय मानियो । सरकार ढाल्न गिरिजाबाबुले अविश्वासको प्रस्ताव ल्याएपछि अधिकारीले संसद विघटनको घोषणा गरेका थिए । तर संसद विघटनको मुद्दामा सर्वोच्च अदालतका तत्कालीन प्रधानन्याधीश विश्वनाथ उपाध्यायले अल्पमतको सरकारले संसद विघटन गर्न नमिल्ने फैसला गरिदिए । यहीबेला अधिकारी बर्दियामा हेलिकप्टर दुर्घटना भएर टिचिङ अस्पतालको बेडमा थिए । अस्पतालकै बेडबाट उनले राजीनामा दिए ।

शेरबहादुर देउवा (०५२–०५३)

देउवाको राजीनामाको प्रसंग पनि रोचक नै छ। उनको पहिलो कार्यकाल एक वर्ष पुग्दा नपुग्दै उनीविरुद्ध एमालेले अविश्वासको प्रस्ताव संसदमा पेश गरेको थियो । आफ्नै पार्टीका गिरिजाबाबुले दुई जना सांसदलाई सिंगापुर पठाइदिएर देउवालाई अल्पमतमा पारी राजीनामा दिन बाध्य पारेका थिए। यही बेलाबाट संसदमा सुरा–सुन्दरी काण्ड र सांसद किनबेचको चर्चा सुरु भएको हो।

लोकेन्द्रबहादु चन्द (०५३–०५४)

एमालेको सर्मथनमा राप्रपा नेता लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा सरकार बन्यो । यो सरकार लगभग छ महिना भन्दा लामो समय टिक्न सकेन । काँग्रेसले राप्रपाभित्रको अर्को पक्ष सूर्यबहादुर थापालाई आफ्नो पक्षमा ल्याएपछि, काँग्रेसले पेश गरेको अविश्वास प्रस्तावबाट सरकार ढालियो ।

सूर्यबहादुर थापा (०५४–०५४)

राप्रपा विभाजन भएर काँग्रेसको समर्थनमा बनेको थापा सरकार पनि छ महिना भन्दा लामो समय टिक्न सकेन । यसको मुख्य कारण एमाले र काँग्रेसका बीचमा भएको अस्वस्थ्य श्पर्धा हो।

गिरिजाप्रसाद कोइराला (०५४–०५५)

०५४ सालको स्थानीय निर्वाचनपछि एमाले विभाजन भयो । वामदेव गौतमको नेतृत्वमा नेकपा माले नयाँ पार्टी बन्यो । जसको कारण कहिले माले त कहिले एमालेसँग मिलेर गिरिजाबाबुले सरकारको तीन पटकसम्म नेतृत्व गर्ने अवसर पाए । उनी (२०५५–२०५५) र (०५५–०५६) मा पनि प्रधानमन्त्री भएका थिए । ०५६ सालको संसदीय निर्वाचनमा कृष्णप्रसाद भट्टराईलाई आगामी प्रधानमन्त्री घोषणा गरी चुनावी अभियान थाल्यो । त्यसपछि काँग्रेसले चुनाव जितेपछि कोइरलाले राजीनामा गरेर भट्टराईलाई प्रधानमन्त्री सुम्पेका थिए ।

कृष्णप्रसाद भट्टराई (०५६–०५६)

०५६ सालको आम निर्वाचनमा नेपाली काँग्रेसले १ सय १४ सीटसहित स्पष्ट बहूमत ल्यायो । भट्टराईको नाममा चुनाव प्रचार गरिएको हुनाले उनकै नेतृत्वमा सरकार गठन भयो । तर सरकार जम्मा छ महिना भन्दा बढी टिक्न सकेन, आफ्नै पार्टीको आन्तरिक गुटबन्दीको कारण । भट्टराईलाई माआवादी समस्या समाधान गर्न नसकेको, सुशासन दिन र भ्रष्टचार रोक्न नसकेको आरोप लगाएर गिरिजाबाबुको नेतृत्वमा अविश्वासको प्रस्तावमार्फत राजीनामा दिन बाध्य पारियो । भट्टराईले रोष्ट्रममा उभ्भिएर आफ्नै सांसद र नेतालाई गाली गर्दै राजीनामा दिएका थिए । त्यसपछि त भट्टराईले काँग्रेस पार्टी नै परित्याग गरे।

गिरिजाप्रसाद कोइराला (०५६–०५८)

०५६ सालको निर्वाचनपछि नेकपा माले पार्टी अस्तित्वमा आएन। काँग्रेसको बहुमत आएपछि एमाले प्रतिपक्षमा बन्यो । कोइराला सरकार लगभग दुई वर्ष टिकेको थियो । रोल्पाको होलेरी प्रहरी चौकीका ठूलो संख्यामा प्रहरीहरु माओवादी कब्जामा परेपछि कोइरालाले सेना परिचालन गर्न खोजेका थिए। दरबार र सेनासँग कुरा नमिलेपछि उनले राजीनामा दिएका थिए ।

शेरबहादुर देउवा (०५८–०५९)

कोइरालापछि प्रधानमन्त्री बनेका देउवाले ०५९ जेठमा संसद विघटन गरी मंसिरमा निर्वाचन घोषणा गरेका थिए । तर असोजमा निर्वाचन अर्को वर्षका लागि सारेपछि उनलाई राजा ज्ञानेन्द्रले असोज १८ गते निर्वाचन गर्न असक्षम प्रधानमन्त्री भनी पदच्युत गरेका थिए र राजाले तत्कालका लागि आफैले अध्यक्षता गरेका थिए ।

लोकेन्द्रबहादुर चन्द (०५९–०६०)

राजा ज्ञानेन्द्रकै इच्छामा छ महिनामा राजीनामा ।

सूर्यबहादुर थापा (०६०–०६१)

राजा ज्ञानेन्द्रकै इच्छामा प्रधानमन्त्री भएका थापाले पनि छ महिनामै राजा ज्ञानेन्द्रको इच्छामा राजीनामा दिएका थिए ।

शेरबहादुर देउवा (०६१–०६१)

थापापछि प्रधानमन्त्री बनाइएका देउवालाई ०६१, माघ १९ गते राजा ज्ञानेन्द्रले दोश्रोपटक अक्षम घोषणा गरी बर्खास्त गरेका थिए।

राजा ज्ञानेन्द्र ( ०६१–०६३)

०६१ सालको माघ १९ मा शक्ति हत्याएका राजा ज्ञानेन्द्र आफै ०६३ वैशाख ११ गतेसम्म मन्त्रीपरिषद्को अध्यक्ष रहे । ०६२\०६३ सालको जनआन्दोलबाट संसद पुर्नस्थापना गरेपछि ज्ञानेन्द्रको शासन अन्त्य भएको थियो।

गिरिजाप्रसाद कोइराला (०६३–०६५)

संसद पुर्नस्थापना पछि काँग्रेस, माओवादी, एमाले र साना दलसहित आन्दोलनरत सात दलको संयुक्त सरकारको नेतृत्व कोइरालाले गरेका थिए । कोइरालाले ०६४ सालको पहिलो संविधानसभाको चुनाव सम्पन्न भएको ४ महिनापछि राजीनामा दिएका थिए । संविधानसभामा सबैभन्दा ठूलो दलको रुपमा तत्कालीन नेकपा (माओवादी) बनेपछि उनले राजीनामा दिएका हुन्।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ (०६५–०६६)

पहिलो संविधानसभाबाट माओवादी पहिलो दल बनेपछि दाहाल प्रधानमन्त्री बनेका हुन । दाहालको सरकार बर्हिगमनलाई ०४८ साल यताका प्रधानमन्त्रीहरुमा सबैभन्दा चर्चित ‘राजीनामा काण्ड’का रुपमा चिनिन्छ ।प्रधानसेनापति रुक्माङगत कटवालमाथि उनले चलाएको कारवाही प्रक्रिया २२ दलसहित राष्ट्रपति रामवरण यादवले उल्टाइदिएपछि दाहालले पार्टीभित्र समेत छलफल नगरी प्रधानमन्त्रीबाट राजीनामा गरेका थिए ।

माधवकुमार नेपाल (०६६–०६७)

२२ दलको संयुक्त सरकारको नेतृत्व गरेका नेपालले भने आफ्नै पार्टीभित्रको मतभेदका कारण सरकारबाट राजीनामा दिनु परेको थियो । अध्यक्ष झलनाथ खनालको समूहले सरकार ढाली माओवादीको समर्थनमा आफ्नै नेतृत्वमा सरकार निर्माण गरेको थियो ।

झलनाथ खनाल (०६७–०६८)

छ महिना मात्र टिकेको खनाल नेतृत्वको सरकार पनि आफ्नै पार्टीभित्रको अन्तरद्वन्द्वले नै चाँडै ढल्न पुगेको हो । यद्यपी प्रतिपक्ष काँग्रेसले राष्ट्रिय सहमतिको सरकारको लागि पहल नगरेको भने होइन । काँग्रससँग मिलेर एमाले नेता माधवकुमार नेपाल र केपी ओली नै खनाल सरकार ढाल्न लागि परेका थिए।

बाबुराम भट्टराई (०६८–०६९)

मधेसवादी दलको समर्थनमा बनेको सरकारको नेतृत्वकर्ता भट्टराईले पहिलो संविधानसभा आफैले विघटन गरेका थिए । दोस्रो संविधानसभाको निर्वाचन तत्कालीन प्रधानन्याधीश खिलराज रेग्मीको नेतृत्वमा गराउने दलीय सहमति भएपछि उनले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए ।

खिलराज रेग्मी (०६९–०७०)

मन्त्रीपरिषद्का अध्यक्ष रेग्मी दोस्रो संविधानसभाको चुनाव गराउँदासम्मको सरकार प्रमुखको हैसियतमा रहे। ०७० साल मंसीरमा चुनाव सम्पन्न गराएर उनले दलहरुलाई सरकारको साँचो सुम्पे ।

सुशिल कोइराला (०७०–०७२)

कोइरालाले एमालेसँग मिलेर सरकार बनाए । माओवादी प्रतिपक्षमा बसेको थियो । ०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प आएपछि भने काँग्रेस, एमाले, माओवादी र मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)का बीचमा १६ बुँदे सहमति भयो । सो सहमति अनुसार कोइरालाको नेतृत्वमा संविधान जारी गर्ने र त्यसपछि एमालेको नेतृत्वमा संविधान कार्यान्वयन गर्ने दलहरु बीचमा सहमति भएको थियो । संविधान जारी भएपछि कोइरालाले समझदारी अनुसार ओलीलाई नेतृत्व दिएनन्। सदनमा भएको प्रधानमन्त्रीको चुनावमा आफै उमेद्वार बने र पराजित भए। माओवादी र राप्रपा नेपालसहितका अन्य केही दलले एमालेलाई साथ दिएपछि कोइराला पराजित भए।

केपी शर्मा ओली (०७२–अहिलेसम्म)

प्रधानमन्त्री ओली बन्नु अघि एमाले र माओवादी बीचमा १४ बुँदे सहमति भएको थियो । सो सहमति लागू नभएको भन्दै जेठमा बजेट ल्याउनु अगाडि नै माओवादीले सरकारबाट फिर्ता हुने जनाउ दिएपछि एमाले र माओवादीका बीचमा ९ बुँदे समझदारी भएको थियो । ९ बुँदे समझदारी अनुसार युद्धकालीन मुद्दाहरु हल गर्न एमाले तयार नभएको माओवादीको आरोप छ । तीन बुँदे भद्र सहमति अनुसार बजेट पारित भएपछि प्रचण्डलाई सत्ता हस्तान्तरण गर्न ओली तयार नभएको जनाएर माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ओली सरकार अल्पमत परेको छ । तर, प्रधानमन्त्री ओलीले राजीनामा नदिइ संसदको सामना गर्ने बताइरहेका छन् ।

कृष्णप्रसाद भट्टराई (२०४७–२०४८)

भट्टराई ०४६ सालको अन्तरिम कालका प्रधानमन्त्री बनेका काँग्रेसका नेता हुन् । ०४७ को संविधान ल्याउन र ०४८ सालको निर्वाचन गराउनसम्म उनको भूमिका महत्वपूर्ण रह्यो । तर उनले ०४८ सालको चुनावमा काठमाडौं क्षेत्र नं १ बाट मदन भण्डारीसँग पराजित भए । जसको कारण उनले प्रधानमन्त्रीबाट राजीनामा दिनु पर्यो।

गिरिजाप्रसाद कोइराला (०४८–०५१)

०४८ सालको आम निर्वाचनबाट बहुमत प्राप्त गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार तीन वर्षसम्म टिक्यो । यो नै ०४६ साल यता सबैभन्दा लामो समय टिकेको सरकार हो । यो सरकार ढल्नलाई काँग्रेसको आन्तरिक गुटबन्दी नै मुख्य रह्यो । काँग्रेसभित्र ३६ र ७४ मा सांसदहरु विभाजित भए । सरकार गठन भएको ६ महिनामै एमालेले कर्मचारीको आन्दोलन थालेको थियो । तर सरकार गिर्ने मुख्य कारण भने २०५० सालको कात्तिकमा आफ्नै पार्टीको नीति तथा कार्यक्रम संसदमा पारित गर्ने बेला ३६ जना काँग्रेसी सांसद अनुपस्थित रहे । जसको कारण कोइरालाले संसद विघटन गरी मंसीरमा निर्वाचन घोषणा गरे । चुनावी परिणाम एमालेको पक्षमा आएपछि कोइरलाले राजीनामा दिनुपरेको थियो।

मनमोहन अधिकारी (०५१–०५२)

०५१ सालको आम निर्वाचनपछि अधिकारीले अल्पमतको सरकार नेतृत्व गरे । नौ महिने कार्यकालमा सरकारले ल्याएको ‘आफ्नो गाउँ आफै बनाऔं’ कार्यक्रम लोकप्रिय मानियो । सरकार ढाल्न गिरिजाबाबुले अविश्वासको प्रस्ताव ल्याएपछि अधिकारीले संसद विघटनको घोषणा गरेका थिए । तर संसद विघटनको मुद्दामा सर्वोच्च अदालतका तत्कालीन प्रधानन्याधीश विश्वनाथ उपाध्यायले अल्पमतको सरकारले संसद विघटन गर्न नमिल्ने फैसला गरिदिए । यहीबेला अधिकारी बर्दियामा हेलिकप्टर दुर्घटना भएर टिचिङ अस्पतालको बेडमा थिए । अस्पतालकै बेडबाट उनले राजीनामा दिए ।

शेरबहादुर देउवा (०५२–०५३)

देउवाको राजीनामाको प्रसंग पनि रोचक नै छ। उनको पहिलो कार्यकाल एक वर्ष पुग्दा नपुग्दै उनीविरुद्ध एमालेले अविश्वासको प्रस्ताव संसदमा पेश गरेको थियो । आफ्नै पार्टीका गिरिजाबाबुले दुई जना सांसदलाई सिंगापुर पठाइदिएर देउवालाई अल्पमतमा पारी राजीनामा दिन बाध्य पारेका थिए। यही बेलाबाट संसदमा सुरा–सुन्दरी काण्ड र सांसद किनबेचको चर्चा सुरु भएको हो।

लोकेन्द्रबहादु चन्द (०५३–०५४)

एमालेको सर्मथनमा राप्रपा नेता लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा सरकार बन्यो । यो सरकार लगभग छ महिना भन्दा लामो समय टिक्न सकेन । काँग्रेसले राप्रपाभित्रको अर्को पक्ष सूर्यबहादुर थापालाई आफ्नो पक्षमा ल्याएपछि, काँग्रेसले पेश गरेको अविश्वास प्रस्तावबाट सरकार ढालियो ।

सूर्यबहादुर थापा (०५४–०५४)

राप्रपा विभाजन भएर काँग्रेसको समर्थनमा बनेको थापा सरकार पनि छ महिना भन्दा लामो समय टिक्न सकेन । यसको मुख्य कारण एमाले र काँग्रेसका बीचमा भएको अस्वस्थ्य श्पर्धा हो।

गिरिजाप्रसाद कोइराला (०५४–०५५)

०५४ सालको स्थानीय निर्वाचनपछि एमाले विभाजन भयो । वामदेव गौतमको नेतृत्वमा नेकपा माले नयाँ पार्टी बन्यो । जसको कारण कहिले माले त कहिले एमालेसँग मिलेर गिरिजाबाबुले सरकारको तीन पटकसम्म नेतृत्व गर्ने अवसर पाए । उनी (२०५५–२०५५) र (०५५–०५६) मा पनि प्रधानमन्त्री भएका थिए । ०५६ सालको संसदीय निर्वाचनमा कृष्णप्रसाद भट्टराईलाई आगामी प्रधानमन्त्री घोषणा गरी चुनावी अभियान थाल्यो । त्यसपछि काँग्रेसले चुनाव जितेपछि कोइरलाले राजीनामा गरेर भट्टराईलाई प्रधानमन्त्री सुम्पेका थिए ।

कृष्णप्रसाद भट्टराई (०५६–०५६)

०५६ सालको आम निर्वाचनमा नेपाली काँग्रेसले १ सय १४ सीटसहित स्पष्ट बहूमत ल्यायो । भट्टराईको नाममा चुनाव प्रचार गरिएको हुनाले उनकै नेतृत्वमा सरकार गठन भयो । तर सरकार जम्मा छ महिना भन्दा बढी टिक्न सकेन, आफ्नै पार्टीको आन्तरिक गुटबन्दीको कारण । भट्टराईलाई माआवादी समस्या समाधान गर्न नसकेको, सुशासन दिन र भ्रष्टचार रोक्न नसकेको आरोप लगाएर गिरिजाबाबुको नेतृत्वमा अविश्वासको प्रस्तावमार्फत राजीनामा दिन बाध्य पारियो । भट्टराईले रोष्ट्रममा उभ्भिएर आफ्नै सांसद र नेतालाई गाली गर्दै राजीनामा दिएका थिए । त्यसपछि त भट्टराईले काँग्रेस पार्टी नै परित्याग गरे।

गिरिजाप्रसाद कोइराला (०५६–०५८)

०५६ सालको निर्वाचनपछि नेकपा माले पार्टी अस्तित्वमा आएन। काँग्रेसको बहुमत आएपछि एमाले प्रतिपक्षमा बन्यो । कोइराला सरकार लगभग दुई वर्ष टिकेको थियो । रोल्पाको होलेरी प्रहरी चौकीका ठूलो संख्यामा प्रहरीहरु माओवादी कब्जामा परेपछि कोइरालाले सेना परिचालन गर्न खोजेका थिए। दरबार र सेनासँग कुरा नमिलेपछि उनले राजीनामा दिएका थिए ।

शेरबहादुर देउवा (०५८–०५९)

कोइरालापछि प्रधानमन्त्री बनेका देउवाले ०५९ जेठमा संसद विघटन गरी मंसिरमा निर्वाचन घोषणा गरेका थिए । तर असोजमा निर्वाचन अर्को वर्षका लागि सारेपछि उनलाई राजा ज्ञानेन्द्रले असोज १८ गते निर्वाचन गर्न असक्षम प्रधानमन्त्री भनी पदच्युत गरेका थिए र राजाले तत्कालका लागि आफैले अध्यक्षता गरेका थिए ।

लोकेन्द्रबहादुर चन्द (०५९–०६०)

राजा ज्ञानेन्द्रकै इच्छामा छ महिनामा राजीनामा ।

सूर्यबहादुर थापा (०६०–०६१)

राजा ज्ञानेन्द्रकै इच्छामा प्रधानमन्त्री भएका थापाले पनि छ महिनामै राजा ज्ञानेन्द्रको इच्छामा राजीनामा दिएका थिए ।

शेरबहादुर देउवा (०६१–०६१)

थापापछि प्रधानमन्त्री बनाइएका देउवालाई ०६१, माघ १९ गते राजा ज्ञानेन्द्रले दोश्रोपटक अक्षम घोषणा गरी बर्खास्त गरेका थिए।

राजा ज्ञानेन्द्र ( ०६१–०६३)

०६१ सालको माघ १९ मा शक्ति हत्याएका राजा ज्ञानेन्द्र आफै ०६३ वैशाख ११ गतेसम्म मन्त्रीपरिषद्को अध्यक्ष रहे । ०६२\०६३ सालको जनआन्दोलबाट संसद पुर्नस्थापना गरेपछि ज्ञानेन्द्रको शासन अन्त्य भएको थियो।

गिरिजाप्रसाद कोइराला (०६३–०६५)

संसद पुर्नस्थापना पछि काँग्रेस, माओवादी, एमाले र साना दलसहित आन्दोलनरत सात दलको संयुक्त सरकारको नेतृत्व कोइरालाले गरेका थिए । कोइरालाले ०६४ सालको पहिलो संविधानसभाको चुनाव सम्पन्न भएको ४ महिनापछि राजीनामा दिएका थिए । संविधानसभामा सबैभन्दा ठूलो दलको रुपमा तत्कालीन नेकपा (माओवादी) बनेपछि उनले राजीनामा दिएका हुन्।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ (०६५–०६६)

पहिलो संविधानसभाबाट माओवादी पहिलो दल बनेपछि दाहाल प्रधानमन्त्री बनेका हुन । दाहालको सरकार बर्हिगमनलाई ०४८ साल यताका प्रधानमन्त्रीहरुमा सबैभन्दा चर्चित ‘राजीनामा काण्ड’का रुपमा चिनिन्छ ।प्रधानसेनापति रुक्माङगत कटवालमाथि उनले चलाएको कारवाही प्रक्रिया २२ दलसहित राष्ट्रपति रामवरण यादवले उल्टाइदिएपछि दाहालले पार्टीभित्र समेत छलफल नगरी प्रधानमन्त्रीबाट राजीनामा गरेका थिए ।

माधवकुमार नेपाल (०६६–०६७)

२२ दलको संयुक्त सरकारको नेतृत्व गरेका नेपालले भने आफ्नै पार्टीभित्रको मतभेदका कारण सरकारबाट राजीनामा दिनु परेको थियो । अध्यक्ष झलनाथ खनालको समूहले सरकार ढाली माओवादीको समर्थनमा आफ्नै नेतृत्वमा सरकार निर्माण गरेको थियो ।

झलनाथ खनाल (०६७–०६८)

छ महिना मात्र टिकेको खनाल नेतृत्वको सरकार पनि आफ्नै पार्टीभित्रको अन्तरद्वन्द्वले नै चाँडै ढल्न पुगेको हो । यद्यपी प्रतिपक्ष काँग्रेसले राष्ट्रिय सहमतिको सरकारको लागि पहल नगरेको भने होइन । काँग्रससँग मिलेर एमाले नेता माधवकुमार नेपाल र केपी ओली नै खनाल सरकार ढाल्न लागि परेका थिए।

बाबुराम भट्टराई (०६८–०६९)

मधेसवादी दलको समर्थनमा बनेको सरकारको नेतृत्वकर्ता भट्टराईले पहिलो संविधानसभा आफैले विघटन गरेका थिए । दोस्रो संविधानसभाको निर्वाचन तत्कालीन प्रधानन्याधीश खिलराज रेग्मीको नेतृत्वमा गराउने दलीय सहमति भएपछि उनले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए ।

खिलराज रेग्मी (०६९–०७०)

मन्त्रीपरिषद्का अध्यक्ष रेग्मी दोस्रो संविधानसभाको चुनाव गराउँदासम्मको सरकार प्रमुखको हैसियतमा रहे। ०७० साल मंसीरमा चुनाव सम्पन्न गराएर उनले दलहरुलाई सरकारको साँचो सुम्पे ।

सुशिल कोइराला (०७०–०७२)

कोइरालाले एमालेसँग मिलेर सरकार बनाए । माओवादी प्रतिपक्षमा बसेको थियो । ०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प आएपछि भने काँग्रेस, एमाले, माओवादी र मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)का बीचमा १६ बुँदे सहमति भयो । सो सहमति अनुसार कोइरालाको नेतृत्वमा संविधान जारी गर्ने र त्यसपछि एमालेको नेतृत्वमा संविधान कार्यान्वयन गर्ने दलहरु बीचमा सहमति भएको थियो । संविधान जारी भएपछि कोइरालाले समझदारी अनुसार ओलीलाई नेतृत्व दिएनन्। सदनमा भएको प्रधानमन्त्रीको चुनावमा आफै उमेद्वार बने र पराजित भए। माओवादी र राप्रपा नेपालसहितका अन्य केही दलले एमालेलाई साथ दिएपछि कोइराला पराजित भए।

केपी शर्मा ओली (०७२–अहिलेसम्म)

प्रधानमन्त्री ओली बन्नु अघि एमाले र माओवादी बीचमा १४ बुँदे सहमति भएको थियो । सो सहमति लागू नभएको भन्दै जेठमा बजेट ल्याउनु अगाडि नै माओवादीले सरकारबाट फिर्ता हुने जनाउ दिएपछि एमाले र माओवादीका बीचमा ९ बुँदे समझदारी भएको थियो । ९ बुँदे समझदारी अनुसार युद्धकालीन मुद्दाहरु हल गर्न एमाले तयार नभएको माओवादीको आरोप छ । तीन बुँदे भद्र सहमति अनुसार बजेट पारित भएपछि प्रचण्डलाई सत्ता हस्तान्तरण गर्न ओली तयार नभएको जनाएर माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ओली सरकार अल्पमत परेको छ । तर, प्रधानमन्त्री ओलीले राजीनामा नदिइ संसदको सामना गर्ने बताइरहेका छन् ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget