Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

पहिरोले मुग्लिन नारायणगढ सडक अवरुद्ध


नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दारेचोक गाविस–४ मुग्लिन बजार नजिकै पहिरो खसेपछि आज बिहान साढे ५ बजेबाट सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मुग्लिन बजारबाट ४सय  मिटर नारायणगढतर्फ पहिरो खसेको हो ।
सडक विस्तारका क्रममा काटिएको भित्तो माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । सडक खुलाउने कार्य सुरु भइसकेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएसँगै मुग्लिनतर्फ जाने आउने सवारी लाम लागेको छ ।
रुकुमको ग्रामीण यातायात अवरुद्ध
जिल्लाका अधिकांश ग्रामीण सडक बर्खा लागेसँगै अवरुद्ध हुँदा रुकुमका विभिन्न स्थानको यातायात प्रभावित भएको छ । वर्षाले विभिन्न सडकमा पहिरो झर्ने तथा पानीले सडक ठाउँठाउँ फाटेपछि यातायात सञ्चालन हुन नसकेको हो । सदरमुकाम खलङ्गादेखि आठबिसकोट, चौरजहारी, पीपल, पोखरा, तकसेरा, महत, काँक्री जाने सडक पूर्णरूपमा बन्द भएका छन् भने रुकुमकोट, बाँफीकोटलगायतका ठाउँ पुग्ने सडक अनियमित बनेका छन् ।
अनियमित रूपमा गाडी चलेका सडकमा पनि जोखिमपूर्ण यात्रा गर्नुपरेको यातायात व्यवसायीले बताएका छन् । सडक निर्माणपछि नाला नकाट्दा समस्या भएको चालकको भनाइ छ ।
विशेषगरी आठबिसकोट, काँक्री, रुकुमकोट बजारबाट सेवा लिने उपभोक्ता महँगीको मारमा परेका छन् । सडक सञ्चालन नहुँदा मान्छेबाटै सामान ढुवानी गर्नुपर्ने भएकाले सामान महँगो भएको व्यवसायीले बताउँछन् ।
यसैविच अविरल बर्षापछी पहिरोका कारण महाकाली राजमार्ग शुक्रवार बेलुका देखि फेरी अवरुद्ध भएको छ । बैतडीको सतवाझदेखि गोकुलेश्वर सडकखण्ड अन्तर्गत पर्ने गोकुलेश्वर १ बांगाबगरमा शुक्रवार बेलुका पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । पहिरोका कारण सडक अबरुद्ध बनेको सडकलाई शनिवार विहानदेखि जेसिवी डोजरले पहिरो पन्छाईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिनुभयो । राजमार्ग अवरुद्ध हुदा यातायात पुर्ण रुपमा बन्द हुँदा यात्रु अलपत्र परेका छन । यातायातका साधन पुर्ण रुपमा बन्द हुदा बैतडीबाट बाहिरीने र भित्रीने लामो तथा छोटादुरीका यातायातका साधन रोकिएका छन । सडक अवरुद्ध हुँदा काठमाडौं, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, दार्चुला, बैतडी सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका सवारीसाधन ठप्प भएका छन ।
त्यस्तैै
पासाङल्हामु राजमार्गका विभिन्न भागमा सडक जीर्ण बन्दै स्थानियलाई समस्या भएको छ । राजमार्ग जीर्णभएपछि स्थानीय प्रशासनले ठूला मालबाहक गाडी नचलाउन व्यवसायीलाई आग्रह गरेको छ ।
जिल्ला दैवीप्रकोप उद्धार समितिको राजमार्गको रसुवा खण्डअन्तर्गत ग्राङ–मूलखर्क, फूलखर्क–खोपाङभिर र सानु भार्खु लगायत क्षेत्र वर्षाका कारण जीर्ण बन्दै गएपछि एक पटकमा १० टनभन्दा बढी सामान बोेकेका गाडी वर्षायामभर नचलाउन सबै व्यवसायी र सवारीधनीलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताउनुभयो ।

बाढीले सात पसल बगायो, १५ जोखिममा
बझाङ सदरमुकाम चैनपुरमा शुक्रबार बेलुका एक्कासि बाढी पस्दा सात पसल बगाएको छ । बजार नजिकै रहेको बाउली खोलामा आएको बाढीले सात वटा पसल र एउटा झोलुङ्गे पुल बगाएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । बगेका पसलमा किराना, तरकारी र फलफूल रहेको प्रहरीले बताएको छ ।  अझै १५ पसल बाढीको उच्च जोखिममा रहेका प्रहरी नायब उपरीक्षक चन्दले उल्लेख गर्नुभयो । तीस वटाभन्दा बढी गाविसलाई जोड्ने मुख्य झोलुङ्गे पुल बगाउँदा सदरमुकाम गाउँको सम्बन्ध टुटेको छ । बाढीले मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ । शुक्रबार बिहानदेखि आएको पानीका कारण बेलुकीे बाढी बजार क्षेत्रमा पसेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget