Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

बाढीले पूर्व क्षेत्र डुबानमा


अविरल बर्षा पछि आएको बाढीका कारण पूर्वको जनाजिवन प्रभावित भएको छ ।
बाढी कारण झापा, सुनसरी, सप्तरी, मोरङ जनकपुर लगायतका जिल्लाको जनजिवन कष्टकर बनेको छ ।
रातभर परेको अविरल वर्षाका कारण सुनसरीको  विभिन्न खोलामा आएको बाढीले बस्तीहरु डुबानमा परेका छन् ।
वर्षाकै कारण धमुना खोलामा आएको बाढीका कारण जिल्लाको अमडुवाका विभिन्न वडाका ६३ घरडुबानमा परेका छन् । यसैगरी टेङ्ग्रा खोलामा आएको बाढीका कारण अमाहीबेला ५६ घर डुबानमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको तथ्याङ्कका एअनुसार पश्चिम कुशाहा–९ मा पानीको निकास नहुँदा ९ घर जलमग्न बन्न पुगेको छ । यता बूढीखोलामा आएको बाढीले अमाहीबेलाहा–८ मा पनि केही डुबानमा परेको छ । घर गोठ डुबानमा परेपछि मानिस भने अग्लो स्थानतिर सरेका र चौपायालाई खुला छाडिदिएको बताइएको छ ।
यसैबीच आज बिहान ६ बजे सप्तकोसी नदीमा दुई लाख २२ हजार ९०५ क्युसेक प्रतिसेकेन्ड बाढी मापन भएको छ । बाढी निकासका लागि ब्यारेजका ३० ढोका खुल्ला गरिएका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले जनाकारी दिनुभयो ।
जनकपुर जलमग्न
लगातारको वर्षाका कारण जनकपुर उपमहानगरपालिकाका जलमग्न भएको छ । वर्षाले उपमहानगरपालिकाका २७ वटै वडाका पुरानो घरमा पानी पसेको छ ।
पानीको निकास नभएकाले सडक जलाशयमा परिणत भई ढलको पानी सडकमा नै बगिरहेको छ । । पानीले टेलिफोन र विद्युत् प्रसारणसमेत प्रभावित भएको छ ।पानीले उपमहानगरपालिकामा रहेका हुलाक , यातायात लगायतका सरकारी कार्यालय डुबानमा परेको छ । यसैगरी र आनन्दनगर, बलवा टोल, देवी चोक क्षेत्र डुबानमा परेको छ ।
यसैबीच, सिमा क्षेत्रका भारतीय सुरक्षाकर्मी र स्थानीयले सप्तरीको तिलाठी नजिक दसगजामा बाध बनाउन सुरु गरेका छन् । भारतीय पक्षबाट बनाईएको सो बाधका कारण नेपाल तर्फ एकदर्जन गाबिस डुबानमा पर्ने गरेको छ ।
झापामा दुईको मृत्यु, नौ सय परिवार विस्थापित

अविरल वर्षापछि आएको बाढीका कारण झापामा दुई जनाको मृत्यु भएको छ भने  एक बेपत्ता र ९ सय  घरपरिवार विस्थापित भएका छन् । नेपाल रेडक्रस सोसाइटी झापाका अनुसार गोलधाप–८ निवासी ६४ वर्षीय कालीबहादुर लिम्बू र गौरादह–५ निवासी ३६ वर्षीय टेकेन्द्र खड्काको मृत्यु भएको छ भने कुमरखोद–४ स्थायी बसोबास गर्दै आएका भारत घर भएका १८ वर्षीय कालु भनिने बाबुलाल मर्डीलाई माई खोलाले बगाएर बेपत्ता बनाएको छ । झापाका मेची, निन्दा, विरिङ, कनकाई, रतुवालगायतका नदीमा पानीको सतह बढेपछि धेरै घरपरिवार विस्थापित भएका हुन् । बाढीका कारण के कति आर्थिक क्षति भयो सोको विवरण आउन नसकेको प्रमुख जिल्ला अधिकारी भुजेलले बताउनुभयो ।

यस्तै मोरङका स्थानीय नदिमा आएको बाढीले विभिन्न स्थान आज पनि डुबानमा परेका छन् । ।
यसैबीच, आज पनि तराई र चुरे क्षेत्रमा भारी बर्षा हुने भएकाले पूर्वी तराईका जिल्लामा उच्च सर्तकता अपनाउन जल तथा मौसम विभागको बाढी पुर्वानुमान शाखाले आग्रह गरेको छ 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget