मोरङ जिल्लामा यो बर्ष ६७६ वटा उद्योग थपिएका छन् । गत आर्थिक बर्षको तुलनामा यो बर्ष उद्योग दर्ता गर्ने क्रम बढेको हो ।
आज घरेलु तथा साना उद्योग कार्यालय मोरङले बिराटनगरमा आयोजना गरेको बार्षिक समिक्षा गोष्टीका क्रममा आर्थिक बर्ष २०७१÷७२ को असार मसान्त सम्म ६ हजार २४ उद्योग दर्ता भएकोमा यो बर्ष ६७६ वटा उद्योग थपिएको कार्यालयले जानकारी दिएको हो । कार्यालयका वरिष्ठ उद्योग अधिकृत उमेश पाण्डेले दर्ता हुन आएका उद्योगमा बढी कृषि तथा वन जन्य उद्योग थपिएको जानकारी दिनुभयो ।
सोही अवसरमा कार्यालयले यस आिर्थक बर्ष भित्र गरेको कामको बारेमा पनि जानकारी गराएको छ । कार्यलयले ९ वटा गाविसमा उद्यमी बनाउने कामलाई तिब्रता दिइएकोमा सिप विकासमा २१६ जना उद्यम विकासमा १०२ जना तथा युवा उद्यमी ३० जनालाई उद्यमी बनाईएको जानकारी दिईएको थियो ।
बिराटनगर उप महानगर पालिका सहित डायनिया, रंगेली, बवियाविर्ता, होक्लावारी, मझारे, उर्लावारी, बेलवारी न।पा। र मोतिपुरका स्थानीयलाई लक्षित गरेर उद्यमी बनाउने तालिम संचालन गरिएकोमा सबै धेरै आत्म निर्भर बन्ने तर्फ उन्मुख भएको प्रमुख पाण्डेले। जानकारी दिनुभयो । उहाँले गरीव, पिछडिएका वर्ग, दलित, आदिवासी जनजाति,महिला र बेरोजगार यूवालाई लक्षित गरेर कार्यक्रम संचालन गरिएको जानकारी दिनुभयो । यसै बर्ष कार्यालयले ७ जना उद्यमीलाई प्रबिधि हस्तान्तरण गरेको छ ।
कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायाले उद्योगहरु दर्ताको लागि सिफारिस दिने भन्दा पनि त्यसको अनुगमनको समेत खाँचो रहेको औल्याउनु भयो । उद्योग दर्ता नहुँदै देखि उजुरीहरु आउने क्रम देखिनुले फोहोर ब्यवस्थापन र प्रदुषण न्युनिकरणमा उद्योगहरु गम्भीर बन्न नसकेकोले अनुगमन आबस्यक रहेको बताउनु भएको हो । उद्यम विकास समितिका अध्यक्ष स्थानीय विकास अधिकारी नारायण मैनालीले घरेलु तथा साना उद्योग कार्यालयलले गरेको कामको प्रशंसा गर्दै असार मसान्त भित्रमा सबै काम सकेर समिक्षा गर्नु सकारात्मक भएकोले उद्यमसिलताको विकासमा सत् प्रतिशत काम सम्पन्न भएको बताउनुभयो ।

Post a Comment