Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

भुष व्वाईलरको पदुषणले एकको मृत्यु , एक सिकिस्त सयौ घर परिवार विस्थापित हुने अवस्थामा


विराटनगर ः नेपाल दुग्ध वितरण आयोजनाले  संचालनमा ल्याएको भुष व्वाईलरको प्रदुषणले एक जना महिलाको  हर्ट एटाक भई मृत्यु भयो  ।
मृत्युहुनेमा विराटनगर—५ बस्ने किरण थापाकी आमा जानुकादेवी थापा छिन । यस्तै भुष व्वाईलरको  प्रदुषणलेनै विराटनगर—५ बस्ने यादव श्रेष्ठकी श्रीमती कविता श्रेष्ठको  अवस्था अहिले चिन्ताजनक छ । उनलाई मुटु रोगले समाएको छ । उनी आज भोली जस्तै छिन ।
दुग्ध वितरण आयोजनाले संचालनमा ल्याएको भुष व्वाईलर तत्कालै बन्द गर्न  जिल्ला प्रशासन कार्यालय , नगरपालिकामा  स्थानीयबासीहरुले माग गर्दै आएपनि कुनै सुनवाई हुन सकेको  छैन  । स्थानीयबासी देवेन्द्र रेग्मीले भने समवन्धित निकायमा सयौ पटक गुनासो गरेऊ तर कुनै सुनवाई भएन  । भुष व्वाईलरको प्रदुषणले गर्दा बसोवास गर्न नसकेर प्रकाश खत्री र किरण थापाले घर वेचेर हिडेको रेग्मीले सुनाए  । थापाले ५० लाख रुपैयाको घर २८ लाखमा बिक्री गरेर हिडे ।  आयोजना आसापासमा बसोबास गर्ने झन्डै एक सय घर परिवार  प्रभावित भई विस्थापित हुने अवस्थामा छन ।  आयोजनाले करिव ५ बर्षदेखी भुष व्वाईलर  संचालनमा ल्याएको हो । दैनिक ४ हजार किलो भुषलाई जलाएर त्यसबाट बाफ उत्पादन गरिन्छ । जुन बाफले २० हजार  घुलो दुधलाई पाउडर दुध उत्पादन गर्न मदत  गर्छ । यो प्रविधि अपनाउदा आयोजनालाई विधुत लागतमा आधा कम हुन्छ ।
आवाज ठूलो आउने भुष व्वाईलरको  चिमबाट निस्कने धुलोले गर्दा   श्वास प्रश्वासको समस्या देखिदै गएको अर्का स्थानीयबासी कमल पराजुलीले बताए । उनका अनुसार लगातारको कोलाहलले बच्चाहरुले पढन नपाएको ,  ध्वनी प्रदुषणले सुत्न समस्या भएको , कालो धुवा घरमा लेयर भएर बस्दा दैनिक ५ पटकसम्म वडारनु परिरहेको छ । यस्तै आसपासका १ सय घरपरिवारका सदस्यहरुमा श्वास प्रश्वासको समस्या देखिदै गएको छ । आयोजनाको कार्यालयमै गएर पटक पटक समस्याको समाधान गर्न आग्रह गरेपनि प्रमुखहरु  मौन भएर बसेकोले स्थानीयबासीहरु पिडित भएको पराजुलीको दुखेसो छ । कार्यालय प्रमुखको सरुवा भैरहने र जो आएपनि भर्खरै आएको छु बुझेर समस्याको समाधान गर्छु मात्र भन्ने आश्वासन दिने गरेको उनले बताए   । न्याय माग्न अव कहाँ जाने पराजुलीले भने सरकारी निकायले नियाय दिएन अव हामीले संचारकर्मी मित्रहरु सँग गुहार माग्न थालेको हो ।
विराटनगर उपमहानगरपालिकामा उजुरी हालेको ३ महिना पछि यही मंगलवार अनुगमन समिति  आयोजना कार्यालय पुगेको उनले जानकारी दिए । आउदो साउन १० गते भित्र प्रदुषण सुधार गर्न अल्टिमेटम दिएपनि आयोजनाबाट  कार्यान्वयनमा शंकास्पद देखिएको उनीहरुको बुझाई छ । चेतावनी धेरै आयो तर  आयोजनाले आफ्नो सुर छोडेको छैन  स्थानीयबासी मणि आचार्यले भने , भूष व्वाईलरको प्राविधिक पक्षको सुधार भन्दा पनि बन्दनै गर्नुपर्छ । एक सय घरपरिवार  बसोवास गर्ने  सदस्यको स्वास्थ्य माथी खेलवाड भैरहेकोले अव यो सह्निय हुँदैन  आचार्यले भने सरकारी निकायको निस्कृयता देखिदै गए संर्घष समिति गठन गरेर भएपनि  आयोजनाको प्लान्ट बन्द गराउछौ यसबाट उत्पन्न हुने परिणामको भागिदार सरकारी निकायहरुनै हुनुपर्ने छ  । यता आयोजना पमुख इश्वरीराज न्यौपानेले भुष व्वाईलरले प्रदुषण गरेको स्वीकार्दै तर स्थानीयबासीले भने जस्तै समस्या नभएको बताए । प्रदुषण गर्ने हाम्रो उद्देश्य होईन उनले भने त्यस्तो प्रदुषण भए आयोजनाका १ सय भन्दा बढी कर्मचारीमा पनि श्वासप्रश्वास र अन्य रोग देखा पथ्र्यो नी उनको प्रश्न थियो । पमुख न्यौपानेले आउदो कार्तिकमा टेण्डर गरेर भुष व्वाईलरको स्तरउन्ति गरि धुवामुक्त र पदुषण मुक्त बनाईने दावी गरे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget