Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

अङ्ग्रेजी भाषाको आकर्षण

चीन,  जेष्ठ १ गते ।  पहिलेको तुलनामा धेरै चिनियाँ बालबालिकाले अङ्ग्रेजी भाषा पढ्न थालेको एक अध्ययनले देखाएको छ । 


शुक्रबार सार्वजनिक गरिएको एक अध्ययनका अनुसार चीनका करिब ७० प्रतिशत बालबालिकाले अङ्ग्रेजी भाषा पढ्न थालेको पाइएको छ ।


चिनियाँ एक दैनिक पत्रिकाले उक्त सर्वेक्षणलाई उद्धृत गरी चिनियाँ बालबालिकामा अंग्रेजी भाषाको आकर्षण बढेको उल्लेख छ ।

सर्वेक्षणअनुसार चीनका ६७.९ प्रतिशत बालबालिकाले उनीहरुको उमेर पाँच वर्ष पुग्नुअगावै अङ्ग्रेजी भाषा सिक्न थालेको देखिएको छ ।

चीनका करिब ७० प्रतिशतको हाराहारीका बालबालिकाले विद्यालय जानुपूर्व नै अङ्ग्रेजी भाषा सिक्न थालेका छन् । उनीहरुलाई विद्यालय जानु अगावै अङ्ग्रेजी सिकाउन थालिएको हुन्छ।

चिनियाँ दैनिक पत्रिका दि चाइना युथ डेलीको शुक्रबारको अङ्कमा सो समाचारमा छापिएको छ । उक्त सर्वेक्षणका अनुसार ३ देखि ५ वर्षका करिब ५९ प्रतिशत बालबालिकाले अङ्ग्रेजी भाषा सिक्न थालिसकेका हुन्छन् ।

त्यस्तै, ३ वर्षभन्दा कम उमेरमै पनि करिब ७.८ प्रतिशत बालबालिकालाई अङ्ग्रेजी अक्षर सिकाउने गरिएको पनि सो अनुसन्धानमा देखिएको छ ।

अध्ययनले चिनियाँ ती बालबालिकामध्ये करिब ७५.१ प्रतिशतले त दिनमा एक घन्टाभन्दा बढी नै समय अङ्ग्रेजी भाषा पढ्ने गरेको देखाएको छ ।

उनीहरुलाई अङ्ग्रेजी भाषाको सिकाइका लागि घरमा पनि विशेष व्यवस्था मिलाउने गरिएको देखिएको सो अध्ययनमा पाइएको छ ।

त्यसैगरी, ५७ प्रतिशत बालबालिकालाई एक देखि दुई घन्टासम्म अङ्ग्रेजी पढाउने गरिएको पाइएको पनि सो अनुसन्धानम देखिन्छ ।

चीनमा पछिल्लो समयमा अङ्ग्रेजी भाषालाई पनि महत्व दिने गरिएको छ । चीनमा अङ्ग्रेजी भाषाको पठन पाठनको विषय हाल बहसको विषय पनि बन्ने गरेको बताइन्छ ।

पछिल्लो अध्ययन राजधानी बेइजिङ्मा अवस्थित बेइजिङ एजुकेशन इन्स्टिच्युटले गरेको हो । सो इन्स्टिच्युटले चीनमा अङ्ग्रेजी भाषा पढाउने गर्छ । एजेन्सी
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget