Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

दुई प्रहरीसहित चारजना जेल चलान

वीरगन्ज, जेष्ठ ७ गते । व्यापारी अपहरणको अभियोगमा पक्राउ परेका दुई प्रहरी जवानसहित चारजनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको छ ।



वीरगन्ज उपमहानगरपालिका–१९ निवासी राजेशकुमार साह कानुलाई अपहरण गरी चार लाख रुपैयाँ फिरौती लिएको अभियोगमा पक्राउ परेका वीरगन्ज–१८ निवासी प्रहरी जवान अरविन्द सिंह, प्रहरी जवान विनय सिंह, दीपक सिंह र वीरगन्ज–१४ निवासी भगवान् सिंहलाई अदालतले अर्को आदेश नभएसम्मका लागि वीरगन्ज कारागारमा पठाउन आदेश दिएको हो ।

गत चैत १३ गते चारैजनालाई पक्राउ गरी अपहरण तथा शरीर बन्धकी मुद्दा दाखिला गरेकोमा बिहीबार पर्सा जिल्ला अदालतको ८ नम्बर बेन्चका न्यायाधीश राजेन्द्र नेपालको एकल इजलासले चारैजना आरोपीलाई पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए ।

व्यापारी अपहरणको अभियोगमा पक्राउ परेदेखि ५६ दिनसम्म जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका चारैजनालाई आजै कारागारमा सारिएको उपरीक्षक श्रेष्ठले बताए । रासस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget