Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

मदन–आश्रितको हत्या नै भएको हो, खोजीनीति हुन्छ : प्रधानमन्त्री ओली


काठमाडौँ, जेष्ठ ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी र जिवराज आश्रितको दुर्घटना परेर मृत्यु भएको नभई हत्या नै गरिएको दावी गरेका छन् ।




हत्या गरिएकोमा एमाले स्पष्ट रहेको भन्दै प्रधानमन्त्री ओलीले यसको खोजीनीति गरिने बताए । मदन–आश्रितको २३ औं स्मृति दिवसका अवसरमा बल्खुस्थित पुरानो पार्टी कार्यालयमा रहेको मदन भण्डारीको प्रतिमामा माल्यार्पण गर्दै प्रधानमन्त्री ओलीले घटना भएको लामो समय बितेकाले अनुसन्धान कठिन हुने पनि उल्लेख गरे ।

घटना नियोजित हत्या थियो भन्नेमा कुनै द्विविधा नरहेको भन्दै उनले कानुनी रुपमा खोजबीन गरिने बताए । अनुसन्धान कहिलेबाट थालिन्छ भन्नेचाहीं उनले खुलाएनन् ।

२०५० साल जेठ ३ मा चिवतनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा भएको मृत्युबारे एमाले नेताहरुले सुरुदेखि नै षड्यन्त्र भन्दै आएपनि सोही पार्टीका चार÷चार जना प्रधानमन्त्री भइसक्दा पनि यसबारेको गुथ्थी सुल्झाउन सकेका छैनन् ।

बरु सबैले घटना, दुर्घटनाभन्दा हत्या नै हो भन्दै सत्य तथ्य सार्वजनिक गरिने भन्न छुटाउने गरेका छैनन् ।




अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले मधेसी लगायतका दलहरुले गरेको आन्दोलनको उद्देश्य र गन्तब्य नभएको कटाक्ष गरे । आन्दोलनरत दलहरुलाई ‘फुर्सद भए’ भूकम्पपछिको पुनर्निर्माण अभियानमा सघाउन उनको आह्वान थियो ।

पहिले आफूहरुले लोकतन्त्र, गणतन्त्र ल्याउन आन्दोलन गरेपनि अहिले मधेसी दलहरुले के ल्याउन आन्दोलन गरेको हो ? उनको प्रश्न थियो ।

आन्दोलनमा सरकारले दमन नगर्नेमा ढुक्क हुन पनि उनले आग्रह गरे । एमाले अध्यक्षसमेत रहनु भएका उनले पुनर्निर्माणका लागि एमालेले ७ गतेदेखि स्वयंसेवक परिचालन गरिने जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget