Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

संविधान पुनर्लेखन होइन


रुकुम , जेष्ठ ६ गते । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संविधान पुनर्लेखनको माग राखेर आन्दोलन गर्नुको कुनै तुक नभएको बताएका छन् ।




प्रेस युनियन रुकुमले बुधबार खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने–‘विश्वमा यस्तो संविधान बिरलै बनेको छ, संविधानसभाको ९० प्रतिशत प्रतिनिधिले निर्माण गरेको संविधान पुनर्लेखन नभइ जनताकै चाहना र आवश्यकतामामात्रै संशोधन हुनसक्छ ।’

केही अमूक शक्तिले संविधान पुनर्लेखनको माग गर्नुलाई ‘बेमौसमको बाजा’को संज्ञा दिँदै महामन्त्री कोइरालाले वार्तामार्फत् नै समस्याको समाधान गर्न आन्दोलनरत् पक्ष र सरकारलाई आग्रह गरे ।

मधेस समस्याप्रति पार्टी गम्भीर भएको बताउँदै उनले भने–‘मधेसलगायत आन्दोलनरत् पक्षसँग वार्तामार्फत् समाधान खोज्न कांग्रेस तयार छ, तर राष्ट्रियता खतरामा पर्ने गरी सम्झौता गर्न कांग्रेस बाध्य हुँदैन ।’ रासस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget