Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

दाहालको विश्लेषण : गणतन्त्र गुम्ने खतरा

काठमाडौँ,जेष्ठ ६ गते । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्र र राष्ट्रिय स्वाधीनता दुबै खतरामा रहेको औंल्याउँदै यसलाई जोगाउन सरकार र आन्दोलनकारीको ध्यानाकर्षण गराएका छन् ।


गणतन्त्र, संघीयतालगायतका उपलब्धि गुम्ने र राष्ट्रिय स्वाधीनतामा आँच आउने खतराप्रति सतर्क रहेर वार्तामा आउन आन्दोलनरत पक्षलाई अपिल गर्दै दाहालले आन्दोलनरत मधेसी, आदिवासी जनजाति लगायतका दलसँग सम्वाद गरी समस्या समाधान गर्न पनि सरकारसँग माग गरेका छन् ।
राजधानीमा बिहीबार हुने माओवादी दलहरुको एकता अधिवेशनमा प्रस्तुत गर्न तयार पारेको प्रस्तावमा दाहालले राजनीतिक रुपले तीनवटा प्रवृत्तिका बीचमा अन्तरविरोध र संघर्ष चलिरहेको विश्लेषण गरी सरकार र आन्दोलनकारीको ध्यानाकर्षण गराएका हुन् ।
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताजस्ता उपलब्धि उल्टाउन खोज्ने ‘प्रतिगामी राजनीतिक प्रबृत्ती’ लाई दाहालले पहिलो नम्बरमा राखेका छन् । दाहालले कुनै दलको नाम उल्लेख नगरी यथास्थितिवादी शक्तिहरुलाई दोस्रो नम्बरमा राखेका छन् । उनले आफूलाई परिवर्तनकारी शक्तिका रुपमा विश्लेषण गर्दै तेस्रो प्रबत्तीमा राखेका छन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget