Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

सिंहदरबारको दैलोमा संगीत आन्दोलन

काठमाडौँ,जेष्ठ ३ गते ।  संघीय गठबन्धनको सिंहदरबार घेराउ दोस्रो दिन चलिरहेको छ । मधेसी जनजातिको २९ दलीय गठबन्धनमा मधेसी मोर्चामा आबद्ध ७ दलसमेत सामेल छन् ।

 अहिले सिंहदरबार पूर्वी भागमा रहेको हनुमानथानमा संगीतकर्मी तथा दन्तचिकित्सक डा. आभास लाभले संगीत सुनाइरहेका छन् । आस्था राउतको लोकप्रिय गीत चौबन्दी र पटुकी बाध्या छैन भन्दैमा गीतमा उनले बनाएको ‘पहिचान – प्यारोडी’ यस्तो छ :
दौरासुरुवाल र टोपी लाको छैन भन्दैमा
धोती कुर्ता र गम्छा लाएको छ भन्दैमा
मलाइ धोती र मस्र्या भन्न कहा पाइन्छ
म त नेपालको माया गर्ने मान्छे
मलाई नेपाली माया चाहिन्छ
धर्ना हालसम्म शान्त चलिरहेको छ । सिंहदरबार धर्ना भोलिसम्म कायम रहने, त्यसपछिको कार्यक्रम आज बेलुकी तय हुने गठबन्धनका नेता मनिषकुमार सुमनले जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget